काठमाण्डौ  ।  कास्की प्रहरीले बुधबार पार्किङमा राखिएको जिप चोरी गरी अन्यत्र लैजाँदैगरेका एक युवा पक्राउ परेका छन् । पोखरा महानगरपालिका –१० मा पर्ने अमरसिंह स्कुलको खेल मैदानमा राखिएको जिप चोरी गर्ने २० वर्षीय गोविन्द परियारलाई प्रहरीले पक्राउ गरेको हो ।

बुधबार साढे १ बजेतिर ग २ च २३४३ नम्बरको बलेरो जिप चोरी भएको सूचना पाएपछि प्रहरीले परियारलाई सोही जिप चलाइरहेको अवस्थामा पक्राउ गरेको कास्कीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले जानकारी दिए। 

OM Sai Pathibhara Hospital

पोखरा –१४, समिनतरा बस्ने परियारलाई पक्राउ गरी चोरी तथा डाँकासम्बन्धी मुद्दामा कास्की जिल्ला अदालतबाट छ दिन म्याद थपगरी अनुसन्धान जारी रहेको प्रवक्ता विकले बताएका छन ।