भद्रपुर । झापा जिल्ला कारागार भद्रपुरमा कैदीबन्दीबीच झडप भएको छ। झडपका क्रममा आगलागी समेत भएको छ । अहिले कारागार परिसरमा व्यापक सुरक्षाकर्मी परिचाल गरिएको छ ।FB_IMG_1691146104511 1

कर्तब्य ज्यान मुद्दामा सजाय भोगिरहेका कारागारको सहायक नाइके समेत रहेका मनोज लाओतीलाई कारागार प्रशासनले अन्यत्र स्थानमा सरुवा गर्न लागेको भनी कैदिबन्दीहरुले कारागार भित्र झ्याल ढोकाका शिशा तोडफोड गर्नुका साथै आगजनी गरि बिरोदमा उत्रीएका छन।

आगो नियन्त्रणमा लिन भद्रपुर, दमक, बिर्तामोड, कमल नगर\गाउँ पालिकाका दमकल खाटाइएका छन।

FB_IMG_1691146107153

झडपका क्रममा जेलभित्रबाट धुवाको मुस्लो बाहिर निस्किरहेको छ । भित्र कैदीवन्दीबीचको झगडालाई सुरक्षा निकायले नियन्त्रणमा लिन अझै सकेको  छैन ।

कैदीबन्दीले प्रहरी प्रशासन विरुद्ध नाराबाजी समेत गरिरहेका छन । कतिपय कैदीहरु भने हतियारसहित पर्खालमा देखिएका छन् ।

अहिले समस्या समाधानकालागी प्रजिअ सहित सुरक्षा प्रमुखहरुको र कैदिबन्दिहरु बिच बार्ता कारागारमा भैरहेको छ। झापा कारागारमा समय समयमा यश प्रकारका गतिबिधी बिगतमा समेत हुने गरेको थियो। स्थितिलाइ नियन्त्रणमा लिन प्रहरी प्रशासनले दुइसेल अश्रु ग्यास समेत प्रयोग गरेको छ।