एजेन्शी  ।   थाइल्यान्डमा एउटा पटका कारखानामा विस्फोट हुँदा २३ जनाको मृत्यु भएको छ । विस्फोट स्थानीय समयअनुसार बुधबार दिउँसो ३ बजे मध्य सुफान बुरी प्रान्तको साला खाओ टाउनसिपनजिक भएको हो ।

सुफान बुरी प्रान्तका गभर्नर नट्टापट सुवानप्रतिपले विस्फोटक अध्यादेश डिस्पोजलका अनुसार २३ जनाको मृत्यु पुष्टि भएको रिपोर्ट प्राप्त भएको छ । विस्फोटका कारणबारे कुनै सङ्केत प्राप्त भएको छैन ।

OM Sai Pathibhara Hospital

अनलाइन पोस्ट गरिएको आधिकारिक वयानमा प्रधानमन्त्री श्रेथाले मृतकका परिवारप्रति दुःख व्यक्त गरेका छन् । उनले कारखाना अवैधरूपमा सञ्चालन भइरहेको थियो वा थिएन र घटनाको कारणबारे छानबिन गर्न पनि आदेश दिएका छन्।

एएफपीका अनुसार थाइल्यान्डमा पटका र अन्य आतशबाजी उत्पादन गर्ने कारखानाहरूमा विस्फोट असामान्य होइन । गत वर्ष दक्षिणी नाराथिवाट प्रान्तको सुङ्गई कोलोक सहरमा एउटा आतशबाजीको गोदाममा विस्फोटपछि कम्तीमा १० जनाको मृत्यु भएको थियो ।