भद्रपुर । तनावपूर्ण स्थिति बनेको झापा कारागारको अवस्था सामान्य बनेको छ । केदीको सरुवाको विषयमा प्रशासन पछि हटेपछि स्थिति सामान्य बनेको हो ।


OM Sai Pathibhara Hospital

प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले कैदीको अन्यत्र कारागार सरुवाको विषय अहिलेलाई थाँती राखेपछि स्थिति सामान्य बनेको बताए ।


कारागारमा रहेका कैदी मनोज लावतीलगायत केही कैदीलाई सुनसरीको झुम्का कारागार सरुवा गर्ने निर्णयको विरोधमा कारागारका कैदीबन्दीहरु आन्दोलनमा उत्रेका थिए ।


सरुवा गर्न लागिएका कैदी मनोज लावती झापा कारागारका चौकीदार हुन् ।

कारागार व्यवस्था विभागले चौकिदार लावतीसहित चार जना कैदीलाई झुम्का कारागार सरुवा गर्ने निर्णय गरेको थियो ।


सोही निर्णय कार्यान्वयनका लागि लावतीलगायत अन्य कैदीलाई लैजान प्रहरी कारागार भित्र जान खोज्दा स्थिति तनावपूर्ण बनेको हो ।