काठमाडौं— क्यान्सर उपचारमा संलग्न चार अस्पताललाई क्यान्सरसम्बन्धी औषधि तथा स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ। अमेरिकास्थित अन्तर्राष्ट्रिय संस्था 'डाइरेक्ट रिलिफ' को सहयोगमा र 'वान हार्ट वर्ल्डवाइड' को समन्वयमा ती सामग्रीहरू स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई औपचारिक रूपमा प्रदान गरिएको हो।
उक्त सामग्री असार २७ गते नेपाल ल्याइ स्वास्थ्य सेवा विभागले भण्डारण गरेको थियो। आज ती औषधिहरू भरतपुरस्थित विपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, भक्तपुर क्यान्सर अस्पताल, बाँकेस्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पताल, र काठमाडौंको वीर अस्पताल मा हस्तान्तरण गरिएको हो।
स्तन क्यान्सर, अल्जाइमर, र सोरियासिसजस्ता रोगमा प्रयोग हुने यी औषधि अब बिरामीलाई निःशुल्क रुपमा उपलब्ध हुनेछन्। मन्त्रालयले भविष्यमा पनि यस्ता औषधिहरू नियमितरूपमा उपलब्ध गराउने पहल गरिरहेको जनाएको छ।
![नेपाल प्रहरीमा डीएसपीदेखि जवानसम्म माग [सूचनासहित] नेपाल प्रहरीमा डीएसपीदेखि जवानसम्म माग [सूचनासहित]](https://guptacharkhabar.com/uploads/2026/04/fb-img-1775194364405.jpg)





































