काठमाडौं / राष्ट्रिय जेनजी नागरिका अभियानका आजय सोडारी, प्रकाश बम र सुनिल बिकलाई विगत ८ दिनदेखि गैरकानुनी तवरबाट हिरासतमा राखिएको संयोजक सुनिल सिंहले बताएका छन् ।

बुधबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरी सर्वौच्च अदालतले कारणदेखाउ आदेश माग गर्दा पनि सरकारले आलटाल गरेकोसमेत आरोप लगाएका छन् । संयोज सिंहले आफ्ना सहकर्मीहरुलाई गत साउन १२ गते माइतिघर मण्डलबाट नियन्त्रणमा लिएर प्रहरी वृत्त सिंहदरबारमा राखेको बताउँदै तत्काल रिहा नगरे कडा आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

उनीहरूविरूद्ध‘अभद्र व्यवहारसम्बन्धि’को कसूरमा हिरासतमा राखेको र अनुसन्धानका नाममा प्रतिशोध साँधिएको आरोप लगाउँदै सिंहले भने,‘गृहमन्त्री सुदन गुरुङले गैरन्यायीक तरिकाले आफ्नो व्यक्तिगत प्रतिशोध साँध्नु भएको छ ।’

‘उहाँ देशको गृहमन्त्री हो, गुण्डा हैन, कहिलेसम्म पावरमा रहनुहुन्छ हामी पनि हेरम्ला,’ सिंहले आक्रोश व्यक्त गरे ।

अभियानका प्रवक्ता विर्जन विश्वकर्माले उनिहरुलाई जिल्ला प्रशानसन कार्यलयबाट दोस्रो पटक तीन दिनको म्याद थप गरेर अनुसन्धानका नममा गैरन्यायीक थुनामा राखेर राजनीतिक प्रतिशोध साँधेको आरोप लगाए ।गिरफ्तार भएको भोलिपल्ट १३ गते नै सर्बोच्च अदालतमा बन्दिप्रत्यक्षीकरण सम्बन्धि रिट हालेको र १४ गते अदालतले कारण देखाउ आदेश मागेको बताउँदै विकले भने, ‘यतिका दिनसम्म पनि बालने सरकार र सुदनजीको मन्त्रालय ‘कानमा तेल हालेर’ सुतेको छ ।’

अभियान्ता सुप्रिया नेपालीले पहिलो पटक पाँच दिन र दोस्रोपटक ३ दिनको म्याद थप गरी आफ्ना साथिहरुलाई विनाकारण दुःख दिइरहको बताउँदै, राजयलाई पूर्वाग्रही नहुन चेतावनी दिइन् । नेपालीले आफूहरुमाथि लघुवित्त पीडितहरूलाई निषेधित क्षेत्र तोड्न उक्साएको भन्ने आरोपको खण्डन गर्दै ‘पीडित जोसुकै भएपनि हाम्रो कर्तव्य भनेको न्यायका लागि सघाउने’ रहेको जिकिर गरिन् ।

‘हामीहरुले समाजको शान्ति र अमनचयानमा खलल पार्ने भन्दा पनि राज्यलाई खबरदारी तथा पीडितको न्यायका लागि बोल्ने हो, तर राज्य हामीरुसँग डराइरहेको छ,’नेपालीको कथन छ ।

उनले अदालतले कारणदेखाउ आदेश दिएको हप्ता दिन वित्दा समेत गृहमन्त्रालय र प्रहरी प्रशासनले दुःख दिने नियतकासाथ ढिलासुस्ति गरेकोप्रति आक्रोश व्यक्त गरिन् ।