FB_IMG_1705505350943

काठमाण्डौ ।  दाङको तुलसीपुरको एक सामुदायिक वनमा एउटै रुखमा झुण्डिएको अवस्थामा दुई जनाको शव फेला परेको छ। तुलसीपुर उपमहानगरपालिका-१३ को सानो बखरियास्थित सिद्धदेव सामुदायिक वनमा एउटै रुखको हागामा फेला परेको छ। दमारगाउँस्थित जंगलमा महिला र पुरूष झुण्डिएको अवस्थामा मृत फेला परेका छन् ।

OM Sai Pathibhara Hospital

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डीएसपी ठाकुरप्रसाद पोखरेलले बुधबार दुई जनाको शव फेला परेको जानकारी दिएका छन । मृतकको पहिचान खुल्न नसकेको र करिव चार दिन अघि नै मृत्यु भएको जस्तो देखिएको प्रहरीको भनाइ छ।

स्थानीयले उनीहरू त्यस आसपासका नभएको जानकारी दिएको पोखरेलले बताए । मृतकहरूको उमेर अन्दाजी २५/२६ वर्षको जस्तो देखिएको प्रहरीको अनुमान छ। प्रहरीले घटनासम्बन्धी थप अनुसन्धान थालिएको जनाएको छ ।