बिराटनगर  ।  मोरङको सुन्दरहरैचा स्थित सलकपुरमा भएको दुर्घटनामा एकजनाको ज्यान गएको छ ।

पुर्व पश्चिम राजमार्गमा बुधबार राति अन्दाजी  १ बजे पश्चिमबाट पुर्व तर्फ जाँदै गरेको मोटरसाइकल र बिपरित दिशा तर्फ जाँदै गरेको स्कर्पियो एकापसमा ठक्कर खाँदा एकजनाको मृत्यु भएको हो।

OM Sai Pathibhara Hospital

दुर्घटनामा परि बेलबारी नगरपालिका वार्ड नं २ बस्ने अन्दाजी २४ वर्षिय रुपक घिमिरेको कोशी अस्पताल बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।