एजेन्शी । भारतको गुजरातमा डुंगा डुब्दा १६ जनाको मृत्यु भएको छ ।पिक्निक गएका शिक्षक र विद्यार्थीहरू सवार डुंगा गुजरातको वडोदरास्थित हरनी तालमा दुर्घटनामा परेको हो ।

मृतकमध्ये १४ जना विद्यार्थी र दुईजना शिक्षक हुन् । भारतीय सञ्चारमाध्यमका अनुसार दुई दर्जन विद्यार्थी र चारजना शिक्षक पिक्निकमा गएका थिए ।

OM Sai Pathibhara Hospital

उद्धार गरिएका एकजना विद्यार्थीको उपचार भइरहेको छ । अन्यको खोजिकार्य जारी रहेको प्रहरीले जनाएको छ ।