बिर्तामोड / झापा र मोरङको छुट्टा छुट्टै स्थानबाट प्रतिबन्धित लागूऔषध ब्राउन सुगर सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो साँझ साढे ७ बजे झापाको झापा गाउँपालिका- ४ स्थितमा प्रहरी चौकी टाघनडुब्बाबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपाल तर्फ आँउदै गरेका साइकलयात्री इलाम माङसेबुङ गाउँपालिका- ९ का ३० वर्षीय युवराज लिम्बुलाई शंका लागि चेकजाँच गर्दा साइकलको ह्यान्डल भित्र लुकाई राखेको अवस्थामा २ ग्राम ४ सय ५० मिलिग्राम ब्राउन सुगर बरामद गरेको हो ।

त्यस्तै गरी विराटनगर महानरपालिका- १६ स्थितमा  लागूऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले चेक जाँचको क्रममा प्रदेश १-०२-०५२प ७५९६ नम्बरको मोटरसाइकल चालक बेलबारी- ४ का ३३ वर्षीय सनम गुरुङको साथबाट ९ सय १० मिलिग्राम ब्राउन सुगर बरामद गरेको हो । लागूऔषध सहित पक्राउ परेका उनीहरूको सम्बन्धित प्रहरी कार्यालयबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।