काठमाडौँ   ।   राजस्व अनुसन्धान विभागले हुन्डी र सुन कारोबारको आरोपमा कपडा व्यापारी नरेश अग्रवाललाई क्षेत्रपाटीस्थित निवासमा छापा मारेर २ करोड नगदसहित बिहीबार राति पक्राउ गरेको छ । 

विभागका महानिर्देशक नवराज ढुंगानाका अनुसार अग्रवाल अवैध धन्दामा लागेको शंकामा लामो समयदेखि अग्रवाल निगरानिमा थिए।उनीबाट दुई हजार अमेरिकी डलर पनि बरामद भएको छ। विभागका अनुसार अग्रवाल सुन, हुन्डी र क्रिप्टोकरेन्सी कारोबारमा संलग्न भएको विषयमा पनि थप अनुसन्धान भइरहको छ ।

OM Sai Pathibhara Hospital

उनलाई राजस्वको हिरासतमा राखिएको छ। उनले बाहिर कपडाको व्यापार देखाएर अवैध कारोबार गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको विभागको दाबी छ । कारोबारमा उनको समूह भएको अनुमान गरिएको  विभागले जानकारी दिएको छ ।