काठमाडौं। सरकारले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्कालाई दिएको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बिहीबार कम्बोडिया जाने भएपछि उपप्रधानमन्त्री खड्कालाई कार्यवाहक तोकिएको हो।

OM Sai Pathibhara Hospital

बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा बसेको मन्त्रिपरिषद्को बैठकले खड्कालाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी तोक्ने निर्णय गरेको हो।