काठमाडौं- धादिङको झ्याप्ले खोलामा १६ वटा शव फेला परेको छ । 

बेपत्ताहरुको खोजी तथा उद्धारका लागि खटिएको टोलीले आइतबार दिउँसो १ बजेसम्म १६ वटा शव निकालेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिए । 

OM Sai Pathibhara Hospital

नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको संयुक्त टोलीले उद्धार तथा खोजी गरिरहेको छ । चार जना महिला र १२ जना पुरूषको शव निकालिए पनि उनीहरुको पहिचान खुल्न सकेको छैन । 

८ वटा शव काठमाडौंको महाराजगन्जस्थित टिचिङ अस्पताल ल्याइएको छ । अन्य बाँकी ८ वटा शव लिन शववहान घटनास्थलतर्फ जाँदै गरेको एसपी अधिकारीले बताए । 

यस्तै शनिबारमात्रै सोही ठाउँबाट हायस र बसबाट १४ वटा शव निकालिएको थियो ।