काठमाण्डौ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ।देशका सातै प्रदेशका विभिन्न स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा भइरहेको मौसमविद्ले बताएका छन्। मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले कोसी, बागमती र गण्डकी प्रदेशका केही स्थान, लुम्बनी र कर्णाली प्रदेशका थोरै स्थान तथा मधेस र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा भइरहेको छ।
दिउँसो देशभर साधारणतया बदली रहनेछ। गण्डकी प्रदेश, बागमती प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भूभागका केही स्थानहरूमा तथा तराई भूभागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाडी भूभाग एक/दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।
राती देशभर साधारणतया बदली रहनेछ। गण्डकी प्रदेश लगायत देशका पहाडी भूभागका केही स्थानहरूमा तथा तराई भूभागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको छ।