काठमाडौं- सत्तारुढ दल नेपाली काँग्रेसले बाढी पहिरो तथा विपदजन्य घटनाका पीडितलाई राहत स्वरुप ५० लाख रुपैयाँ दिने घोषणा गरेको छ । 

आईतवार पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको पार्टीको केन्द्रिय सम्पादन समितिको बैठकले सो निणर्य गरेको हो । 

OM Sai Pathibhara Hospital

निरन्तरको वर्षाका कारण ठूलो जनधनको क्षति भएको र पीडितको राहत एवं उद्धारका लागि ५० लाख रुपैयाँ विपद् राहत कोषमा जम्मा गर्ने निणर्य गरेको पार्टी प्रवक्ता प्रवक्ता एवं सांसद डा. प्रकाशशरण महतले जानकारी दिए ।  

५० लाख कोष रकममा सहयोग गर्न काँग्रेस सांसदहरुले १५ दिनको तलव उपलब्ध गराउने पनि निणर्य भएको जनाइएको छ । 

यस्तै कांग्रेसले विपद्जन्य घटनाप्रति दुःख व्यक्त गर्दै विपद्जन्य घटनाबाट बेपत्ता भएकाहरुको खोजि तिब्र गर्न र घाइतेको निःशुल्क उपचार चाँडो भन्दा चाँडो गर्न पनि सरकारसँग आग्रह समेत गरेको छ । 

पार्टीको भ्रातृ, शुभेच्छुक संघटन सबैलाई नागरिक तहमा पुगेर उद्धार र राहत कार्यमा खटिन निर्देशन दिएको छ । दीर्घकालीन संरचना, सञ्चार संरचना, सडक, पुल, जलविद्युत आयोजनाहरुमा भएको क्षतिको यथार्थ मूल्यांकन गरी चाँडो भन्दा चाँडो सुचारु गर्न जोड दिएको छ । 

विषम परिस्थितिमा कालोबजारी हुनसक्ने, सवारी साधनमा हुनसक्ने वृद्धिलाई मध्यनजर राखेर गम्भीर रुपमा व्यवस्थापन गर्न सरकारसँग माग गरेको छ । 

काँग्रेसले राष्ट्रिय विपत्तिमा समग्र पार्टीहरु, सरकार, नागरिक समाज सबै एक भएर उद्धार कार्यमा संलग्न हुन आह्वान गरेको छ । यस्तै पार्टीको एक महिने संगठन परिचालन कार्यक्रम कोजाग्रत पूणर्िमासम्म स्थगन गरिएको पनि प्रवक्ता महतले जानकारी दिए । 

संगठन परिचालन स्थगन गरी विपद् खोजि तथा उद्धार कार्यमा लाग्न पार्टीले निर्देशन दिइएको छ । कोजाग्रत पूणर्िमामा गर्ने चियापान कार्यक्रम यस वर्षका लागि नगर्ने निणर्य भएको छ । 

यस्तै बैठकले स्थानीय तह उपनिर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा दल दर्ता गर्ने निणर्य पनि गरेको छ । उपनिर्वाचनमा पार्टीका तर्फबाट खडा गरिने उम्मेदवारलाई दलको औपचारिक पत्र प्रधान गर्नका लागि पार्टी सभापति देउवालाई जिम्मेवारी प्रदान गर्ने निणर्य पनि बैठकले गरेको महतले बताए ।