काठमाडौं – गोदावरी नगरपालिकाले अविरल वर्षाका कारण भएको डुबान र पहिरोमा ज्यान गुमाएकाका परिवारलाई आर्थिक सहयोग गर्ने निर्णय गरेको छ। नगर कार्यपालिकाको शनिबार बसेको आकस्मिक बैठकले प्रति परिवार राहत स्वरूप २ लाख रुपैयाँ दिने निर्णय गरेको हो।

नगर प्रमुख गजेन्द्र महर्जनले विपद्को बेला धैर्य गर्न अनुरोध गर्दै नगरपालिकाले आफ्नो संयन्त्रको भरपुर प्रयोग गरेको र नेपाली सेनालगायत अन्य सङ्घसंस्थाको सहयोग लिएको जानकारी दिएका छन्। उनले भनेका छन् कि, अथक प्रयासका बाबजुद पनि ज्यान जोगाउन सकिएन।

OM Sai Pathibhara Hospital

गोदावरी नगरपालिका २०७४ सालको स्थानीय तहको निर्वाचन अघि घोषणा भएको हो र यस नगरपालिकाका अधिकांश वडा भौगोलिक दृष्टिले विकट रहेका छन्। गोदावरी नगरपालिकामा १४ वटा वडा छन्।