समाचार

    Showing 17,991-18,000 of 25,937 items.
  • वडा अध्यक्ष वादे १५ लाख घुससहित पक्राउ

    काठमाडौं । काभ्रेको बनेपा नगरपालिका वडा नम्बर ९ का अध्यक्ष नृपेश वादे १५ लाख घुससहित रंगेहात पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई बुधबार मध्यपुर ठिमी नगरपालिका वडा नं. ३ गठ्ठाघरबाट पक्राउ गरेको हो ।अध्यक्ष वादेले बाटो सिफारिसका लागि घुस माग्दै आएका थिए । उनका चालक पदम बहादुर प्रधानलाई पनि अख्तियारले नियन्त्रणमा लिएको छ । साथै उनको गाडी पनि बरामद गरिएको छ ।

    • प्रकाशित मितिः माघ ३, २०८०
    • 399 पटक पढिएको
  • महिला र पुरूषको जङलमा शव फेला

    काठमाण्डौ ।  दाङको तुलसीपुरको एक सामुदायिक वनमा एउटै रुखमा झुण्डिएको अवस्थामा दुई जनाको शव फेला परेको छ। तुलसीपुर उपमहानगरपालिका-१३ को सानो बखरियास्थित सिद्धदेव सामुदायिक वनमा एउटै रुखको हागामा फेला परेको छ। दमारगाउँस्थित जंगलमा महिला र पुरूष झुण्डिएको अवस्थामा मृत फेला परेका छन् ।इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डीएसपी ठाकुरप्रसाद पोखरेलले बुधबार दुई जनाको शव फेला परेको जानकारी दिएका छन । मृतकको पहिचान खुल्न नसकेको र करिव चार दिन अघि नै मृत्यु भएको जस्तो देखिएको प्रहरीको भनाइ छ।स्थानीयले उनीहरू त्यस आसपासका नभएको जानकारी दिएको पोखरेलले बताए । मृतकहरूको उमेर अन्दाजी

    • प्रकाशित मितिः माघ ३, २०८०
    • 388 पटक पढिएको
  • उपप्रधानमन्त्री खड्कालाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मा

    काठमाडौं। सरकारले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्कालाई दिएको छ।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बिहीबार कम्बोडिया जाने भएपछि उपप्रधानमन्त्री खड्कालाई कार्यवाहक तोकिएको हो।बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा बसेको मन्त्रिपरिषद्को बैठकले खड्कालाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी तोक्ने निर्णय गरेको हो।

    • प्रकाशित मितिः माघ ३, २०८०
    • 182 पटक पढिएको
  • पटका कारखाना विस्फोटमा २३ को मृत्यु

    एजेन्शी  ।   थाइल्यान्डमा एउटा पटका कारखानामा विस्फोट हुँदा २३ जनाको मृत्यु भएको छ । विस्फोट स्थानीय समयअनुसार बुधबार दिउँसो ३ बजे मध्य सुफान बुरी प्रान्तको साला खाओ टाउनसिपनजिक भएको हो ।सुफान बुरी प्रान्तका गभर्नर नट्टापट सुवानप्रतिपले विस्फोटक अध्यादेश डिस्पोजलका अनुसार २३ जनाको मृत्यु पुष्टि भएको रिपोर्ट प्राप्त भएको छ । विस्फोटका कारणबारे कुनै सङ्केत प्राप्त भएको छैन ।अनलाइन पोस्ट गरिएको आधिकारिक वयानमा प्रधानमन्त्री श्रेथाले मृतकका परिवारप्रति दुःख व्यक्त गरेका छन् । उनले कारखाना अवैधरूपमा सञ्चालन भइरहेको थियो वा थिएन र घटनाको कारणबारे छानबिन गर्न पनि आदेश दिएका छन्।एएफपीका

    • प्रकाशित मितिः माघ ३, २०८०
    • 236 पटक पढिएको
  • ट्रक सडकबाट ३० मिटर तल खस्दा एकजनाको मृत्यु, तीन घाइते

    काठमाण्डौ  ।धादिङको खनियाबास गाउँपालिका-५ मा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । बा५ख ५९६३ नम्बरको ट्रक दुर्घटना हुँदा खनियाबास गाउँपालिका-५ सिमी बस्ने ४६ वर्षीय ल्वाङ लामाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक गौतम मिश्रले जानकारी दिए । दाउरा बोकेको ट्रक खनियाबास गाउँपालिका-५ मा दुर्घटना भएको हो । ट्रक सडकबाट झन्डै ३० मिटर तल खसेको छ । दुर्घटना परी स्थानीय धनबहादुर तामाङ, मरुमाया तामाङ र शर्मिला तामाङ घाइते भएका छन् । 

    • प्रकाशित मितिः माघ ३, २०८०
    • 247 पटक पढिएको
  • भिरबाट लडेर एक महिला घाइते

    काठमाण्डौ  ।  अछाममा भिरबाट लडेर एक महिला घाइते भएकी छन्।जिल्लाको कमलबजार नगरपालिका–५ की ६२ वर्षीया हिरा देवकोटा भिरबाट लडेर  घाइते भएकी छन्। उनी बाख्रा चराउन  गएका बेला लडेर घाइते भएकी हुन्। उनको जिल्ला अस्पताल मंगलसेनमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ।

    • प्रकाशित मितिः माघ ३, २०८०
    • 163 पटक पढिएको
  • जिप चोरी गर्ने युवा पक्राउ

    काठमाण्डौ  ।  कास्की प्रहरीले बुधबार पार्किङमा राखिएको जिप चोरी गरी अन्यत्र लैजाँदैगरेका एक युवा पक्राउ परेका छन् । पोखरा महानगरपालिका –१० मा पर्ने अमरसिंह स्कुलको खेल मैदानमा राखिएको जिप चोरी गर्ने २० वर्षीय गोविन्द परियारलाई प्रहरीले पक्राउ गरेको हो ।बुधबार साढे १ बजेतिर ग २ च २३४३ नम्बरको बलेरो जिप चोरी भएको सूचना पाएपछि प्रहरीले परियारलाई सोही जिप चलाइरहेको अवस्थामा पक्राउ गरेको कास्कीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले जानकारी दिए। पोखरा –१४, समिनतरा बस्ने परियारलाई पक्राउ गरी चोरी तथा डाँकासम्बन्धी मुद्दामा कास्की जिल्ला अदालतबाट छ दिन म्याद थपगरी अनुस

    • प्रकाशित मितिः माघ ३, २०८०
    • 198 पटक पढिएको
  • अब त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारमा चेकजाच गर्न सशस्त्र प्रहरी

    काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारमा चेकजाँचका लागि सशस्त्र प्रहरी बल परिचालन गरिएको छ । विमानस्थलको भन्सार जाँच तथा भन्सारको सुरक्षालाई त्रुटिरहित बनाउने उद्देश्यले सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा ३० जना सशस्त्र प्रहरी परिचालन गरिएको प्रमुख भन्सार प्रशासक डा टोकराज पाण्डेले  जानकारी दिएका छन । अर्थ मन्त्रीस्तरीय निर्णयबाट अनुरोध भएको र उपप्रधानमन्त्री तथा गृहमन्त्रीबाट निर्णय भई विमानस्थलको भन्सार जाँच गर्न दैनिकरूपमा पाँच सिफ्टमा अहिले ३० जना सशस्त्र प्रहरी परिचालन गरिएको छ ।विमानस्थलको सुरक्षामा सुधार गर्ने, प्रभावकारी सेवा प्रवाह गर्ने उद्देश्यले सशस्त्र प्

    • प्रकाशित मितिः माघ ३, २०८०
    • 298 पटक पढिएको
  • नेपाल सरकार र एसियाली विकास बैंक एडीबीबीच ऋण र अनुदान सम्झौता

    काठमाडौं  ।   नेपाल सरकार र एसियाली विकास बैंक एडीबीबीच १६ करोड अमेरिकी डलर (करिब रु २१ अर्ब बराबर) को सहुलियतपूर्ण ऋण र ६० लाख अमेरिकी डलर (करिब रु ७० करोड बराबर) को अनुदान सम्झौता भएको छ । सहरी  जीवनयापन सुधार परियोजना कार्यान्वयनका लागि आज अर्थ मन्त्रालयमा भएको उक्त सम्झौतामा अर्थसचिव कृष्णहरि पुस्कर र एडिबीका नेपालका लागि देशीय निर्देशक आर्नोड कोस्वाले हस्ताक्षर गरे ।सो परियोजना पोखरा महानगरपालिका, जनकपुरधाम उपमहानगरपालिका, लुम्बिनी सांस्कृतिक नगरपालिका, देवदह नगरपालिका, सैनामैना नगरपालिका, सिद्धार्थनगर नगरपालिका र तिलोत्तमा नगरपालिकामा कार्यान्वयन हुनेछ । सम्झौताप

    • प्रकाशित मितिः माघ ३, २०८०
    • 254 पटक पढिएको
  • काठमाडौंमा २ जना मृत भेटिए

    काठमाडौं  ।    काठमाडौं महानगरपालिका-१५ अन्नपूर्ण चोकको नेपाल सौर्य उत्पादक संघ महाराजगंजको निर्माणाधीन भवनमा ज्यामी काम गर्ने धादिङ थाक्रे गाउँपालिका-१ स्थायी घर भएका २८ वर्षीय सानुमान तामाङ सुत्ने कोठामा मृत अवस्थामा फेला परेका छन् ।यस्तै काठमाडौंकै कागेश्वरी मनोहरा नगरपालिका-८ ओमचोक सैलुङगेश्वरी गेष्ट हाउसनजिक बागमती खोलामा पहिचान नखुलेका अन्दाजी ३२ वर्षीय पुरुष हिजो मृत अवस्थामा फेला परेका छन् । प्रहरीले दुवै घटनाको अनुसन्धान थालेको छ ।

    • प्रकाशित मितिः माघ ३, २०८०
    • 169 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.