समाचार

    Showing 11,311-11,320 of 19,785 items.
  • मन्त्रिपरिषद बैठकका निर्णय

    काठमाडौं । सरकारले मन्त्रिपरिषद बैठकको निर्णय सार्वजनिक गरेको छ । चैत १५ गते (बिहीबार) बसेको मन्त्रिपरिषद्को बैठकले विभिन्न ५ निर्णय गरेको हो ।सरकारले वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन राष्ट्रपतिलाई पेस गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद् बैठकले प्रतिवेदन स्वीकृत गरी राष्ट्रपतिसमक्ष पेस गर्ने निर्णय गरेको हो । यस्तै चैते धानको समर्थन मूल्य पनि तोकिएको छ ।मन्त्रिपरिषद्को  यस्ता छन् निर्णय :-नेपालको संविधानको धारा ५३ एवं सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४१ बमोजिम तयार गरिएको नेपाल सरकारको आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदनलाई स्वीकृत गरी राष्ट्रपतिसमक्ष पेश गर्ने ।आर्थ

    • प्रकाशित मितिः चैत १५, २०८०
    • 281 पटक पढिएको
  • बसले मोटरसाइकललाई ठक्कर दिँदा आमाको मृत्यु छोरा घाइते

    मोरङ । पूर्वपश्चिम लोकमार्गअन्तर्गत मोरङको कानेपोखरीमा यात्रुवाहक बसले बिहीबार बिहान मोटरसाइकललाई ठक्कर दिँदा एकजना महिलाको मृत्युु भएको छ । दुर्घटनामा एकजना युवक घाइते भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको मे १ ख ३३७२ नम्बरको बसले पूर्वतर्फ जाँदै गरेको प्रदेश १-०२-०४८ प ७२४६ नम्बरको मोटरसाइकललाई बिहान ८ बजेतिर कानेपोखरी गाउँपालिका ७ मा ठक्कर दिँदा दुर्घटना भएको हो ।मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्कीका अनुसार दुर्घटनामा मोटरसाइकलको पछाडि सवार सुनसरीको इटहरी उपमहानगरपालिका ८ की ४४ वर्षीया मञ्जु कटुवालको मृत्यु भएको छ । दुर्घटनामा परेर गम्भीर घाइते भएकी मञ्जु

    • प्रकाशित मितिः चैत १५, २०८०
    • 311 पटक पढिएको
  • प्रतिकूल मौसमले हवाई उडान प्रभावित

    काठमाडौँ । प्रतिकूल मौसमका कारण मुलुकको हवाई उडान सामान्य प्रभावित भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार ‘भिजिबिलिटी’ कमजोर हुँदा आन्तरिक र अन्तर्राष्ट्रिय दुवैतर्फको उडान प्रभावित भएको हो ।एयर चाइनाको जहाज ‘डाइभर्ट’ भएको छ भने अन्य जहाज आकाशमा फन्को लगाउने (होल्ड) भएका छन् । अहिले पनि सिचुवना एयरलाइन्सको जहाज होल्डमा रहेको छ । “प्रतिकूल मौसमले विमानस्थलको भिजिबिलिटी कमजोर रहेको छ । एक घण्टा अगाडि एक हजार छ सय मिटरमात्रै भिजिबिलिटी रहेकामा अहिले दुई हजार पाँच सय रहेको छ ।“होल्डमा रहेका अन्तर्राष्ट्रिय उडानका जहाज अवतरण हुन थालेका छन्”, प्रवक्ता  सुवास झाले भन

    • प्रकाशित मितिः चैत १५, २०८०
    • 276 पटक पढिएको
  • श्री एयरको जहाज अढाई घण्टा आकाशमा सम्पर्क बिहीन

    काठमाण्डौ । धनगढीबाट काठमाण्डौंका लागि उडेको श्री एयर लाईन्सको जहाज २ घण्टा २२ मिनेट आकाशमा उडेपछि भैरहवामा आपतकालीन अवतरण गरिएको छ । बिहान ७ :१२ बजे धनगढीबाट उडेको श्री एयरको जहाज मौसम खराव भएका कारण काठमाण्डौंमा अवतरण गर्न सकेन।आकाशमा अढाई घण्टासम्म उडेको श्री एयरको जहाज काठमाण्डौंमा अवतरण गर्न नसकेपछि फर्केर ९ : ३४ भैरहवामा आपतकालीन अवतरण गरेको हो। ८० सिट क्षमताको जहाजमा दुई बच्चा सहित ७७ जना यात्रु सवार थिए ।श्री एयरका धनगढी ईञ्चार्ज गजेन्द्र शाहीले काठमाण्डौंको आकाश खुलेपछि धनगढीबाट जहाज उडेको बताए। तर काठमाण्डौंमा जहाज अवतरण गर्ने क्रममा मौसम बिग्रिएपछि जहाज काठमाण्डौंको आकाशमा होल्ड गरे

    • प्रकाशित मितिः चैत १५, २०८०
    • 331 पटक पढिएको
  • बस र माइक्रो ठोक्किदा ८ जना घाइते

    काठमाण्डौ  ।  भरतपुरको रामनगरमा बसलाइ माइक्रोले ठक्कर दिँदा ८ जना घाइते भएका छन। प्रहरीले जनाए अनुसार आज बिहिबार बिहान ५ बजेको समयमा चितवन भरतपुरको रामनगरमा रहेको नेपाल प्रहरी राजमार्ज सुरक्षा तथा ट्राफिक ब्यबस्थापन कार्यालय अगाडी चेकिङ भइरहेको अबस्थामा उक्त दुर्घटना भएको हो।चेकजाँचको लागी रोकिराखेको झापाबाट काठमाडौ तर्फ जाँदै गरेको बागमती प्रदेश ०१-००६ ख ४८८८ नं. को यात्रु बसको पडाडी सोहि दिशा तर्फ जाँदै गरेको ग २ ख २२५ नं. को हायस अनियन्त्रित भई ठक्कर खाइ नजिकै रहेको मोटरसाइकल ग्यारेजमा समेत ठक्कर खाँदा हायसमा सवार ८ जना घाइते भएका हुन। निजहरुको नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भइरह

    • प्रकाशित मितिः चैत १५, २०८०
    • 401 पटक पढिएको
  • एकैपटक सशस्त्र प्रहरीका २१५६ जवानको सरुवा, को–कहाँ पुगे ?

    काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालले एकैपटक २ हजार १५६ जवानको सरुवा गरेको छ ।सशस्त्र प्रहरी बलको प्रधान कार्यालयले प्रशासनिक दृष्टिकोण तथा आवश्यकता अनुसार सरुवा बुधबार उनीहरुको सरुवा गरेको हो ।सशस्त्र प्रहरी सेवा, साधारण समूह साधारण उपसमूहतर्फ जवानहरुलाई चैत्र महिनादेखि सरुवा भएको दरबन्दीबाट तलब, भत्ता तथा राशन समेत पाउने गरी सरुवा गरिएको छ ।हेर्नुहोस् सूची ; को–कहाँ पुगे ?

    • प्रकाशित मितिः चैत १५, २०८०
    • 464 पटक पढिएको
  • नेपाल प्रहरीका ८ डीएसपी एसपीमा बढुवा सिफारिस

    काठमाडौं । नेपाल प्रहरीका ८ जना प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रहरी उपरीक्षक (एसपी) मा बढुवा सिफारिस भएका छन् ।बुधबार बसेको बढुवा समितिको बैठकले ८ जना डीएसपीलाई एसपीमा बढुवा गर्न सिफारिस गरेको हो।प्रहरी प्रधान कार्यालयका अनुसार डीएसपीहरु ढेकेन्द्र खतिवडा, अंगुर जिसी, यादव ढकाल, सन्तोष तामाङ, निरन्जन दत्त भट्ट, श्यामबाबु ओलिया, राजन लिम्बू र विनोद घिमिरेलाई एसपीमा बढुवाको लागि सिफारिस गरिएको छ । 

    • प्रकाशित मितिः चैत १५, २०८०
    • 560 पटक पढिएको
  • कालोसूचीमा थप २३ कम्पनी

    काठमाण्डौ  ।  सार्वजनिक खरिद अनुगमन कार्यालयले २३ वटा कम्पनीलाई कालोसूचीमा राखेको छ । तोकिएको समयमा र कानुन अनुसार काम नगरेको भन्दै २३ वटा कम्पनीलाई कालोसूचीमा राखिएको हो ।उक्त कम्पनीलाई तीन वर्षदेखि एक वर्षसम्म कालोसूचीमा राखिएको सार्वजनिक सूचनामा उल्लेख छ ।कालोसूचीमा राखिएका व्यवसायी आपूर्तिकर्ताहरूले कालो सूचीमा राखिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउने छैनन् ।

    • प्रकाशित मितिः चैत १५, २०८०
    • 215 पटक पढिएको
  • विद्यालयमा भर्ना प्रक्रिया पारदर्शी हुनुपर्छ: शिक्षामन्त्री श्रेष्ठ

    काठमाडौँ ।  शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले सेन्ट जेभियर्स, सेन्ट मेरिज र बूढानीलकण्ठ विद्यालयका प्राचार्यलाई नयाँ शैक्षिकसत्रको भर्ना प्रक्रिया पारदर्शी र विश्वसनीय बनाउन आग्रह गरिन । उनले भनसुन र पहुँचका आधारमा नभई विद्यालयले निर्धारण गरेको विधि र प्रक्रियालाई थप विश्वासिलो बनाएर योग्यताका आधारमा विद्यार्थी लिन आग्रह गरिन । ती विद्यालयका प्राचार्यहरुसंग आज  मन्त्रालयमा  भएको बैठकमा  मन्त्री श्रेष्ठले भनिन “ती विद्यालयले भर्नाका लागि आवेदन आह्वान गरेपछि धेरैले तपाईंहरुको त कोटा हुन्छ, भनिदिनु पर्यो भनेर दबाब दिएको छ । उनिहरुको भनाइअनुसार मन्त्री, सच

    • प्रकाशित मितिः चैत १५, २०८०
    • 323 पटक पढिएको
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाण्डौ  ।  जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। अहिले बिहान देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागको थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ ।दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली रहने छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा तथा देशको बाँकी भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्क

    • प्रकाशित मितिः चैत १५, २०८०
    • 309 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा