समाचार

    Showing 11,791-11,800 of 25,764 items.
  • आफ्नै घरमा मृत भेटिएकी शोभाको हत्या भएको माइती पक्षको दावी

    जनकपुर— जनकपुरमा एक महिला मृत फेला परेकी छन् । जनकपुरधाम उपमहानगरपालिका–४ स्थित आफ्नै घरमा चन्दन मण्डलका श्रीमती २३ वर्षीया शोभा मण्डल राति मृत फेला परेकी हुन् ।जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी निरीक्षक अनिल बैठाका अनुसार राति साढे १२ बजेतिर घरमा झुण्डिएर मृत्यु भएको खबर प्रहरीसमक्ष पुगेको थियो । प्रहरी टोली पुग्दा  ओछ्यानमा शव फेला परेको उनले बताए । उनका अनुसार घरपरिवारले झुण्डेको देखेपछि पासो काटेर ओछ्यानमा राखेको बयान प्रहरीलाई दिएका छन् ।पोस्टमार्टम रिपोर्टपछि मात्र केही कुरा खुल्ने प्रहरीको भनाइ छ । प्रहरीले घटनास्थल पुगेर अनुसन्धान गरिरहेको छ ।यता माइती पक्षले भने शोभा मण्

    • प्रकाशित मितिः साउन १२, २०८२
    • 623 पटक पढिएको
  • लुम्बिनीको खेलकुदमन्त्री बन्दै लोसपाका सन्तोष

    काठमाडौं— लुम्बिनी प्रदेशमा लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा) का सन्तोष पाण्डेय युवा तथा खेलकुद मन्त्री बन्ने भएका छन् ।आइतबार मुख्यमन्त्री चेतनारायण आचायर्लले उनलाई मन्त्रीका लागि प्रदेश प्रमुख समक्ष सिफारिस गरेका छन् । सोमबार दिउँसो प्रदेश प्रमुख कृष्ण बहादुर घर्तीले शपथ ग्रहण गराउने तयारी गरेका छन् । लोसपााबाट लुम्बिनी प्रदेशमा ३ जना सांसद् रहेका छन्  ।

    • प्रकाशित मितिः साउन १२, २०८२
    • 658 पटक पढिएको
  • निलम्बित अध्यक्ष शरद ओझा पुनर्बहालीको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरे

    काठमाडौं— बीमा प्राधिकरणका निलम्बित अध्यक्ष शरद ओझा पुनर्बहालीको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । नेपाल सरकार मन्त्रिपरिषदको बैठकले गत असार ३० गते सोमबार छानबिन समिति गठन गरी निलम्बन गरेकोमा ओझाले साउन ८ गते बिहीबार दायर गरेको रिटमाथि शुक्रबार सामान्य बहस भएको थियो ।न्यायाधीश अब्दुल अजीज मुसलमानको इजलासले अन्तरिम आदेशका लागि छलफल गर्न आज सोमबार सरकारलाई समेत बोलाएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय र छानविन समितिलाई विपक्षी बनाएर दायर गरिएको रिटमाथि आज सर्वोच्च अदालतमा छलफल हुनेछ ।योग्यता नै नपुगेको व्यक्ति फर्जी र झुठा विवरण तथा कागजात तयार पारी नेपाल सरकार मन

    • प्रकाशित मितिः साउन १२, २०८२
    • 448 पटक पढिएको
  • काठमाडौं उपत्यकासहितका स्थानमा वर्षा, तराईमा भने पानी परेन

    काठमाडौं— आज बिहनैदेखि काठमाडौंलगायत विभिन्न क्षेत्रमा वर्षा भएको छ। केही ठाउँमा भारी वर्षा मापन भएको छ, भने धेरै ठाउँमा भारी वर्षाको नजिक (मध्याम) वर्षा भएको छ। तर तराई क्षेत्रमा अझै वर्षा भएको छैन।जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् डेभिट ढकालले हाल देशभर साधारणतया बदली रहेको जानकारी दिनुभयो। उनका अनुसार तराईका उत्तरी भूभागमा थोरै वर्षा भएको छ। दक्षिण क्षेत्रमा पनि हल्का पानी परेको तर पर्याप्त नभएको बताए। अहिलेको प्रणाली त्यति ठूलो नरहेको पनि उनले बताए।पछिल्ले ६ घण्टामा धनकुटाको मछुवाघाटमा ४२, गोरखाको आरुघाटमा ४२.२, कास्कीको लाम्पाटनमा ४४.८, मुगुको गमगढी श्रीनगरमा

    • प्रकाशित मितिः साउन १२, २०८२
    • 497 पटक पढिएको
  • कस्तो रहनेछ आजको मौसम

    काठमाण्डौ  । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ।देशका सातै प्रदेशका विभिन्न स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा भइरहेको मौसमविद्ले बताएका छन्।  मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले कोसी, बागमती र गण्डकी प्रदेशका केही स्थान, लुम्बनी र कर्णाली प्रदेशका थोरै स्थान तथा मधेस र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा भइरहेको छ। दिउँसो देशभर साधारणतया बदली रहनेछ। गण्डकी प्रदेश, बागमती प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भूभागका केही स्थानहरूमा तथा तराई भूभागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको छ। ब

    • प्रकाशित मितिः साउन १२, २०८२
    • 375 पटक पढिएको
  • यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

    काठमाण्डौ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिदर १३८ रुपैयाँ १३ पैसा र बिक्रीदर १३८ रुपैयाँ ७३ पैसा कायम भएको छ ।युरोपियन युरो एकको खरिदर १६२ रुपैयाँ १९ पैसा र बिक्रीदर १६२ रुपैयाँ ९० पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिदर १८५ रुपैयाँ ६३ पैसा र बिक्रीदर १८६ रुपैयाँ ४३ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १७३ रुपैयाँ ७८ पैसा र बिक्रीदर १७४ रुपैयाँ ५४ पैसा कायम गरिएको छ ।अष्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ ७० पैसा र बिक्रीदर ९१ रुपैयाँ १० पैसा, क्यानेडियन डलर एकको खरिदर १०० रुपैयाँ ८१ पैसा र बिक्रीदर १०१ रु

    • प्रकाशित मितिः साउन १२, २०८२
    • 378 पटक पढिएको
  • युवा संघबाट निलम्बित कुलुङले भनिन् : राजनीतिक प्रतिशोध साँधियो

    काठमाडौं । नेकपा (एमाले) निकट युवा संगठन राष्ट्रिय युवा संघ नेपालकी निलम्बित केन्द्रीय सदस्य युवान्तिका कुलुङले आफूमाथि राजनीतिक प्रतिशोध साँधेर चरित्र हत्या गर्ने काम भएको बताएकी छन् । गत शुक्रबार उनलाई संगठनले कारबाही गरेको थियो ।‘म विद्यादेवी भण्डारीको प्रेस मिटमा गएर फर्किएको दिन बेलुका ९ बजे कारबाहीको पत्र आयो । त्यो पत्रभन्दा अगाडि मैंले स्पष्टिकरण दिइसकेको थिएँ । कारबाही गर्न खोजेको चाहीँ धेरै समय भइसक्यो । मेरो नागरिकताको विषय निकालेर पनि मेरो चरित्रहत्या गर्न खोजेकै हो,’ उनले भनिन् ।उनी युवा संघको १०औ राष्ट्रिय महाधिवेशन पोखराबाट खुला महिला सचिवालयमा सुमन पुरीको टिमबाट विजयी भएकी थिइन

    • प्रकाशित मितिः साउन ११, २०८२
    • 261 पटक पढिएको
  • अवैध विदेशी मुद्रा सटही गर्दै आएका तीन जना सार्वजनिक

    पोखरा । पोखराको लेकसाइड क्षेत्रमा गैरकानुनी रुपमा विदेशी मुद्रा सटही कारोबार गर्दै आएका तीन जना व्यक्तिलाई प्रहरीले सार्वजनिक गरेको छ ।गण्डकी प्रदेश प्रहरी कार्यालय, पोखराको विशेष सूचनाका आधारमा छापा मारेर उनीहरूलाई कास्कीको पोखरा महानगरपालिका–१७ पार्दी बिरौटाबाट पक्राउ गरिएको हो ।पक्राउ परेकामध्ये दुई जना मनी एक्सचेन्ज सञ्चालक तथा एक जना रेष्टुरेन्ट व्यवसायी रहेको खुलेको छ । उनीहरू वर्षौंदेखि बिना अनुमति विदेशी विनिमय कारोबारमा संलग्न रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।पक्राउ पर्नेहरूमा महुमुद्दिन एम अहमद वर्ष ४५ रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–१३ का स्थायी बासिन्दा हु

    • प्रकाशित मितिः साउन ११, २०८२
    • 250 पटक पढिएको
  • बजेट कार्यान्वयनका लागि कर्णाली सरकारले ल्यायो बार्षिक कार्ययोजना

    सुर्खेत । हरेक बर्ष बजेट कार्यान्वयनमा कमजोर देखिएको कर्णाली प्रदेश सरकारले चालू आर्थिक बर्षको बजेट कार्यान्वयनका लागि कार्ययोजना बनाएको छ । सरकारले चालू आर्थिक वर्षको बजेट कार्यान्वयनका लागि बनाएको ७१ बुँदे मार्गदर्शन अनुसार भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय अन्तर्गतका एक करोड भन्दा माथिका आयोजना र अन्य मन्त्रालयका ५० लाख भन्दा माथिका आयोजनाको भदौ मसान्तभित्र ठेक्का गरिसक्नुपर्नेछ । योसंगै समपूरक र विशेष अनुदानका स्रोतबाट सञ्चालित हुने आयोजनाहरूको ठेक्का पत्रको सूचना साउन मसान्तभित्र आह्वान गरिसक्ने गरि असार २५ गते नै क्यालेन्डर बनाएर कार्यान्वयनका लागि सबै मन्त्रालयमा पठाइएक

    • प्रकाशित मितिः साउन ११, २०८२
    • 347 पटक पढिएको
  • संघीय लोकतान्त्रिक मोर्चाले बोलायो बैठक

    काठमाडौं— संघीय लोकतान्त्रिक मोर्चाले बैठक आह्वान गरेको छ।मोर्चाको बैठक सोमबार अपराह्न ४ बजे बस्ने जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले जानकारी दिए। चक्रिय प्रणालीअनुसार मोर्चाको प्रमुख अहिले उपेन्द्र यादव छन्।बैठकमा मोर्चाको निर्धारित कार्यक्रमहरूबारे छलफल  हुनेछ।त्यस्तै मोर्चामा कुमार लिङ्देन तथा केपी पालुङवाको पार्टीबीच सहकार्यबारे पनि छलफल भइरहेको छ। बैठकले त्यसलाई निष्कर्षमा पुर्‍याउने यादवले बताए।मोर्चामा जसपा नेपाल, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी, राष्ट्रिय मुक्ति पार्टी, लोसपा, जनता प्रगतिशील पार्टी, तमलोपा सहभागी छन्।

    • प्रकाशित मितिः साउन ११, २०८२
    • 725 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.