समाचार

    Showing 11,731-11,740 of 19,794 items.
  • सिरहाका सीडीओ पाण्डे र एसपी लिम्बू तानिए

    काठमाडौं । गृह मन्त्रालयले सिराहा जिल्लाका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डे र प्रहरी प्रमुख (एसपी) टेकुनन्द इवा लिम्बूलाई फिर्ता बोलाएको छ ।गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारी पाण्डे र एसपी लिम्बूलाई आर्थिक विषयमा कमजोरी देखिएको भन्दै फिर्ता बोलाएको स्रोतले जनाएको छ ।गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारी पाण्डे मन्त्रालयमा र एसपी लिम्बूलाई प्रधान कार्यालय तानेको छ ।

    • प्रकाशित मितिः माघ १६, २०८०
    • 235 पटक पढिएको
  • आज सहिद दिवस

    काठमाडौँ  ।   देश र जनताको हित र अधिकारका लागि जीवन त्याग गर्नुभएका शहीदप्रति सम्मान गर्दै आज देशभर रास्ट्रीय पर्वका रुपमा शहीद दिवस मनाइँदै छ।प्रत्येक वर्ष माघ १६ गते मनाइने शहीद दिवस प्रजातन्त्र स्थापना एवं पुनःस्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहुति दिने शहीदको सम्झनामा विविध कार्यक्रम गरी मनाउने गरिएको छ। नेपाली जनतालाई सार्वभौमसत्ता सम्पन्न बनाउन इतिहासका विभिन्न काल खण्डमा निरङ्कुश र तानाशाही शासन व्यवस्थाविरुद्ध भएका क्रान्ति तथा लोकतान्त्रिक जनआन्दोलनमा आफ्नो जीवन बलिदान गर्ने वीर वीरङ्गानाहरूप्रति सम्झना गर्दै यो दिवस मनाइँदै आइएको छ।शहीद दिवसका अवसर

    • प्रकाशित मितिः माघ १६, २०८०
    • 371 पटक पढिएको
  • दरबार हत्याकाण्डको छानविन हुन्छ: प्रधानमन्त्री प्रचण्ड

    काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २०५८ सालमा भएको दरबार हत्याकाण्डको छानबिन हुने बताएका छन् ।सोमबार बाराको सिमरा विमानस्थलमा सञ्चारकर्मीसँगको कुराकानीमा प्रधानमन्त्रीले सो कुरा बताएका हुन् ।उनले संघीय लोकतान्त्रिक गणतन्त्रले सबैलाई स्वतन्त्रतापूर्वक अधिकार दिए पनि व्यवस्थाका विरूद्ध उभिने र षड्यन्त्रपूर्ण गतिविधि गर्ने अधिकार कसैलाई नभएको बताएका छन।

    • प्रकाशित मितिः माघ १६, २०८०
    • 172 पटक पढिएको
  • आजबाट सरकारी कार्यालय पाँच बजेसम्म खुल्ने

    काठमाडौँ । मङ्लबार (आज) देखि देशभरका सम्पूर्ण सरकारी कार्यालय साँझ पाँच बजेसम्म खुल्ने भएका छन् ।सरकारले २०७९ साल चैत २ गते नेपाल राजपत्रमा सूचना प्रकाशित गरी माघ १६ गतेदेखि कार्यालय समय बिहान १० देखि अपराह्न ५ बजेसम्म हुने जनाएको थियो ।सरकारले गत कात्तिक १६ गतेदेखि यही माघ १५ गतेसम्म बिहान १० देखि अपराह्न ४ बजेसम्म तोकेको थियो । वैशाख १ देखि कात्तिक १५ गतेसम्म र माघ १६ देखि चैत मसान्तसम्म कार्यालय समय साँझ ५ बजेसम्म सञ्चालन हुनेछन् ।शुक्रबारका दिन बिहान १० देखि अपराह्न ३ बजेसम्म कार्यालय खुल्ला रहने गृह मन्त्रालयले जनाएको छ । सरकारले दिउँसो १ः३० देखि २ बजेसम्म खाजा खाने समय निर्धारण गरेको छ ।

    • प्रकाशित मितिः माघ १६, २०८०
    • 189 पटक पढिएको
  • मिटरब्याज सम्बन्धी मुद्दा हेर्ने अधिकार प्रहरीले हेर्ने

    काठमाडौँ । मन्त्रिपरिषद्ले मिटरब्याज सम्बन्धी मुद्दा हेर्ने अधिकार प्रहरीलाई दिने निर्णय गरेको छ ।अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी जाँचबुझ आयोगको म्याद सकिएसँगै मन्त्रिपरिषद्ले फर्स्योट हुन बाँकी उजुरी र नयाँ उजुरीबारे अनुसन्धान गर्ने जिम्मा प्रहरीलाई दिएको हो । मन्त्रिपरिषद्को निर्णय अनुसार गृह मन्त्रालयले प्रहरीलाई मिटरब्याज सम्बन्धी मुद्दा दर्ता गरेर अनुसन्धान गर्न सर्कुलर गरेको हो ।गृह मन्त्रालयले तयार गरेको कार्यविधि मन्त्रिपरिषद्ले पास गरेसँगै प्रहरीले सो जिम्मेवारी पाएको हो । मिटरब्याज सम्बन्धी उजुरीमा प्रहरीले ‘मिलापत्र’ पनि गराउन सक्ने व्यवस्था कार्यविधिमा भएको बताइएको छ ।जिल्ला प्र

    • प्रकाशित मितिः माघ १६, २०८०
    • 188 पटक पढिएको
  • एनसेल प्रकरणको छानविन गर्न गठित समितिले बुझायो प्रतिवेदन

    काठमाडौं ।  एनसेल शेयर खरिद–विक्री प्रकरणको छानविन गर्न गठित समितिले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष प्रतिवेदन बुझाएको छ । समितिले २ महिना लामो अध्ययन र छानविनपछि प्रधानमन्त्री प्रचण्डलाई प्रतिवेदन बुझाएको हो ।उक्त समितिको संयोजक पूर्व लेखापरीक्षक टंकमणि शर्मा रहेका थिए । सदस्यहरुमा फणिन्द्र गौतम, बाबुराम भण्डारी, रितेशकुमार शाक्य र सुजनकुमार काफ्ले थिए ।एनसेलले नेपाल दूरसञ्चार प्राधिकरणलाई जानकारी नदिई र प्रक्रिया समेत पुरा नगरी ८० प्रतिशत शेयर खरिद–विक्री गरेको र उक्त खरिद–विक्री अस्वभविक भएको भन्दै सरकारले छानविन समिति बनाएको थियो ।एनसेलले ८ करोड लगानी गरेर अहिलेसम्म

    • प्रकाशित मितिः माघ १६, २०८०
    • 206 पटक पढिएको
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाण्डौ   ।   हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। अहिले बिहान पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा सफा रहेको छ। देशका तराईका अधिकांश स्थानहरुमा हुस्सु/कुहिरो  लागेको महाशाखाले जानकारी बताएको छ।दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ।राति देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। बाँकी भू–भागमा आंशिक

    • प्रकाशित मितिः माघ १६, २०८०
    • 198 पटक पढिएको
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाण्डौ   ।   हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। अहिले बिहान पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मुख्यतया सफा रहेको छ। देशका तराईका अधिकांश स्थानहरुमा हुस्सु/कुहिरो  लागेको महाशाखाले जानकारी दिएको छ।दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाको बुलेटिनमा उल्लेख छ।राति देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। बाँकी भू–

    • प्रकाशित मितिः माघ १५, २०८०
    • 187 पटक पढिएको
  • झापा गाैरादहको कुखुरा फर्ममा आगलागी हुँदा सात सय कुखुरा जले

    झापा । झापा गाैरादह ४ धरधरेका  साेमबहादुर श्रेष्ठले सञ्चालन गरेकाे कुखुरा फर्ममा आगलागी भएको छ।पानी तान्ने कलमा जडान गरिएकाे विद्दुत सर्ट भइ आगलागी हुँदा  ७ सय कुखुरा जलेर नष्ट भएका छन् । झापा गाैरादह ४ धरधरेका  साेमबहादुर श्रेष्ठले सञ्चालन गरेकाे कुखुरा फर्ममा आगलागी हुँदा क्षति भएकाे जिल्ला प्रहरी कार्यालय झापाले बताएकाे छ। आइतबार साँझ भएकाे घट्नाबाट कुखुराकाे दाना लगायत गरी अन्दाजी १० लाख मूल्य बराबरकाे क्षति भएकाे प्रहरीले बताएकाे छ । आागलागीबाट मानविय क्षति नभएकाे साथै स्थानीयवासी, प्रहरी, दमकलले आगो नियन्त्रणमा  लिएकाे प्रहरीले लिएकाे छ ।

    • प्रकाशित मितिः माघ १४, २०८०
    • 715 पटक पढिएको
  • झापाको काकडभिट्टाबाट भरतपुर हिँडेको बस पथरिमा दुर्घटना

    झापा । झापाबाट हिडेको बस पथरिमा दुर्घटना हुँदा १३ जना घाइते भएका छन्।काकडभिट्टाबाट भरतपुर हिँडेको ना. ६ ख. ४११ नम्बरको बस दुर्घटना हुँदा १३ यात्रु घाइते भएका हुन्।झापा काकडभिट्टाबाट हिडेको बस मोरङको पथरी शनिश्चरे महेन्द्र राजामार्गमा आइतबार राती करिब ८ बजे दुर्घटना भएको हो । दुर्घटनामा कुनै पनि मानवीय क्षति भएको छैन । 

    • प्रकाशित मितिः माघ १४, २०८०
    • 364 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा