काठमाडौँ । एनसेलको सेयर खरिद विक्री भएको सम्बन्धमा अभिलेखीकरण नगर्न उच्च अदालत पाटनले आदेश दिएको छ । विपक्षी बनाइएका कम्पनी रजिष्ट्रारको कार्यालयको नाममा सेयरको अभिलेखीकरण नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।उच्च अदालत पाटनका न्यायाधीश पुरुषोत्तमप्रसाद ढकालको इजलासले बिहीबार विपक्षी कम्पनी रजिष्ट्रारको कार्यालयको नाममा अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।गोकुलबहादुर रोकायाले दायर गरेको रिटमा एनसेलको सेयर खरिद बिक्री भएको भए पनि त्यस्तो खरिद बिक्रीको अभिलेखीकरण र सेयर नामसारी नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो । उच्च अदालत पाटनको यो आदेशसँगै एनसेलको सेयर बिक्री भइसकेको भए
काठमाडौं । सरकारले एनसेलको ८० प्रतिशत हिस्सा ओगटेको कम्पनीको शेयर खरिदबिक्रीबारे अध्ययन गर्न उच्चस्तरीय समिति गठन गरेको छ ।आजको बसेकाे मन्त्रिपरिषदकाे बैठकले पूर्वमहालेखा परीक्षक टंकमणि शर्माको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गर्दै एनसेलको शेयर खरिद बिक्रीका सम्बन्धमा अध्ययन तथा छानविन गरी एक महिनाभित्र प्रतिवेदन पेश गर्न कार्यादेश दिइएको हाे । समितिमा सचिव फणिन्द्र गौतम, बाबुराम भण्डारी, रितेश कुमार शाक्य र आइक्यानका अध्यक्ष सुजन कुमार काफ्ले लगायत रहेका छन् ।
काठमाडौँ । पशुपतिनाथ मन्दिर परिसर र आसपासका विभिन्न क्षेत्रमा मासु तथा मदिरालगायत बिक्री वितरणमा रोक लगाएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले बालाचतुर्दशी पर्व (शतवीजारोपण पर्व) लाई मध्यनजर गर्दै आजदेखि एक सातासम्म मासु, मदिरा तथा नशालु पदार्थहरू उत्पादन,ओसारपसार, भण्डारण र सेवनमा रोक लगाएको हो।यो नियम गौशाला मित्रपार्क सडकदेखि पूर्व, पशुपति क्षेत्रको पूर्व सिमानादेखि पश्चिम, गौशाला तिलगंगा चक्रपथदेखि उत्तर, मित्रपार्क–उमाकुण्ड–गौरीघाट हुँदै गुहृयेश्वरीदेखि दक्षिणभित्रका सबै भागमा लागु हुनेछ । बालाचतुर्दशी पर्वलाइ मध्यनजर गर्दै यी क्षेत्रमा मंसिर २७ गतेसम्म यो नियम लागु हुने जिल
काठमाडौं । भारतीय विदेशमन्त्री एस जयशंकर आगामी पुस तेस्रो साता नेपाल आउने भएका छन् ।नेपाल–भारत विदेशमन्त्रीयस्तरीय संयन्त्रको बैठकका लागि विदेशमन्त्री जयशंकर नेपाल आउने भएका हुन् ।उच्च कूटनीतिक स्रोतका अनुसार १९ पुसमा जयशंकर नेपाल आउने र २० पुसमा भारत फिर्ता हुने गरी दुवै देशका परराष्ट्र मन्त्रालयले तयारी गरिरहेका छन् ।उनको नेपाल भ्रमणबारे औपचारिक जानकारी भने दिइएको छैन । तर, परराष्ट्र मन्त्रालय र भारतीय विदेश मन्त्रालय संयन्त्रको बैठकको तयारीमा जुटिसकेको बुझिएको छ।भ्रमणका क्रममा महत्वपूर्ण सम्झौतामा हस्ताक्षर हुने सरकारी अधिकारीहरुले बताएका छन् ।
काठमाडौं । दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलविरुद्ध उच्च अदालत पाटनमा रिट दर्ता भएको छ। एनसेलको ८० प्रतिशत सेयर बिक्री अवैध भएको भन्दै बाजुराका गोकुलबहादुर रोकायाले रिट दायर गरेका हुन्।दर्ता भएको रिटमा एनसेलको सेयर ब्रिकी शंकास्पद गहिरो अनुसन्धानको समेत माग गरिएको छ । पाँच वर्षअघि स्वीडिस कम्पनी टेलियासोनेरासँग १.३ विलियन अमेरिकी डलरमा आजियाटाले किनेको एनसेलको ८० प्रतिशत सेयर अहिले ५० मिलियन अमेरिकी डलरमा भुक्तानी गर्नेगरी भएको ब्रिकी शंकास्पद भएको रिटमा उल्लेख गरिएको छ।उच्च अदालत पाटनले बिहीबारलाई पेशी तोकिएको छ ।
काठमाडौँ । विराटनगरको सातघुम्तीमा रहेको एक कबाडी गोदाममा बुधबार दिउँसो आगलागीमा घाइते भएका चार जनालाई नेपाली सेनाको स्काइ ट्रक मार्फत थप उपचारका लागि काठमाडौँ ल्याइएका छ ।उनीहरूलाई कीर्तिपुर वर्न सेन्टर पुर्याइएको छ । उक्त आगलागीमा २ जनाको मृत्यु भइसकेको छ भने दुई जना गम्भीर घाइते छन् । मोरङ प्रहरीका अनुसार विराटनगर महानगरपालिका-७ की ५५ वर्षीया रिता सरदार, वडा ६ की ६० वर्षीया सुशीला पासवान, ५८ वर्षीय किशोर पासवान र ३० वर्षीया पिंकी कामत घाइते छन् । उनीहरू चार जनालाई नै थप उपचारका लागि काठमाडौँ ल्याएको हो । घाइतेमध्ये रिता र सुशीलाको अवस्था गम्भीर छ ।आगलागीमा विराटनगर-७ का ३० वर्षीय दीपक
काठमाडौँ । दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको शेयर स्वामित्व खरिदबिक्री भएको विषयमा यथार्थ जानकारीसहित विवरण १५ दिनभित्र पेश गर्न सङ्घीय संसद्अन्तर्गतको अर्थ समितिले नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको छ ।समितिले आज यस विषयमा प्राधिकरणलाई छलफलका लागि बोलाएर जानकारी लिएको थियो । प्राधिकरणसँगको छलफलपछि समितिले एनसेल खरिदबिक्रीको वास्तविकतासहितको सम्पूर्ण विवरण १५ दिनभित्र लिखित रुपमा पेश गर्न निर्देशन दिइएको सभापति सन्तोष चालिसेले जानकारी दिए ।समितिको आजको बैठकमा नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले एनसेल आजियटा लिमिटेडले शेयर खरिदबिक्रीसम्बन्धी कागजात सङ्कलनको क्रममा
काठमाण्डौ । हाल नेपालमा पश्चिमी वायुको साथै भारतको छत्तीसगढमा अवस्थित निम्न चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ।अहिले कोशी, मधेश, बागमती, गण्डकी, र लुम्बिनी प्रदेशका आंशिकदेखि सामान्य बदली तथा देशका बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ।दिउँसो कोशी, मधेश र बागमती प्रदेशमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ। कोशी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।राति कोशी, मधेश र बागमती प्रदेशमा आंशिक बदली र
मोरङ । विराटनगरमा कवाडी गोदाममा आगलागी हुँदा दुई जनाको मृत्यु भएको छ । विराटनगर महानगरपालिका–७ सातघुम्तीमा कर्कटपाताको छानो भएको कवाडी गोदाममा आज दिउँसो आगलागी भएको हो । आगलागीमा परेर गोदामकै कामदार विराटनगर–६ का दीपक मण्डलको मृत्यु भएको हो । अर्का एकजना मृतकको पहिचान खुल्न सकेको छैन । मृतक गोदामकै कामदार भएको बताइएको छ । आगलागीमा परेर पाँच जना घाईते भएका छन । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ । घाईतेहरुको स्थानीय अस्पतालमा उपचार भैरहेको छ। आगलागीको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ ।
काठमाडौँ। परराष्ट्र सचिव भरतराज पौड्यालले सेवाबाट अवकाश लिएका छन। “करिब ३७ वर्ष लामो सक्रिय निजामती सेवाबाट आजदेखि अवकाश लिएको छु”, सामाजिक सञ्जालमा उनेले लेखेका छन।सरकारले श्री पौड्याललाई क्यानडाका लागि नेपाली राजदूतमा सिफारिस गरेको छ । संसदीय सुनुवाइ समितिले सरकारको उक्त सिफारिसलाई अनुमोदन गरिसकेको छ । सचिव पौड्यालले अनिवार्य अवकाश लिएसँगै परराष्ट्र मन्त्रालयकी वरिष्ठ सहसचिव सेवा लम्सालले निमित्त परराष्ट्र सचिवको जिम्मेवारी पाएकि छन । सरकारले उनलाई सचिव नियुक्त गर्ने सम्भावना छ ।
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.