समाचार

    Showing 16,321-16,330 of 25,875 items.
  • वि.सं. २०८१ असोज १४ गते सोमबार, तपाईको राशिफल

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)व्यवसायिक क्षेत्रबाट राम्रो लाभ प्राप्त हुनेछ । प्रेम सम्बन्ध र पढाईको क्षेत्र राम्रो रहनेछ। बोलीको प्रभाव बढ्नेछ। आर्थिक क्षेत्र सबल भएर जानेछ। बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)विद्या र बुद्धिले गरेको कामबाट राम्रो लाभ मिल्ने समय छ।  परिणाममुखी काममा लगानीको समय छ। चुनौतीका बाबजुद नसोचेको काम बन्न सक्छ ।मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)नयाँ ठाउँमा आर्थिक लगानी गर्नु उपलब्धीमूलक हुँदैन। नियमित खर्च बढ्न सक्छ । शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ ।  टाढाको यात्रा फलदायी हुँदैन ।कर्कट (हि, हु, हे, हो, डा, डि,

    • प्रकाशित मितिः असोज १४, २०८१
    • 714 पटक पढिएको
  • देशभर बाढीपहिरोले १४८ जनाको मृत्यु, ५५ जना बेपत्ता

    काठमाडौं – हालसम्म देशभर बाढीपहिरो र डुबानका कारण १४८ जनाको मृत्यु भएको छ भने ५५ जना बेपत्ता भएका छन्। विपद्का कारण १०१ जना घाइते भएको गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले जानकारी दिएका छन्। धादिङ, ललितपुर, काभ्रे, काठमाडौं लगायतका जिल्लामा ठूलो जनधनको क्षति भएको छ।बाढी, पहिरोले धादिङमा ३८, ललितपुरमा २२, काठमाडौँमा १६, काभ्रेमा २९ जनाको ज्यान गएको छ। यसैगरी, अन्य जिल्लाहरूमा पनि जनधनको क्षति भएको छ। उद्धार कार्यका लागि ९,९८३ सुरक्षाकर्मी परिचालन गरिएको छ भने हालसम्म ३,६६१ जनाको उद्धार गरिएको छ। सशस्त्र प्रहरी बलका अनुसार बाढीपहिराले ३२२ घरमा क्षति पुर्याएको र १६ वटा पुल बगाएको छ।

    • प्रकाशित मितिः असोज १३, २०८१
    • 402 पटक पढिएको
  • कांग्रेसको निणर्य : बाढी पहिरो पीडितलाई ५० लाख दिने, सांसदहरुले १५ दिनको तलव उपलब्ध गराउने

    काठमाडौं- सत्तारुढ दल नेपाली काँग्रेसले बाढी पहिरो तथा विपदजन्य घटनाका पीडितलाई राहत स्वरुप ५० लाख रुपैयाँ दिने घोषणा गरेको छ । आईतवार पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको पार्टीको केन्द्रिय सम्पादन समितिको बैठकले सो निणर्य गरेको हो । निरन्तरको वर्षाका कारण ठूलो जनधनको क्षति भएको र पीडितको राहत एवं उद्धारका लागि ५० लाख रुपैयाँ विपद् राहत कोषमा जम्मा गर्ने निणर्य गरेको पार्टी प्रवक्ता प्रवक्ता एवं सांसद डा. प्रकाशशरण महतले जानकारी दिए ।  ५० लाख कोष रकममा सहयोग गर्न काँग्रेस सांसदहरुले १५ दिनको तलव उपलब्ध गराउने पनि निणर्य भएको जनाइएको छ । यस्तै क

    • प्रकाशित मितिः असोज १३, २०८१
    • 288 पटक पढिएको
  • झ्याप्ले खोलामा थप १६ वटा शव फेला, मृतकको संख्या ३० पुग्यो

    काठमाडौं- धादिङको झ्याप्ले खोलामा १६ वटा शव फेला परेको छ । बेपत्ताहरुको खोजी तथा उद्धारका लागि खटिएको टोलीले आइतबार दिउँसो १ बजेसम्म १६ वटा शव निकालेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिए । नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको संयुक्त टोलीले उद्धार तथा खोजी गरिरहेको छ । चार जना महिला र १२ जना पुरूषको शव निकालिए पनि उनीहरुको पहिचान खुल्न सकेको छैन । ८ वटा शव काठमाडौंको महाराजगन्जस्थित टिचिङ अस्पताल ल्याइएको छ । अन्य बाँकी ८ वटा शव लिन शववहान घटनास्थलतर्फ जाँदै गरेको एसपी अधिकारीले बताए । यस्तै शनिबारमात्रै सोही ठाउँबाट हायस र बसबाट १४ वटा

    • प्रकाशित मितिः असोज १३, २०८१
    • 244 पटक पढिएको
  • विपद प्रतिकार्यमा एकजुट भएर लाग्न प्रचण्डको आह्वान

    काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केही दिनयताको अविरल वर्षाका कारण ठूलो जनधनको क्षति भएकाले विपद् प्रतिकार्यमा एकजुट भएर लाग्न आह्वान गरेका छन् ।अध्यक्ष दाहालले आज प्रेस वक्तव्य जारी गर्दै अहिले पनि ठूलो सङ्ख्यामा नागरिक बेपत्ता भएकाले उनीहरुको खोजी, घाइतेको उपचार र घरबारविहीन भएकालाई सुरक्षित गर्दै पुनःस्थापनाको काम सुरु गर्नु पहिलो कर्तव्य भएको उल्लेख गरेका छन् ।तत्काल बेपत्ता नागरिकको खोजी, घाइतेको निःशुल्क उपचार र विस्थापितलाई पुनःस्थापनाका लागि सरकारको गम्भीर ध्यानाकर्षण गराउँदै प्रमुख प्रतिपक्षी दलका नेता समेत रहेका दाहालले ठूलो वर्षाको पूर्वअनुमान हुँद

    • प्रकाशित मितिः असोज १३, २०८१
    • 469 पटक पढिएको
  • हेलिकोप्टरबाट १६१ जनाको सकुशल उद्धार

    काठमाडौं— गृह मन्त्रालयले शनिबार र आइतबार बिहानसम्म नेपाली सेनाको हेलिकोप्टरबाट बाढी, पहिरो, डुबान तथा प्राकृतिक जोखिममा परेको १६१ जनाको सकुशल उद्धार गरेको छ ।गृह मन्त्रालयकमाम प्रवक्ता एवम् सहसचिव ऋषिराम तिवारीले आइतबार बिहानदेखि काभ्रेपलाञ्चोकका विभिन्न पालिकाबाट अहिलेसम्म ८३ जनाको उद्धार गरी सुरक्षित स्थानमा सारिएको जानकारी दिए। खराब मौसमका कारण शनिबार नै हेलिकोप्टर त्यहाँ पठाइएपनि उद्धार गर्न असहज भएको थियो ।काभ्रेपलाञ्चोकमा अहिले नेपाली सेनाका तीन वटा हेलिकोप्टरले उद्धार कार्य जारी राखेको छ । प्रवक्ता तिवारीले गृह मन्त्रालयको अनुरोधमा विपदको जोखिममा रहेका नागरिकहरुको उद्धारमा सेनाले

    • प्रकाशित मितिः असोज १३, २०८१
    • 420 पटक पढिएको
  • प्रचण्डले बोलाएको सर्वदलीय बैठक स्थगित, कार्यबाहक प्रधानमन्त्रीले आह्वान गरे एक बजे

    काठमाडौं— माओवादी केन्द्रका अध्यक्ष तथा प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आह्वान गरेको सर्वदलीय बैठक स्थगित गरिएको छ । अध्यक्ष प्रचण्डले अविरल वर्षा, बाढीपहिरो र त्यसबाट उत्पन्न परिस्थितिबारे छलफल गर्न आज बिहान १० बजे बस्ने गरी हिजो राति नै सर्वदलीय बैठकको आह्वान गरेका थिए ।नेपाल सरकारले पहल लिन ढिलाइ गरेको अवस्थामा प्रमुख प्रतिपक्षी दलको नेताको हैसियतले अध्यक्ष प्रचण्डले हिजो राति नै सर्वदलीय बैठक आह्वान गरेको, तर अब सरकारले पनि सर्वदलीय बैठक बोलाएकाले छुट्टै बैठक गरिरहन आवश्यक नदेखेर स्थगित गरिएको प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए ।यसैबीच

    • प्रकाशित मितिः असोज १३, २०८१
    • 505 पटक पढिएको
  • उपत्यकाबाट बाहिरिने सबै नाका पूर्णरुपमा अवरुद्ध, खुलाउने प्रयास जारी

    काठमाडौं—  निरन्तरको वर्षा, बाढी, पहिरो र डुबानका कारण काठमाडौं उपत्यकाबाट बाहिरिने सबै नाका अवरुद्ध छ ।काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार अहिले काठमाडौंबाट लामो दूरीका कुनै पनि बस बाहिर जान सक्ने अवस्था छैन । काठमाडौं उपत्यकाभित्रको हकमा जमेको पानी खुलाउने क्रम जारी छ भने कोरिडोर क्षेत्रमा यातायात सञ्चालन हुन सकेको छैन ।प्रहरीका अनुसार बल्खु–फर्पिङ, दक्षिणकाली–सिस्नेरी, चन्द्रागिरीको पृथ्वी राजमार्ग, ललितपुरको लेले, टीकाभैरव जाने बाटो, मकवानपुरको त्रिभुवन राजपथ, काभ्रेपलाञ्चोकतर्फ बीपी राजमार्ग, मध्य–पहाडी लोकमार्ग, सिन्धुलीको मदनभण्डारी राजमार्ग, धादिङको पृथ्वी लोकमार्ग,

    • प्रकाशित मितिः असोज १३, २०८१
    • 400 पटक पढिएको
  • सप्तकोशीमा घट्न थाल्यो पानीको बहाव

    काठमाडौं— सुनसरी सीमामा रहेको सप्तकोशी नदीमा बाढीको बहाव घट्न थालेको छ। आइतबार बिहानदेखि कोशी ब्यारेजको पुलमाथि बग्दै गरेको भेल रोकिएको छ । पुलमाथि बाढी बग्न छोडे पनि आउजाउ भने खोलेको छैन । पुलमाथि थेग्रिएको फोहोर लेदो पन्छाउने काम भइरहेको छ।सप्तकोशी नदीको इतिहासमै दोस्रो पटक उच्च बहाव रेकर्ड गरिएको बताइएको छ। सप्तकोशीमा छ लाख ६१ हजार पाँच प्रति सेकेन्ड क्युसेक पानी बगेर ५६ वर्षपछि दोस्रो पटक उच्च रेकर्ड कायम गरिएको कोशी ब्यारेज कन्ट्रोल रुमले जनाएको छ । कोशी ब्यारेज कन्ट्रोल रुमका अनुसार आइतबार बिहान ७ बजे छ लाख ५५ हजार ३७० प्रति सेकेन्ड क्युसेक पानी बगेको थियो भने बिहान ९ बजे छ लाख

    • प्रकाशित मितिः असोज १३, २०८१
    • 333 पटक पढिएको
  • बाढी र पहिरोमा ज्यान गुमाएका परिवारलाई २ लाख आर्थिक सहयोग

    काठमाडौं – गोदावरी नगरपालिकाले अविरल वर्षाका कारण भएको डुबान र पहिरोमा ज्यान गुमाएकाका परिवारलाई आर्थिक सहयोग गर्ने निर्णय गरेको छ। नगर कार्यपालिकाको शनिबार बसेको आकस्मिक बैठकले प्रति परिवार राहत स्वरूप २ लाख रुपैयाँ दिने निर्णय गरेको हो।नगर प्रमुख गजेन्द्र महर्जनले विपद्को बेला धैर्य गर्न अनुरोध गर्दै नगरपालिकाले आफ्नो संयन्त्रको भरपुर प्रयोग गरेको र नेपाली सेनालगायत अन्य सङ्घसंस्थाको सहयोग लिएको जानकारी दिएका छन्। उनले भनेका छन् कि, अथक प्रयासका बाबजुद पनि ज्यान जोगाउन सकिएन।गोदावरी नगरपालिका २०७४ सालको स्थानीय तहको निर्वाचन अघि घोषणा भएको हो र यस नगरपालिकाका अधिकांश वडा भौगोलिक दृष्टिले विक

    • प्रकाशित मितिः असोज १३, २०८१
    • 411 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.