समाचार

    Showing 12,261-12,270 of 25,765 items.
  • दमकमा सडक उद्घाटनपछि ओलीले भने : ‘अब विशाल रंगशाला निर्माण गरिनेछ’

    झापा – प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमक नगरपालिकास्थित मदनडाँगी (ताराबारी) डिपु सडक स्तरोन्नती आयोजनाको आइतबार उद्घाटन गरेका छन्  ।विश्व बैंकको सहयोगमा नगरपालिकाको गौरवको आयोजनाका रूपमा रहेकोे सडक नेपालभरका १७ सडकमध्ये एक हो ।  ४४ करोड २४ लाख लागतमा निर्मित ४.८६ किमी सो सडक समयमै सम्पन्न भएको नमूना आयोजना मानिन्छ ।त्यस्तै उद्घाटन कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले देशभर विकास निर्माणका लहर ल्याउने क्रममा यो सडक पनि रहेकोे जनाउँदै मेची–महाकालीसम्म थालेका काम सक्ने अभियानमा सरकार रहेकोे बताएका छन्  । उनले  दमकको बेलडाँगीमा विशाल रंगशाला निर्माण हुने घोषणा पनि गरे

    • प्रकाशित मितिः असार २९, २०८२
    • 326 पटक पढिएको
  • मोरङको कटहरीमा एक ट्रक गाँजा बरामद

    काठमाडौँ  । मोरङमा करिब ३ हजार १ सय ५० किलो गाँजा बरामद भएको छ । जिल्लाको कटहरी गाउँपालिका–३ कटहरी चोकबाट  करिब ३ हजार १ सय ५० किलोग्राम गाँजा गए राति प्रहरीले बरामद गरेको हो ।प्रहरी चौकी कटहरीबाट खटिएको प्रहरीले को.१ ख. ४५१८ नम्बरको ट्रक तलासी गर्दा १ सय ५ वटा बोरामा रहेको उक्त परिमाणको गाँजा फेला पारी बरामद गरेको हो । गाँजा लिएर आएका चालक प्रहरीलाई देखे लगत्तै फरार भएका थिए । प्रहरीले हाल फरार ट्रक चालकको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान भैरहेको जानकारी दिएको छ । प्रारम्भिक अनुसन्धानमा पहाडी जिल्लाबाट ल्याएर भारत तर्फ तस्करी गर्न लागिएको हुनसक्ने आशंका प्रह

    • प्रकाशित मितिः असार २९, २०८२
    • 457 पटक पढिएको
  • मेलम्ची गुफाडाँडाको विकासमा संघ र प्रदेशले सहयोग नगरेको गुनासो

    मेलम्ची – सिन्धुपाल्चोकको मेलम्ची–९ मा रहेको रमणीय गुफाडाँडा पर्यटकीय स्थलको विकासमा संघ र प्रदेश सरकारले असहयोग गरेको स्थानीयबासीले दुखेसो गरेका छन् । ०७५ साल पुस १६ र १७ गते तत्कालिन राष्ट्रपति विद्यादेवी भण्डारीले पहिलो पटक जलवायु सम्मेलनको उद्घाटन गरिएको उक्त स्थानलाई संघीय र प्रदेश सरकारले प्रतिवद्धता अनुसार काम नगरेको मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले बताए ।केही समय अघि बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले पर्यटकीय विकासका लागि प्रदेश सरकारले सक्दो सहयोग गर्ने बताएपनि एक रुपैंयाँ पनि बजेट विनियोजन नगरेको दुखेसो गरे । गुफाडाँडा मात्र होइन मेलम्चीका सबै स्थानहरु

    • प्रकाशित मितिः असार २९, २०८२
    • 222 पटक पढिएको
  • विकास हाइड्रोपावरको आईपीओ बाँडफाँट

    काठमाडौं— विकास हाइड्रोपावरको आईपीओ बाँडफाँट गरिएको छ । सर्वसाधारणका लागि गत असार १८ गतेदेखि असार २२ गतेसम्म खुला गरेको आईपीओ आइतबार बाँडफाँट भएको हो ।कम्पनीले ७० हजार ९१० कित्ता साधारण सेयर कर्मचारीहरुका लागि र १ लाख ७७ हजार २७५ कित्ता सामूहिक लगानी कोषहरुका लागि सुरक्षित गरी बाँकी रहेको २९ लाख ४२ हजार ७६० कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गरेको थियो ।सर्वसाधारणका लागि खुलाईएको यस आईपीओमा २१ लाख ५० हजार ६७२ जनाबाट २ करोड ६१ लाख ४८ हजार ३५० कित्ता सेयर खरिदका लागि आवेदन परेको थियो ।कुल आवेदनमध्ये २० लाख ४३ हजार ६८६ जनाबाट परेको २ करोड ३४ लाख ८३ हजार ९० कित्ता सेयर सदर भएको थियो भने बाँकी

    • प्रकाशित मितिः असार २९, २०८२
    • 627 पटक पढिएको
  • क्यान्सर बिरामीलाई राहतः चार अस्पताललाई निःशुल्क औषधि हस्तान्तरण

    काठमाडौं— क्यान्सर उपचारमा संलग्न चार अस्पताललाई क्यान्सरसम्बन्धी औषधि तथा स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ। अमेरिकास्थित अन्तर्राष्ट्रिय संस्था 'डाइरेक्ट रिलिफ' को सहयोगमा र 'वान हार्ट वर्ल्डवाइड' को समन्वयमा ती सामग्रीहरू स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई औपचारिक रूपमा प्रदान गरिएको हो।उक्त सामग्री असार २७ गते नेपाल ल्याइ स्वास्थ्य सेवा विभागले भण्डारण गरेको थियो। आज ती औषधिहरू भरतपुरस्थित विपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, भक्तपुर क्यान्सर अस्पताल, बाँकेस्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पताल, र काठमाडौंको वीर अस्पताल मा हस्तान्तरण गरिएको हो।स्तन क्यान्सर, अल्जाइमर, र सोरियास

    • प्रकाशित मितिः असार २९, २०८२
    • 740 पटक पढिएको
  • पूर्व आयुक्त इला शर्माको निधन

    काठमाडौँ – पूर्व निर्वाचन आयुक्त इला शर्माको निधन भएको छ । शर्माको शनिबार साँझ हृदयाघातका कारण नर्भिक अस्पतालमा निधन भएको हो ।शर्माले निर्वाचन कानुन, नियमावली र निर्देशनको मस्यौदा तयार गर्ने उच्चस्तरीय कानुनी मस्यौदा तथा राजनीतिक सम्बन्ध समितिको नेतृत्व गरेर काम गरेकी थिइन् ।शर्माको दाहसंस्कार आज गरिने छ । उनका दुई छोरीहरु छन् । 

    • प्रकाशित मितिः असार २९, २०८२
    • 266 पटक पढिएको
  • डलर साटिदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ

    काठमाडौं— डलर साटिदिन्छु भन्दै नेपाली नागरिकलाई ठगी गर्ने गिरोहका चार सदस्यलाई प्रहरीले पक्राउ गरेको छ। उनीहरू सिन्धुपाल्चोकको बाह्रबिसे–३ धार्पा स्थायी घर भई हाल उपत्यकाका विभिन्न स्थानमा बसोबास गर्दै आएका थिए।पक्राउ पर्नेहरूमा पर्वत तामाङ भनिने २८ वर्षीय कर्म वाङगेल पाइन, सूर्य बहादुर भनिने २५ वर्षीय प्रकाश तामाङ, सन्तबिर भनिने ३६ वर्षीय सागर पाइन र ३५ वर्षीय विष्णु कुमार रुम्बा रहेका छन्।प्रहरीका अनुसार उनीहरूले ९७६२६३४८६१ नम्बरको मोबाइलबाट सम्पर्क गरी आफूहरूसँग ६ हजार अमेरिकी डलर रहेको, त्यसको सट्टामा ७ लाख रुपैयाँ दिनुपर्ने भन्दै ठगी गरेका थिए।उक्त गिरोहले भक्तपुर चाँगुनारायण–४ हलछापस्थित

    • प्रकाशित मितिः असार २९, २०८२
    • 528 पटक पढिएको
  • भानुभक्त आचार्यले नेपाली मनमा रामायण रोपेर जानुभएको छ : प्रधानमन्त्री

    काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले आदिकवि भानुभक्त आचार्यको २१२औँ जन्म जयन्तीका अवसरमा शुभकामना दिएका छन् । आइतबार सामाजिक सञ्जालमार्फत शुभकामना दिँदै उनले आदिकविले नेपाली मनमा रामायण रोपेर गएको बताए । उनले लेखेका छन् ,आज आदिकवि भानुभक्त आचार्यको जन्मजयन्ती । आदिकवि, जसले नेपाली मनमा रामायण रोपेर जानु भयो, नेपालीलाई भाषा र भावनाको सेतुले जोड्नु भयो ।नेपाली भाषामा आदिलेखन थालनी गर्नु भएका भानुभक्तप्रति नमन, स्रष्टाहरूलाई भानुजयन्तीको हार्दिक शुभकामना ।’

    • प्रकाशित मितिः असार २९, २०८२
    • 276 पटक पढिएको
  • नेपाली भाषालाई बाह्य अतिक्रमणबाट जोगाउनुपर्ने छ : मन्त्री पन्त

    काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले नेपाली भाषालाई बाह्य भाषाको अतिक्रमणमा रहेको बताउँदै कसरी जोगाउने भन्ने चिन्ता देखा परेको बताएका छन्  । आइतबार काठमाडौंमा भानुभक्त आचार्यको २१२ औँ जन्मजयन्तीको अवरमा भानुभक्तको पूर्ण कदको सालिकमा माल्यार्पण गर्दै उनले नेपालमा थोरै सङ्ख्याले बोल्ने भाषा ठूला भाषा र बाहिरी भाषाको चपेटामा पर्दा हराउँदै गइरहेकोमा चिन्ता व्यक्त गरे । उनले भने,‘ हामीले देखिरहेको छौं । विभिन्न भाषाहरु मर्दै गइरहेको छन् । थोरै सङ्ख्याले बोल्ने भाषाहरु ठूला भाषा र बाहिरी भाषाको चपेटामा परेका छन् । आफ्नै देशभित्र थोरै सङ्ख्याले बोल्ने भाषा पनि हर

    • प्रकाशित मितिः असार २९, २०८२
    • 321 पटक पढिएको
  • मोरङमा हात्तीको आक्रमणबाट महिलाको मृत्यु

    विराटनगर— मोरङको बेलबारीमा जंगली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ ।बेलबारी नगरपालिका–८ बाँसबारीकी अन्दाजी ४५ वर्षीया अमिना राजवंशीको मृत्यु भएको मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालले जानकारी दिइन् । अमिनासहित ३५ वर्षीया बन्दना राजवंशी आफ्नै घरनजिकको खेतमा पानी लगाउन गएका बेला बिहान ३ बजेतिर हात्तीले अमिनालाई आक्रमण गरेको प्रहरीले जनाएको छ । हात्तीले आक्रमण गर्दा अमिना गम्भीर घाइते भएकी थिइन् । उनलाई उपचारका लागि विराटनगरको न्यूरो अस्पताल ल्याइएको थियो । उपचारका क्रममा बिहान ८ः४० बजेतिर चिकित्सकले मृत घोषित गरेको प्रहरीले जनाएको छ ।बन्दनाले भने भागेर ज्यान जोगाएकी छन्

    • प्रकाशित मितिः असार २९, २०८२
    • 530 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.