काठमाडौं – हालसम्म देशभर बाढीपहिरो र डुबानका कारण १४८ जनाको मृत्यु भएको छ भने ५५ जना बेपत्ता भएका छन्। विपद्का कारण १०१ जना घाइते भएको गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले जानकारी दिएका छन्। धादिङ, ललितपुर, काभ्रे, काठमाडौं लगायतका जिल्लामा ठूलो जनधनको क्षति भएको छ।

बाढी, पहिरोले धादिङमा ३८, ललितपुरमा २२, काठमाडौँमा १६, काभ्रेमा २९ जनाको ज्यान गएको छ। यसैगरी, अन्य जिल्लाहरूमा पनि जनधनको क्षति भएको छ। उद्धार कार्यका लागि ९,९८३ सुरक्षाकर्मी परिचालन गरिएको छ भने हालसम्म ३,६६१ जनाको उद्धार गरिएको छ। 

OM Sai Pathibhara Hospital

सशस्त्र प्रहरी बलका अनुसार बाढीपहिराले ३२२ घरमा क्षति पुर्याएको र १६ वटा पुल बगाएको छ।