समाचार

    Showing 11,941-11,950 of 25,765 items.
  • सीमा व्यवस्थापन तथा सहकार्यका नाममा भइरहेको ‘सन्धि र समझदारी’माथि एमालेको आपत्ति

    काठमाडौं  – नेकपा (एमाले) को नवौँ केन्द्रीय कमिटीको बैठक च्यासलस्थित पार्टी मुख्यालयमा मंगलबार राति सम्पन्न भएको छ ।बैठकले आत्मसमीक्षा, सांगठनिक सुधार र वैचारिक स्पष्टताको आवश्यकतासँगै जनताबीच दूरी घटाउने कार्यक्रमलाई सशक्त ढंगले अघि बढाउने निष्कर्ष निकालेको छ ।एमालेले पछिल्लो समय भारतसँग गरिएको भू सर्वेक्षण, सीमा व्यवस्थापन तथा सहकार्यका नाममा भइरहेको ‘सन्धि र समझदारी’माथि गम्भीर आपत्ति जनाउँदै नेपाली राष्ट्रियताको पक्षमा प्रष्ट अडान लिएको छ । पार्टीले संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा रहेको स्पष्ट गर्दै पनि राष्ट्रहित विपरीत हुने कुनै पनि निर्णय मान्य नहुने बताएको छ । एमा

    • प्रकाशित मितिः साउन ७, २०८२
    • 374 पटक पढिएको
  • गौर भन्सार कार्यालयबाट लक्ष्यभन्दा कम राजस्व संकलन

    रौतहट – गौर भन्सार कार्यालयले आर्थिक वर्ष २०८१/०८२ भन्सार विभागले दिएको लक्ष्यभन्दा कम राजस्व संकलन गरेको छ ।गौर भन्सार कार्यालयले आर्थिक वर्ष २०८०/०८१ मा विभागले दिएको लक्ष्यको ८५.९६ प्रतिशत राजस्व सङ्कलन गरेको थियो भने २०८१÷०८२ मा लक्ष्यको ८४.४१ प्रतिशत मात्र राजस्व सङ्कलन गर्न सफल भएको हो । भन्सार विभागले आर्थिक वर्ष २०८१/०८२ मा गौर भन्सार कार्यालयलाई ३५ करोड ४३ लाख ७८ हजार रुपियां राजस्व सङ्कलन गर्ने लक्ष्य दिए पनि असुली २९ करोड ९१ लाख ३० हजार रुपियाँ मात्र भएको कार्यालयका नायब सुब्बा एवम् सूचना अधिकारी दिनेश कुमार घिमिरेले बताए ।कार्यालयका सूचना अधिकारी घिमिरेका अनुसार कोइला आयातमा

    • प्रकाशित मितिः साउन ७, २०८२
    • 517 पटक पढिएको
  • तोलामा २१०० रुपैयाँले बढ्यो सुन

    काठमाडौं— नेपाली बजारमा बुधबार सुनको मूल्य तोलामा २ हजार १०० रुपैयाँ बढेको छ । अघिल्लो दिनको तुलनामा मूल्यवृद्धि हुँदै छापावाल सुन तोलामा १ लाख ९७ हजार ६०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार छापावाल सुन तोलामा १ लाख ९५ हजार ५०० रुपैयाँ कायम भएको थियो । यस्तै बुधबार चाँदीको मूल्य पनि बढेको छ । महासंघका अनुसार बुधबार चाँदी तोलामा २ हजार ३५० रुपैयाँ कायम भएको छ । यसअघि मंगलबार चाँदी तोलामा २ हजार ३२० रुपैयाँ कायम भएको थियो । 

    • प्रकाशित मितिः साउन ७, २०८२
    • 528 पटक पढिएको
  • ‘पार्टी स्टालिन शैलीमा चल्दैछ’ भन्दै पाण्डे आक्रोशित, ओलीको जवाफ – ‘म स्टालिन हो?’

    काठमाडौं – नेकपा (एमाले) को केन्द्रीय कमिटीको समापन बैठकमा अध्यक्ष केपी शर्मा ओली र उपाध्यक्ष सुरेन्द्र पाण्डेबीच कडा बहस भएको छ। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टी राजनीतिमा पुनः सक्रिय हुन नदिन गरिएको निर्णयलाई लिएर बैठक तनावपूर्ण बनेको हो।अध्यक्ष ओलीले पार्टी विधान र संविधानका विभिन्न धाराहरू उद्धृत गर्दै भण्डारीलाई राजनीतिमा फर्कन नदिने निर्णय बैठकमा प्रस्तुत गरे। उनले भने, “आजको बैठकले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीज्यूलाई पार्टीमा नफर्कन, बरु आफ्नो गरिमा अनुरूप सल्लाहकार र अभिभावकको भूमिकामा बस्न आग्रह गर्ने निर्णय गरेको छ।”ओलीको उक्त निर्णयपछि उपाध्यक्ष पाण्डेले तत्का

    • प्रकाशित मितिः साउन ७, २०८२
    • 736 पटक पढिएको
  • झुटा आश्वासन दिएर किशोरीहरूलाई फसाउने चार चिनियाँ नागरिक पक्राउ

    कास्की– विवाह, पढाइ र राम्रो जीवनशैलीको आश्वासन देखाएर नाबालिक किशोरीहरूलाई गलत उद्देश्यका लागि प्रयोग गरिएको आरोपमा कास्की प्रहरीले चार जना चिनियाँ नागरिक र तिनलाई सहयोग गर्ने तीन जना नेपाली नागरिकलाई पक्राउ गरेको छ।प्रहरीका अनुसार पीडित किशोरीहरूले उजुरी दिएपछि घटनाको अनुसन्धान थालिएको थियो। प्रारम्भिक अनुसन्धानमा आर्थिक रूपमा कमजोर र पछाडि पारिएका समुदायका किशोरीहरूलाई लक्षित गरी फकाइएको खुलेको छ।कास्कीको माछापुच्छ्रे गाउँपालिकाकी एक किशोरीले पढाइको अवसर र चिनियाँ नागरिकसँग विवाहपछि राम्रो जीवन बिताउने आश्वासन पाएकी थिइन्। उनलाई पोखराकी दुई नेपाली महिलाले चिनियाँ नागरिकसँग विवाह गराइदिएको प

    • प्रकाशित मितिः साउन ७, २०८२
    • 356 पटक पढिएको
  • वामदेव गौतम भन्छन् मलाई कार्यक्षेत्र नदिए पार्टीमा बस्न सक्दिनँ

    काठमाडौं— एकीकृत समाजवादीका वरिष्ठ नेता वामदेव गौतमले पार्टीले आफूलाई काम नदिए लामो समयसम्म पार्टीमा नबस्ने बताएका छन् ।बुधवार कीर्तिपुरमा आयोजित ४७ औँ पुष्पलाल स्मृति दिवस कार्यक्रममा बोल्दै गौतमले आफूलाई कुनै पद नचाहिएको, तर कामसहितको जिम्मेवारी दिनुपर्ने माग गरे ।उनले पार्टीले कामसहितको पद सिर्जना गरेर जिम्मेवारी दिनुपर्ने बताउँदै कामविनाको पद आफूलाई स्वीकार्य नहुने स्पष्ट पारे ।गौतमले भने, “मलाई पद चाहिँदैन, काम चाहिन्छ । काम दिन कस्तो पद बनाउनुपर्छ, त्यो बनाएर जिम्मेवारी दिनुस् । यदि पद मात्र दिनुहुन्छ, तर काम दिनुहुन्न भने म लामो समय पार्टीमा बस्न सक्दिन । मलाई एउटा जिल्ला, दुई जिल्ला, आ

    • प्रकाशित मितिः साउन ७, २०८२
    • 503 पटक पढिएको
  • रुकुमपूर्वमा विषालु च्याउले लियो दुई नाबालकको ज्यान

    रुकुमपूर्व— रुकुमपूर्वको भूमे गाउँपालिका–५ सेराबाङमा जङ्गली च्याउ खाएर बिरामी परेका एउटै परिवारका दुई बालबालिकाको मृत्यु भएको छ।गएराति राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराहीमा उपचारका क्रममा ७ वर्षीया भाग्यरेखा विकको ज्यान गएको जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वले जनाएको छ। त्यसअघि मंगलबार दिउँसो करिब ३ बजे भाग्यरेखाका भाइ, ३ वर्षीय योजन विकको उपचारका क्रममा सल्यान अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।आइतबार बेलुकी जङ्गलबाट ल्याइएको च्याउ खाएपछि उनीहरू अचानक बिरामी परेका थिए। च्याउ विषालु भएको आशंकामा स्वास्थ्यकर्मीहरूले समयमै उपचारको लागि पहल गरे पनि दुई बालबालिकाको ज्यान जोगाउन सकिएन।

    • प्रकाशित मितिः साउन ७, २०८२
    • 438 पटक पढिएको
  • सार्वजनिक सडक सीमा भित्रका संरचना आफैं हटाउन काठमाडौं महानगरपालिकाको आग्रह

    काठमाडौं – काठमाडौंको जडिबुटी चोकदेखि पेप्सीकोला चोकसम्मको सडक केन्द्र र आसपास दायाँबायाँ दुबै तर्फ १५÷१५ मिटरको सडक सीमा भित्र पर्ने संरचना हटाउन काठमाडौं महानगरपालिकाले सर्वसाधारणलाई आग्रह गरेको छ ।नेपाल सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले मिति २०७८÷१०÷१६ मा प्रकाशित राजपत्र अनुसार र सडक विभागको निर्देशन अनुसार स्थानीय सरकारसँग समन्वयमा काठमाडौं महानगरपालिकाले मिति २०८२÷०४÷०६ मा सूचना प्रकाशन गरी तीन दिनभित्र सो क्षेत्रमा पर्ने सबै संरचना, पसल, टहरा, पर्खाल, सवारी साधन आदि हटाउन सूचित गरेको हो ।सूचनामा सार्वजनिक सडक ऐन २०३१ को दफा १६ अनुसार कुनैपनि संरचना सडकको सीमा भित्र निर्माण

    • प्रकाशित मितिः साउन ७, २०८२
    • 304 पटक पढिएको
  • अविरल वर्षापछि आएको पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध

    काठमाडौं— अविरल वर्षाका कारण कालीगण्डकी करिडोरको बागलुङ सडक खण्ड अवरुद्ध भएको छ । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको करिडोरको बागलुङ खण्डस्थित बागलुङ नगरपालिका–१० दब्ल्याङमा गए राति पहिरो खस्दा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी वसन्त पाण्डेले जानकारी दिए। उक्त खण्डमा आज बिहानदेखि यातायात सञ्चालन ठप्प भएको छ । वर्षाका कारण कालीगण्डकी करिडोरको बलेवा खण्डको छहरेमा सडक अवरुद्ध भएको छ । अवरुद्ध सडक खुलाउन कालीगण्डकी करिडोर आयोजनासँग समन्वय भइरहेको सूचना अधिकारीले पाण्डेले बताए। करिडोरसँगै बलेवा–कुशिमसेरा सडक पनि पूर्ण रूपमा अवरुद्ध भएको छ ।

    • प्रकाशित मितिः साउन ७, २०८२
    • 536 पटक पढिएको
  • माग पूरा नभए खोटाङका मेयर भट्टराईले भोक हडताल गर्ने

    काठमाडौं – खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगर प्रमुख तीर्थराज भट्टराई यतिबेला काठमाडौंमा छन् । जिल्लामा उत्पादित बाँसको प्रवद्र्धनमा संघीय सरकारले कानुनी र नीतिगत अड्चनमा संशोधन नगरिदिएको भन्दै सत्याग्रहका लागि काठमाडौं आएका हुन् ।स्थानीयलाई रोजगारी दिने, वैदेशिक रोजगारीमा जाने सङ्ख्यालाई घटाउनुका साथै स्थानीय स्रोत र सामग्री प्रयोग गरी जैविक विविधता र संस्कृतिको संरक्षण गर्दै स्थानीयवासीलाई रोजगारीसँग जोड्ने प्रयासलाई संघ र प्रदेशले असहयोग गरेको उनको गुनासो छ ।नयाँ सोच र अवधारणाका साथ प्रमुखले आफ्नो कार्यकक्षमा बाँसैबाँसका फर्निचर र सामग्री प्रयोग गर्दै बाँसको प्रवद्र्धनमा संघीय

    • प्रकाशित मितिः साउन ७, २०८२
    • 286 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.