समाचार

    Showing 17,981-17,990 of 25,937 items.
  • विद्यार्थी र शिक्षक सवार डुंगा दुर्घटना हुँदा १६ जनाको मृत्यु

    एजेन्शी । भारतको गुजरातमा डुंगा डुब्दा १६ जनाको मृत्यु भएको छ ।पिक्निक गएका शिक्षक र विद्यार्थीहरू सवार डुंगा गुजरातको वडोदरास्थित हरनी तालमा दुर्घटनामा परेको हो ।मृतकमध्ये १४ जना विद्यार्थी र दुईजना शिक्षक हुन् । भारतीय सञ्चारमाध्यमका अनुसार दुई दर्जन विद्यार्थी र चारजना शिक्षक पिक्निकमा गएका थिए ।उद्धार गरिएका एकजना विद्यार्थीको उपचार भइरहेको छ । अन्यको खोजिकार्य जारी रहेको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः माघ ५, २०८०
    • 209 पटक पढिएको
  • हुन्डी र सुन करोबारको आरोपमा दुई करोड नगदसहित अग्रवाल पक्राउ

    काठमाडौँ   ।   राजस्व अनुसन्धान विभागले हुन्डी र सुन कारोबारको आरोपमा कपडा व्यापारी नरेश अग्रवाललाई क्षेत्रपाटीस्थित निवासमा छापा मारेर २ करोड नगदसहित बिहीबार राति पक्राउ गरेको छ । विभागका महानिर्देशक नवराज ढुंगानाका अनुसार अग्रवाल अवैध धन्दामा लागेको शंकामा लामो समयदेखि अग्रवाल निगरानिमा थिए।उनीबाट दुई हजार अमेरिकी डलर पनि बरामद भएको छ। विभागका अनुसार अग्रवाल सुन, हुन्डी र क्रिप्टोकरेन्सी कारोबारमा संलग्न भएको विषयमा पनि थप अनुसन्धान भइरहको छ ।उनलाई राजस्वको हिरासतमा राखिएको छ। उनले बाहिर कपडाको व्यापार देखाएर अवैध कारोबार गरेको प्रारम्भिक अनुसन्धा

    • प्रकाशित मितिः माघ ५, २०८०
    • 341 पटक पढिएको
  • नेपाल प्रहरीका ८२६ जना वरिष्ठ हवल्दार पदमा बढुवा

    काठमाडौं । नेपाल प्रहरीका ८ सय २६ जना हवल्दार वरिष्ठ हवल्दार पदमा बढुवा भएका छन् ।प्रहरी उपरीक्षकको बुधबारको निर्णयानुसार जनपद तर्फका प्रहरी हवल्दार पदबाट प्रहरी वरिष्ठ हवल्दार पदमा बढुवा र पदस्थापन भएका हुन् ।प्रहरी वरिष्ठ हवल्दारहरुलाई प्रचलित नियम बमोजिम तलव, भत्ता तथा राशनसमेत हाल पदस्थापन भएको दरवन्दीबाट पाउने गरी देहाय बमोजिम पदस्थापन गरिएको हुँदा अभिलेखमा आवश्यक व्यहोरा जनाई दिन हुन अनुरोध गरिएको छ।वरिष्ठ हवल्दार पदमा बढुवा, को कहाँ भए पदस्थापन र नामावली

    • प्रकाशित मितिः माघ ५, २०८०
    • 421 पटक पढिएको
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले पहाडी भू-भागमा आंशिकदेखि साधरणतया बदली रहेको छ । साथै  देशको तराईका अधिकांश भू-भागमा हुस्सु लागेको छ।दिउँसो कोशी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ। कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक–दुई  स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।राति भने देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रह

    • प्रकाशित मितिः माघ ५, २०८०
    • 347 पटक पढिएको
  • सलकपुरमा भएको दुर्घटनामा एकको मृत्यु

    बिराटनगर  ।  मोरङको सुन्दरहरैचा स्थित सलकपुरमा भएको दुर्घटनामा एकजनाको ज्यान गएको छ ।पुर्व पश्चिम राजमार्गमा बुधबार राति अन्दाजी  १ बजे पश्चिमबाट पुर्व तर्फ जाँदै गरेको मोटरसाइकल र बिपरित दिशा तर्फ जाँदै गरेको स्कर्पियो एकापसमा ठक्कर खाँदा एकजनाको मृत्यु भएको हो।दुर्घटनामा परि बेलबारी नगरपालिका वार्ड नं २ बस्ने अन्दाजी २४ वर्षिय रुपक घिमिरेको कोशी अस्पताल बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

    • प्रकाशित मितिः माघ ४, २०८०
    • 224 पटक पढिएको
  • उद्योग विभागको महानिर्देशकमा यज्ञराज कोइराला

    काठमाडौँ । उद्योग विभागको महानिर्देशकमा यज्ञ राज कोइराला नियुक्त भएका छन् । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले विभागका महानिर्देशक बाबुराम गौतमलाई मन्त्रालय तानेर उनको ठाउँमा मन्त्रालयका सहसचिव कोइरालालाई पठाएको हो । विभागलाई गति दिन नसकेपछि, उद्योगीहरूको हितमा काम गर्न नसकेको गुनासोपछि गौतमलाई तान्नु परेको मन्त्रालय  स्रोतको दाबी छ।विभागलाई निकै महत्त्वपूर्ण मन्त्रालयका रूपमा लिइन्छ । देशको उद्योग प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका रहने विभागमा पछिल्लो समय नियमित कामकाज र आफ्ना रहर पुरा गर्ने निकायका रूपमा लिइँदै आइएको देखिन्छ । औद्योगिक विकासका लागि स्वदेशी एवं विदेशी लगानी

    • प्रकाशित मितिः माघ ४, २०८०
    • 278 पटक पढिएको
  • सरकारले ल्यायो अध्यादेश

    काठमाडौँ । सरकारले बजेट र नीति तथा कार्यक्रमलाई ‘जनमुखी’ बनाउने उद्देश्यले बजेट ल्याउनु अघि प्राप्त सुझावलाई समावेश गर्ने समयतालिका समेटिएको अध्यादेश ल्याएको छ ।  मन्त्रिपरिषद् बैठकले ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ लाई संशोधन गर्न बनेको अध्यादेश, २०८० जारी गर्न नेपालको संविधानको धारा १२४ को उपधारा (१) बमोजिम राष्ट्रपतिसमक्ष सिफारिस गर्ने’ निर्णय गरेको छ ।प्रि–बजेट र औपचारिक–अनौपचारिक छलफलबाट प्राप्त हुने सुझावलाई व्यवस्थित रुपमा बजेट र नीति तथा कार्यक्रममा समेट्न अध्यादेश जारी गर्न राष्ट्रपति समक्ष पेस गर्र्ने मन्त्रिपरिषदले निर्णय गरेको छ । प्रि–बजेटमा छलफलको मिति तो

    • प्रकाशित मितिः माघ ४, २०८०
    • 280 पटक पढिएको
  • प्रधानमन्त्री ‘प्रचण्ड’ आज युगाण्डा प्रस्थान

    काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ असंलग्न आन्दोलन (नाम) को १९औँ शिखर सम्मेलनमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज माघ ४ गते युगान्डा भ्रमणमा गएका हुन। बिहान २:१५ बजे कतार एअरलाइन्सबाट त्यसतर्फ प्रस्थान गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।सम्मेलन यही माघ ५ देखि ६ गतेसम्म युगान्डा गणतन्त्रको राजधानी कम्पालामा हुदैछ । प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलमा उनकी सुपुत्री गङ्गा दाहाल, परराष्ट्रमन्त्री नारायणप्रकाश साउद, परराष्ट्र सचिव सेवा लम्साल, नेपाल सरकारका वरिष्ठ अधिकारीहरु रहेको मन्त्रालयले जनाएको छ ।प्रधानमन्त्री ‘प्रचण्ड’ले ‘साझा विश्वव्यापी समृद्धिका ला

    • प्रकाशित मितिः माघ ४, २०८०
    • 283 पटक पढिएको
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाडौँ ।  हाल कोशी र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मुख्यतया सफा रहेको छ । साथै  देशको तराईका अधिकांश भूभागमा हुस्सु लागेको छ।दिउँसो कोशी, गण्डकी  र कर्णाली प्रदेशका पहाडी भूभागमा साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहनेछ। देशका पहाडी  भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई  स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। राति कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा साधरणतया बदली रही ब

    • प्रकाशित मितिः माघ ४, २०८०
    • 239 पटक पढिएको
  • लागूऔषधसहित रिक्सा चालक पक्राउ

    पर्सा  । प्रहरीले ठूलो परिमाणामा लागूऔषधसहित एक जना रिक्सा चालकलाई पक्राउ गरेको छ।पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका १ छपकैया बस्ने ५० वर्षीय बब्लुलाल कर्ण रहेका छन्।सडक चेकजाँच गर्ने क्रममा रिक्सामा लुकाइछिपाइ राखिएको अवस्थामा लागूऔषध नुरफिन ५ सय एम्पुल, फेनारगन ५ सय एम्पुल र डाइजेल्याब ५ सय एम्पुल गरी १५ सय एम्पुलसहित चालक कर्ण पक्राउ परेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।लागूऔषधसहित पक्राउ परेका कर्णलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः माघ ३, २०८०
    • 275 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.