काठमाडौं–चितवनको भरतपुर महानगरपालिका वडा नम्बर २९, पन्ध्र किलोस्थित मुग्लिङ–नारायणगढ सडक खण्डमा भएको दुर्घटनामा १६ जना घाइते भएका छन् । 

गए राति ११:३० बजे मुग्लिङबाट नारायणगढ आउँदै गरेको बा ३ ख १७५२ नम्बरको माइक्रोबस र नारायणगढबाट मुग्लिङतर्फ जाँदै गरेको बा.प्र. ०३–००१ ख २६२२ नम्बरको दूध बोक्ने ट्याङ्कर आपसमा ठोक्किँदा दुर्घटना भएको हो । 

OM Sai Pathibhara Hospital

प्रहरी नायव उपरीक्षक भेषराज रिजालका अनुसार घाइतेहरू सबै माइक्रोबसका यात्रुहरू रहेका छन् । 

घाइते हुनेहरूमा सृष्टी भुसाल, रामजी भुसाल, सोनीका भुसाल, साहिल श्रेष्ठ, कमला श्रेष्ठ, रेजिना पराजुली, अरुणिमा पौडेल, माइक्रो चालक चिन्ता बहादुर महतो लगायत छन्। केहीको उपचार पुरानो मेडिकल कलेजमा र केहीको चितवन मेडिकल कलेजमा भइरहेको छ ।

ट्याङ्कर चालक पेमा लामालाई इलाका प्रहरी कार्यालय मुग्लिङले नियन्त्रणमा लिएको छ ।