पर्सा  । प्रहरीले ठूलो परिमाणामा लागूऔषधसहित एक जना रिक्सा चालकलाई पक्राउ गरेको छ।पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका १ छपकैया बस्ने ५० वर्षीय बब्लुलाल कर्ण रहेका छन्।

सडक चेकजाँच गर्ने क्रममा रिक्सामा लुकाइछिपाइ राखिएको अवस्थामा लागूऔषध नुरफिन ५ सय एम्पुल, फेनारगन ५ सय एम्पुल र डाइजेल्याब ५ सय एम्पुल गरी १५ सय एम्पुलसहित चालक कर्ण पक्राउ परेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

OM Sai Pathibhara Hospital

लागूऔषधसहित पक्राउ परेका कर्णलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।