काठमाडौं– कोसी ब्यारेजको ३४–३६ नम्बर ढोकाको बीचबाट सप्तकोसी नदीमा बिहीबार साँझ एक यात्रुबाहक बस खसेको छ। विराटनगरबाट गाईघाटतर्फ गइरहेको को १ ख ४६०१ नम्बरको बस ब्यारेजबाट नदीमा खसेको सुनसरीका प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीले जानकारी दिनुभयो।

बसमा सवार १७ जना सबै यात्रुको सकुशल उद्धार गरिएको छ भने केही घाइतेलाई उपचारका लागि अस्पताल पठाइएको छ। उद्धार कार्य सशस्त्र प्रहरीबल सुरक्षा बेस भारदह र प्रस्तावित सीमा सुरक्षा गुल्म हरिपुरबाट प्रहरी नायब उपरीक्षकको नेतृत्वमा सम्पन्न भएको हो।