काठमाडौं  ।    काठमाडौं महानगरपालिका-१५ अन्नपूर्ण चोकको नेपाल सौर्य उत्पादक संघ महाराजगंजको निर्माणाधीन भवनमा ज्यामी काम गर्ने धादिङ थाक्रे गाउँपालिका-१ स्थायी घर भएका २८ वर्षीय सानुमान तामाङ सुत्ने कोठामा मृत अवस्थामा फेला परेका छन् ।

यस्तै काठमाडौंकै कागेश्वरी मनोहरा नगरपालिका-८ ओमचोक सैलुङगेश्वरी गेष्ट हाउसनजिक बागमती खोलामा पहिचान नखुलेका अन्दाजी ३२ वर्षीय पुरुष हिजो मृत अवस्थामा फेला परेका छन् । प्रहरीले दुवै घटनाको अनुसन्धान थालेको छ ।