काठमाडौं–नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले मौसम खराबीका कारण आज साँझ ७ बजेदेखि भोलि बिहानसम्मका लागि आन्तरिकतर्फका सबै उडान स्थगित गरेको छ । निरन्तरको वर्षाका कारण कमजोर भिजिबिलिटीका कारण यो निर्णय गरिएको हो ।

प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार, आज साँझदेखि भोलि विहान ६ बजेसम्मका लागि उडान स्थगित गरिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने सबै आन्तरिक उडान शनिवार बिहानसम्म रोकिएको छ ।

OM Sai Pathibhara Hospital

गत १५ घण्टादेखि निरन्तर भइरहेको वर्षाले आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानहरू प्रभावित भएका छन् । आन्तरिक विमानस्थलहरूमा उडान रोकिएका छन् भने अन्तर्राष्ट्रिय उडानका केही विमान लामो समय होल्ड भएर अवतरण गरेका थिए ।