झापा / उदयपुरको त्रियुगा नगरपालिका- १० स्थितमा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने २ जना घाईते भएका छन् । मृत्यु हुनेमा त्रियुगा- ६ जलजले का २५ वर्षीय सुदीप चौधरी रहेका छन् ।

हिजो बेलुका साढे ९ बजे प्रदेश १-०२-०४४ प ८८९३ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घट्ना हुँदा घाईते भएका मोटरसाइकल पछाडि चौधरीको उपचारको क्रममा जिल्ला अस्पताल उदयपुरमा मृत्यु भएको हो ।

OM Sai Pathibhara Hospital

सोही दुर्घटनामा परि घाईते भएका चालक त्रियुगा- ६ का २२ वर्षीय पंकज चौधरी र २७ वर्षीय मुकेश चौधरीलाई थप उपचारको लागि विराटनगर लगिएको छ । घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट  थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।