समाचार

    Showing 11,941-11,950 of 19,825 items.
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाडौँ । नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल कोशी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भ(भागमा मौसम मुख्यतया सफा रहेको छ । तराईका अधिकांश भूभागहरूमा हुस्सु लागेको अवस्था छ ।दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत कोशी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागको एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।राति लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत कोशी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रहनेछ। कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी त

    • प्रकाशित मितिः पुस २४, २०८०
    • 173 पटक पढिएको
  • पाच किलो बढी चरेससहित एक जना पक्राउ

    काठमाण्डौ  ।   कञ्चनपुरमा ५ किलो बढी चरेससहित बझाङका एक जना पक्राउ परेका छन्।कञ्चनपुरको भीमदत्त नगरपालिका-३ तिलकपुरबाट ५ किलो १०४ ग्राम लागूऔषध चरेशसहित बझाङको केदास्युँ गाउँपालिका ६ का ६३ वर्षीय नरबहादुर धामी आईतवार राति पक्राउ परेका हुन्। नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगर र वडा प्रहरी कार्यालय महेन्द्रनगरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले धामीले बोकी राखेको झोलाबाट चरेस फेला पारी पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। 

    • प्रकाशित मितिः पुस २३, २०८०
    • 182 पटक पढिएको
  • लागूऔषधसहित दुई युवक पक्राउ

    काठमाण्डौ  ।   कैलालीको धनगढीबाट लागूऔषधसहित दुई युवक पक्राउ परेका छन्।धनगढी उपमहानगरपालिका-१३ शिबटोलबाट १२० मिलिग्राम लागूऔषध (खैरो हेरोईन)सहित सोहि ठाउँका २२ वर्षीय शंकररानासहित दुई जना आईतवार दिउँसो पक्राउ परेका हुन्। प्रहरी चौकी कैलाली गाँउबाट खटिएको प्रहरी टोलीले उनीहरुको साथबाट लागूऔषध फेला पारी दुवै जनालाई पक्राउ गरेको जनाएको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

    • प्रकाशित मितिः पुस २३, २०८०
    • 172 पटक पढिएको
  • प्रधानमन्त्री प्रचण्ड युगान्डा भ्रमणमा जाने

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ युगान्डा भ्रमणमा जाने तयारी भएको छ । जनवरी १७ देखि २० सम्म युगान्डाको काम्पालामा हुन लागेको असंलग्न राष्ट्रहरुको १९ औँ शिखर सम्मेलनमा भाग लिन प्रधानमन्त्री त्यसतर्फ जाने तयारी भएको हो ।प्रधानमन्त्री माघ १ गते युगान्डा प्रस्थान गर्नेगरी छलफल भइरहेपनि एकिन मिति भने तय भइनसकेको बालुवाटार स्रोतको भनाइ छ । सबै टुंगो लागेपछि परराष्ट्र मन्त्रालयले औपचारिक जानकारी दिने प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले बताएका छन । अहिले पनि ठोस कार्यक्रम तय भइनसकेको उनको भनाइ छ ।शिखर सम्मेलनअघि युगान्डामै पराष्ट्रमन्त्रीस्तरीय बैठक हुनेछ । यसअघि १८ औँ सम

    • प्रकाशित मितिः पुस २३, २०८०
    • 47 पटक पढिएको
  • राष्ट्रिय सभा सदस्यको उम्मेदवारी मनोनयन आज

    काठमाडौँ ।  राष्ट्रिय सभा सदस्यको रिक्त १९ पदका लागि आगामी माघ ११ गते हुने निर्वाचनको आज उम्मेदवारी मनोनयनपत्र दर्ता हुँदैछ ।सातै प्रदेश मुकाममा स्थापना गरिएका निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयन पत्र दर्ता आज बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म हुनेछ । उम्मेदवारी मनोनयन दर्ता गर्नुअघि आयोगका तर्फबाट गरिनुपर्ने सम्पूर्ण तयारी र कार्य जिम्मेवारी पूरा गरिएको निर्वाचन आयोगका प्रवक्ता शालीग्राम शर्मा पौडेलले जानकारी दिए। यस निर्वाचनमा प्रदेशसभा सदस्य र गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिका प्रमुख र उपप्रमुख मतदाता  छन् । कानुनी व्यवस्थाअनुरुप प्रदेशसभा सदस्य प

    • प्रकाशित मितिः पुस २३, २०८०
    • 269 पटक पढिएको
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाण्डौ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ। तराईका धेरै स्थानहरूमा हुस्सु लागेको छ।दिउँसो कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ।राति कोशी र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने महाशाखाको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ।

    • प्रकाशित मितिः पुस २३, २०८०
    • 186 पटक पढिएको
  • भालुको आक्रमणबाट दुई जना घाइते

    काठमाण्डौ । डोटीमा भालुको आक्रमणमा परि जिल्लाको आदर्श गाउँपालिका वडा नम्बर ४ रोडीङ गाउँका स्थानीय वर्ष ५६ की गौरी भाट र वर्ष ५० का जंग भाट घाइते भएका छन ।  घर नजिक रहेको बुडीखेतमा आइतबार दिउसो तिन बजे काम गरिरहेको अवस्थामा भालुले गौरीमाथि आक्रमण गरेको थियो । गौरीलाई जोगाउन जाँदा जंग माथि पनि आक्रमण गरेको स्थानीय बासिले बताएका छन ।आक्रमणमा परि जंगको आँखा, निधार, पिठ्युँमामा चोट लागेको छ भने गौरीको टाउको अनुहार, पिठ्यूँ हातमा चोट लागेको छ ।दुवै जनालाई आदर्श ३  काडीस्याउलेमा रहेको जिडी पोलिक्लीनीकमा सामान्य उपचार पश्चात् थप उपचारेको लागि धनगढी रिफर गरिएको स्थानीयहरूले बताएका छन् ।

    • प्रकाशित मितिः पुस २२, २०८०
    • 233 पटक पढिएको
  • ठूलो परिमाणमा गाँजाको धुलोसहित दुई जना पक्राउ

    काठमाण्डौ  ।   पिकअप गाडीमा चालकको सिटमुनि लुकाएर लगिरहेको अवस्थामा प्रहरीले ४२ किलो गाँजाको धुलोसहित २ जनालाई पक्राउ गरेको छ । प्रहरीले पिकअप चालक मकवानपुर भिमफेदी गाउँपालिका– ९ स्यारसे निवासी ३४ वर्षीय सुमन ब्लोन र सहचालक पर्साको पटेर्वासुगौली गाउँपालिका– ४ निवासी ४० वर्षीय विनोद रामलाई नियन्त्रणमा लिएको छ ।सुराकीका आधारमा शनिबार राति करिब साढे ९ बजे पर्साको सखुवाप्रसौनी गाउँपालिका– ५ महुवन चोकस्थित गण्डक नहरमा बा.प्र.०३ ००१ च १५४० नम्बरको पिकअप गाडी चेकजाँच गर्दा चालकको सिटमुनि ४२ पोका गाँजाको धुलो बरामद गरेको थियो ।जिल्ला प्रहरी प्रवक्ता एवम् प्रहरी नाउव उपरीक्षक कुमार

    • प्रकाशित मितिः पुस २२, २०८०
    • 392 पटक पढिएको
  • बरहथवा घटनामा सहमति जुट्यो, मृतकको शव पोष्टमार्टम गर्ने तयारी

    सर्लाही । बरहथवा घटनामा आन्दोलनरत पक्षको माग सम्बोधन गर्ने सहमति भएपछि प्रदर्शनका कार्यक्रम स्थगित भएको छ ।  मृतक साहको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलङ्गवा लैजाने तयारी भइरहको छ ।जिल्ला प्रशासन कार्यालयमा सर्वदलीय-सर्वपक्षीय छलफलपछि अब बरहथवास्थित नगर अस्पताल यसअघि नगर कार्यपालिकाको निर्णयबमोजिम मधेश सरकारलाई हस्तान्तरण गर्ने, स्तरोन्नति गरेर ५० शैयाको बनाउने, सो अस्पताललाई प्रहरीको गोली लागेर मृत्यु भएका जय श‌कर साहको नाममा नामाकरण गर्ने र नगरपालिकाले मृतकको परिवारलाई रोजगारी प्रदान गर्ने सहमति भएको छ ।आइतबार साँझ प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री वीरेन्द्रप्

    • प्रकाशित मितिः पुस २२, २०८०
    • 486 पटक पढिएको
  • प्रहरीमा आर्थिक अपराध हेर्ने छुट्टै ब्यूरो स्थापना हुने: महानिरीक्षक कुँवर

    काठमाण्डौ  ।  नेपाल प्रहरीका प्रमुख प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले मुलुकमा बैंकिङ कसूर र वित्तीय अपराधनका घटनामा उल्लेख्य वृद्धि भएको जनाउँदै त्यस्ता घटनाको अनुसन्धानका लागि नेपाल प्रहरीमा छुट्टै ब्यूरो स्थापना गर्न लागिएको बताएका छन्।गण्डकी प्रदेशको राजधानी पोखरामा आइतबार आयोजित प्रदेशस्तरीय अपराध अनुसन्धान समीक्षा गोष्ठीमा उनले आर्थिक अपराधसँग सम्बन्धित कसुरको अनुसन्धान गर्न विशिष्टिकृत ब्यूरो स्थापनाका लागि गृहकार्य अगाडि बढाइएको जानकारी दिए ।उनले समाजमा आर्थिकसँगै साइबार अपराध, लागूऔषध दुव्र्यसनी, सामाजिक कसूरलगायत चुनौतीका रुपमा देखा परिरहेको उल्लेख गरे । लागुऔषध नियन्त्

    • प्रकाशित मितिः पुस २२, २०८०
    • 405 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा