काठमाडौं— संघीय लोकतान्त्रिक मोर्चाले बैठक आह्वान गरेको छ।

मोर्चाको बैठक सोमबार अपराह्न ४ बजे बस्ने जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले जानकारी दिए। चक्रिय प्रणालीअनुसार मोर्चाको प्रमुख अहिले उपेन्द्र यादव छन्।

बैठकमा मोर्चाको निर्धारित कार्यक्रमहरूबारे छलफल  हुनेछ।

त्यस्तै मोर्चामा कुमार लिङ्देन तथा केपी पालुङवाको पार्टीबीच सहकार्यबारे पनि छलफल भइरहेको छ। बैठकले त्यसलाई निष्कर्षमा पुर्‍याउने यादवले बताए।

मोर्चामा जसपा नेपाल, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी, राष्ट्रिय मुक्ति पार्टी, लोसपा, जनता प्रगतिशील पार्टी, तमलोपा सहभागी छन्।