समाचार

    Showing 16,341-16,350 of 25,875 items.
  • हिजोदेखिको लगातार वर्षा भोलिसम्म नै कायम रहने, देशभरको जनजीवन प्रभावित

    काठमाडौं— शुक्रबार बिहानदेखिको निरन्तर वर्षाले मुलुकभर जनजीवन प्रभावित भएको छ। दशैँको चहलपहल सुरु भइसकेका बेला देशभर एकैसाथ वर्षा भएपछि मानिसको आवागमन प्रभावित भएको छ। देशका विभिन्न भागमा बाढीपहिरो र डुबानको त्रास बढेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार शुक्रबार देशका अधिकांश स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भएको छ। कोशी, वाग्मती र लुम्बिनी प्रदेशका कतिपय ठाउँमा धेरै भारी र अति भारी वर्षासमेत भएको छ। विभागले १० मिलिमिटरभन्दा कमलाई हल्का वर्षा, १० देखि ५० मिलिमिटरसम्मलाई मध्यम वर्षा, ५० देखि १०० मिलिमिटरसम्मलाई भारी वर्षाका रूपमा लिने गरेको छ। १०० देखि २०० मिलिमिटरस

    • प्रकाशित मितिः असोज १२, २०८१
    • 519 पटक पढिएको
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाण्डौ   ।    देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।साथै भारतको मध्य प्रदेश र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको प्रभाव नेपालमा रहेको छ । हाल देशभर साधारणतया बदली देखि पूर्णतया बदली रहेको छ।देशभरका अधिकांश स्थानहरुमा मेघ गर्जन\चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भईरहेको छ।आज दिउँसो देशभर साधारणतया बदली देखि पूर्णतया बदली रहने छ । बागमती, गण्डकी, लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा तथा बाँकी प्रदेशका केही स्थानहरुमा मेघ गर्जन\चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा तथा बाँकी प्रदेशका एक\दुई

    • प्रकाशित मितिः असोज १२, २०८१
    • 399 पटक पढिएको
  • मौसम खराबीका कारण आन्तरिक उडान स्थगित

    काठमाडौं–नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले मौसम खराबीका कारण आज साँझ ७ बजेदेखि भोलि बिहानसम्मका लागि आन्तरिकतर्फका सबै उडान स्थगित गरेको छ । निरन्तरको वर्षाका कारण कमजोर भिजिबिलिटीका कारण यो निर्णय गरिएको हो ।प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार, आज साँझदेखि भोलि विहान ६ बजेसम्मका लागि उडान स्थगित गरिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने सबै आन्तरिक उडान शनिवार बिहानसम्म रोकिएको छ ।गत १५ घण्टादेखि निरन्तर भइरहेको वर्षाले आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानहरू प्रभावित भएका छन् । आन्तरिक विमानस्थलहरूमा उडान रोकिएका छन् भने अन्तर्राष्ट्रिय उडानका केही विमान लामो समय

    • प्रकाशित मितिः असोज ११, २०८१
    • 530 पटक पढिएको
  • चितवनमा माइक्रोबस र ट्याङ्कर ठोक्किँदा १६ जना घाइते

    काठमाडौं–चितवनको भरतपुर महानगरपालिका वडा नम्बर २९, पन्ध्र किलोस्थित मुग्लिङ–नारायणगढ सडक खण्डमा भएको दुर्घटनामा १६ जना घाइते भएका छन् । गए राति ११:३० बजे मुग्लिङबाट नारायणगढ आउँदै गरेको बा ३ ख १७५२ नम्बरको माइक्रोबस र नारायणगढबाट मुग्लिङतर्फ जाँदै गरेको बा.प्र. ०३–००१ ख २६२२ नम्बरको दूध बोक्ने ट्याङ्कर आपसमा ठोक्किँदा दुर्घटना भएको हो । प्रहरी नायव उपरीक्षक भेषराज रिजालका अनुसार घाइतेहरू सबै माइक्रोबसका यात्रुहरू रहेका छन् । घाइते हुनेहरूमा सृष्टी भुसाल, रामजी भुसाल, सोनीका भुसाल, साहिल श्रेष्ठ, कमला श्रेष्ठ, रेजिना पराजुली, अरुणिमा पौडेल, माइक्रो चालक चिन्ता बहादुर महतो लगायत छ

    • प्रकाशित मितिः असोज ११, २०८१
    • 385 पटक पढिएको
  • प्रधानमन्त्री ओलीद्वारा संयुक्त राष्ट्रसङ्घमा शान्ति र विकास लक्ष्यमाथि जोड

    काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा नेपालले शान्ति र सुरक्षामा महत्वपूर्ण योगदान गर्दै आएको बताएका छन् । बिहीबार साँझ महासभामा सम्बोधन गर्दै ओलीले शान्ति अभियानमा नेपालले सेना र प्रहरीको भूमिका अझै बढाउन चाहेको बताएका छन् ।ओलीले नेपालले शान्ति प्रक्रियामा चुनौतीहरू सामना गर्दै सङ्क्रमणकालीन न्यायसम्बन्धी कानुन पारित गरेको जानकारी गराउँदै सरकार आर्थिक रूपान्तरण र स्थिरता कायम गर्न प्रतिबद्ध रहेको बताए ।उनले सबैसँग मित्रता र कसैसँग शत्रुता नराख्ने नीति पछ्याउँदै आएको र इजरायल–प्यालेस्टाइन द्वन्द्वको शान्तिपूर्ण समाधानमा जोड दिएको उल्लेख गरेका छन् । साथै, न

    • प्रकाशित मितिः असोज ११, २०८१
    • 483 पटक पढिएको
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाण्डौ  ।   मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।साथै देशमा बंगालको खाडीमा विकसित भएको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । हाल देशभर साधारणतया बदली देखि पूर्णतया बदली रहेको छ। कोशी, मधेश ,लुम्बिनी र कर्णाली प्रदेशका एक\दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।आज दिउँसो देशभर साधारणतया बदली देखि पूर्णतया बदली रहने छ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा र बाँकी प्रदेशका केही स्थानहरुमा मेघ गर्जन\चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।कोशी, मधेश, बागमती, गण्

    • प्रकाशित मितिः असोज ११, २०८१
    • 423 पटक पढिएको
  • वि.सं. २०८१ असोज ११ गते शुक्रबार, तपाईको राशिफल

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)अनावश्यक काममा समय व्यतित गर्दा गर्नुपर्ने काम अधुरो रहन सक्छ। आफूले सोचेका काममा भने जस्तो सफलता पाइने छैन । मानसिक असन्तुष्टिको अनुभव हुनेछ । अनावश्यक काममा खर्च हुनुबाट सतर्क रहनु होला । बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)दाजुभाइको काममा सहयोग लिन-दिन सकिने दिन छ । काममा जागर बढ्नेछ । तपाईंले आटेका सबै काममा राम्रो सफलता, परिश्रम अनुसारको आर्थिक लाभ राम्रो पाउनु हुनेछ। मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)मिथुन राशिका लागि आज व्यर्थ मानसिक तनाव, यात्रामा विघ्नबाधा, स्वास्थ्य त्यति राम्रो न रहने, आफन्तसंग कलह हुनसक्ने समय

    • प्रकाशित मितिः असोज ११, २०८१
    • 676 पटक पढिएको
  • सप्तकोसीमा खसेको बसमा सवार १७ जनाको सकुशल उद्धार

    काठमाडौं– कोसी ब्यारेजको ३४–३६ नम्बर ढोकाको बीचबाट सप्तकोसी नदीमा बिहीबार साँझ एक यात्रुबाहक बस खसेको छ। विराटनगरबाट गाईघाटतर्फ गइरहेको को १ ख ४६०१ नम्बरको बस ब्यारेजबाट नदीमा खसेको सुनसरीका प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीले जानकारी दिनुभयो।बसमा सवार १७ जना सबै यात्रुको सकुशल उद्धार गरिएको छ भने केही घाइतेलाई उपचारका लागि अस्पताल पठाइएको छ। उद्धार कार्य सशस्त्र प्रहरीबल सुरक्षा बेस भारदह र प्रस्तावित सीमा सुरक्षा गुल्म हरिपुरबाट प्रहरी नायब उपरीक्षकको नेतृत्वमा सम्पन्न भएको हो।

    • प्रकाशित मितिः असोज १०, २०८१
    • 671 पटक पढिएको
  • सप्तकोशी नदीमा बस खस्यो, थप विवरण आउन बाँकी

    विराटनगर- कोशी ब्यारेजबाट यात्रुबाहब बस बस सप्तकोशी नदीमा खसेको छ । विराटनगरबाट सप्तरीतर्फ जादै गरेको बस बिहिबार साझ करिब ६ः०५ मा कोशी ब्यारेजको पुलबाट तल नदीमा खसेको हो ।बस खसेको जानकारी आएपछि प्रहरी टोली खटिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले जानकारी दिए । बसमा कति जना यात्रु सवार थिए भन्ने बारेमा खुल्न सकेको छैन ।घटनाको थप विवरण आउन बाँकी छ ।

    • प्रकाशित मितिः असोज १०, २०८१
    • 553 पटक पढिएको
  • निर्माण व्यवसायीको चेतावनी : तत्काल भुक्तानी नदिए सशक्त आन्दोलन गर्छौं

    काठमाडौं- नेपाल निर्माण व्यवसायी महासंघले भुक्तानीको समस्या समयमा समाधान नगरे तत्काल सशक्त आन्दोलन गर्ने चेतावनी दिएको छ ।शुक्रवार काठमाडौंमा पत्रकार सम्मेलन गरी महासंघले तत्काल भुक्तानी नदिए बाध्य भएर आन्दोलनमा उत्रिने चेतावनी दिएको हो । निर्माण व्यवसायीहरूले निर्माण कार्य गरे बापतको विगत आर्थिक वर्षहरुमै भुक्तानी हुनुपर्ने वक्यौता रहेको ठूलो रकम अझै पनि भुक्तानी हुन नसक्दा निर्माण उद्योगमा विकराल अवस्था सिर्जना भएको महासंघले जनाएको छ । पत्रकार सम्मेलनका क्रममा महासंघका अध्यक्ष रवि सिंहले राज्यबाट निर्माण व्यवसायीहरूलाई यस आर्थिक वर्षमा भएको आआंशिक भुक्तानी समेत यस चालु आर्थिक वर्षक

    • प्रकाशित मितिः असोज १०, २०८१
    • 410 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.