समाचार

    Showing 11,271-11,280 of 23,643 items.
  • गृहमन्त्री रमेश लेखक प्रकरणः काङ्ग्रेसभित्रबाट नै कोहीले राजीनामा मागे, कोही बचाउ गर्न लागे

     काठमाडौं— काङ्ग्रेसभित्रैबाट गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने आवाज उठिरहेका बेला नेता कृष्णप्रसाद सिटौलाले भने बचाउ गरेका छन् । सिटौलाले कुनै एक जना कर्मचारीले गरेको गल्तीलाई आधार बनाउँदै गृहमन्त्रीको राजीनामा माग्नु गलत भएको टिप्पणी समेत गरेका छन् ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयबाट सेटिङमा भिजिट भिसामा विदेश जानेलाई पठाउने गरिएको र मोटो रकम घुस लिने गरिएको सार्वजनिक भएपछि गृहमन्त्री लेखक यो प्रकरणमा मुछिएका छन् ।सिटौलाले कर्मचारीले गरेको गलत क्रियाकलापलाई आधार बनाएर मन्त्रीको राजीनामा माग्ने कार्यले गलत नजिर बस्नेसमेत बताए । यसअघि शनिबार विराटनगरमा नै काङ्

    • प्रकाशित मितिः जेठ ११, २०८२
    • 300 पटक पढिएको
  • स्याउ बगैँमाचामा असिनापानीले क्षति गर्यो

    जुम्ला— असिनासहितको वर्षाले जुम्लाका स्याउ बगैँचामा क्षति पुर्याएको छ । तिला गाउँपालिका–९ मा शुक्रबार साँझ परेको असिनाले बगैँचामा क्षति पुर्याएको हो ।  विशेष गरेर राँस, मालपानी खोप्री, ढिपु गाउँका गहुँ, जौ, आलु, सिमीलगायत बालीनाली स्याउ, ओखरमा असिना पानीले क्षति गरेको वडाध्यक्ष धनबहादुर रावतले जानकारी दिए । झण्डै आधा फिट असिना परेको थियो ।वडाध्यक्ष रावतले भने, “पाकेको बाली खेतबारीमै झारेको छ । सिमी, आलु, मकै, फापरलगायतको बाली नष्ट पारेको छ । स्थानीय सरकारदेखि प्रशासनलाई राहतका लागि पहल भइरहेको छ ।” असिनाले राँसाका ११० र मालापानी गाउँका ६८ घरघुरी प्रभावित बनेको वडाध्यक्ष रावतको भनाइ छ

    • प्रकाशित मितिः जेठ ११, २०८२
    • 219 पटक पढिएको
  • मादी नदीको पुलबाट जिप खस्दा ३ जनाको मृत्यु

    दमौली । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका-३ र ४ जोड्ने मादी नदी पुलबाट जिप खस्दा ३ जनाको मृत्यु भएको छ।दमौलीबाट चापाघाटतर्फ जाँदै गरेको ग२च ५७६० नम्बरको जिप पुलको रेलिङ भत्काएर मादी नदीमा खसेको थियो। दुर्घटनामा अन्य २ जना घाइते भएका छन्।घाइतेहरूको दमौली अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजु अधिकारीले जानकारी दिए। जिपमा ५ जना सवार थिए।मृत्यु हुनेमा व्यास-५ का ३५ वर्षीय प्रविन थापामगर, सोही ठाउँका २२ वर्षीय कुमार थापा र २० वर्षीय कुशल थापा रहेका प्रहरीले जनाएको छ। घाइतेमध्ये १ जना गम्भीर रहेकाले थप उपचारका लागि पोखरा पठाउने तयारी गरिएको छ भने चाल

    • प्रकाशित मितिः जेठ ११, २०८२
    • 313 पटक पढिएको
  • एमालेले बोलायो सचिवालय बैठक

    काठमाण्डौ  ।  नेकपा एमालेले आइतबार दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने गरी सचिवालय बैठक बोलाएको छ। एमालेका अनुसार आज बस्ने सचिवालय बैठकमा आर्थिक वर्ष २०८१०८२ को बजेटबारे छलफल हुनेछ। त्यस्तै पार्टीको सांगठनिक गतिविधि, सरकारको कामको समीक्षा र मूल्यांकन हुने जानकारी दिएको छ।बैठकमा राजसंस्था समर्थकहरूले १५ गतेदेखि गर्ने भनिएको आन्दोलनबारे पनि छलफल हुने एमालेले जनाएको छ।

    • प्रकाशित मितिः जेठ ११, २०८२
    • 250 पटक पढिएको
  • यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

    काठमाण्डौ  ।  नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ०५ पैसा र बिक्रीदर १३६ रुपैयाँ ६५ पैसा कायम भएको छ ।युरोपियन युरो एकको खरिददर १५४ रुपैयाँ ५१ पैसा र बिक्रीदर १५५ रुपैयाँ १९ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८३ रुपैयाँ ६७ पैसा र बिक्रीदर १८४ रुपैयाँ ४८ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १६४ रुपैयाँ ८५ पैसा र बिक्रीदर १६५ रुपैयाँ ५८ पैसा कायम गरिएको छ ।अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ९४ पैसा र बिक्रीदर ८८ रुपैयाँ ३३ पैसा, क्यानेडियन डलर एकको खरिददर ९८ रुपैयाँ ५० पैसा र बिक्रीदर

    • प्रकाशित मितिः जेठ ११, २०८२
    • 191 पटक पढिएको
  • कस्तो रहनेछ आजको मौसम

    काठमाण्डौ  ।  मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी वायु र स्थानीय वायुको प्रभाव तथा बंगालको खाडी र अरब सागरबाट आइरहेको जलवाष्पयुक्त हावाको आंशिक प्रभावले देशमा मौसम बदली र वर्षा हुने क्रम जारी छ। दिउँसो दिउँसो कोशी प्रदेश, मधेश प्रदेश र बागमती प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मूख्यतया सफा देखि आंशिक बदली रहनेछ । कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागका थोरै स्थानहरूमा र बाँकी भू-भागका केहि स्थानमा मेघगर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। देशको उच्च-पहाडी त

    • प्रकाशित मितिः जेठ ११, २०८२
    • 266 पटक पढिएको
  • प्रचण्डले प्रधानमन्त्री ओलीलाई मानसिक अस्पतालमा जचाउन सल्लाह दिए

    पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई मानसिक अस्पतालमा जचाउन सल्लाह दिएका छन्।  आफू राजावादीसँग मिल्ने योजनामा भएको भन्ने गलत अव्यिक्ति दिएको भन्दै प्रधानमन्त्री ओलीलाई मानसिक अस्पतालमा जचाउन सल्लाह दिएका हुन्।

    • प्रकाशित मितिः जेठ १०, २०८२
    • 187 पटक पढिएको
  • रास्वपाले माग्यो गृहमन्त्रीको राजीनामा

    काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले गृहमन्त्री रमेश लेखकको राजीनामाको माग गरेको छ। शनिबार जारी एक विज्ञप्तिमा रास्वपाले हालै 'भिजिट भिसा' को नाममा भइरहेको मानव तस्करी प्रकरणमा गृहमन्त्री र उनका सचिवालयको संलग्नता सार्वजनिक भएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै तत्काल राजीनामा दिन गृहमन्त्रीलाई आग्रह गरेको हो।शनिबार भर्चुअल रुपमा बसेको पार्टीको केन्द्रीय समितिको आकस्मिक बैठकले भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखकले पदबाट राजीनामा दिएर निष्पक्ष अनुसन्धानलाई सघाउन माग गरेको कार्यबाहक प्रवक्ता मनीष झाले जानकारी गराएका छन् ।‘विगतमा सांसद रमेश लेखकले नै सदनमा, “प्रश्न उठेपछि राजीन

    • प्रकाशित मितिः जेठ १०, २०८२
    • 225 पटक पढिएको
  • नेतृत्वको कुनै संलग्नता छैन, छानविनमा पूर्ण सहयोग रहन्छ: गृह मन्त्री लेखक

    काठमाडौं । गृह मन्त्रालयले अध्यागमन कार्यालयको घटनासँग मन्त्रालयको नेतृत्वलाई जोडेर विभिन्न पत्रपत्रिका तथा सामाजिक सञ्जालमा आएका समाचार एवम् क्रियाप्रतिक्रिया प्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।गृह मन्त्रालयले आज एक प्रेस विज्ञप्ति कुनै पनि गैरकानुनी वा भ्रष्टाचारजन्य कार्यमा मन्त्रालय र नेतृत्वको कुनै प्रकारको संलग्नता नरहेको दाबी गरेको छ । गृह मन्त्रालयका सहसचिव छवि रिजालद्वारा जारी विज्ञप्तिमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयको घटनासँग मन्त्रालयको नेतृत्वलाई जोडेर समाचार प्रकाशित भएको भन्दै गम्भीर ध्यानाकर्षण भएको बताइएको छ ।त्रिभुवन अन्तर्राष्ट्रिय विम

    • प्रकाशित मितिः जेठ १०, २०८२
    • 255 पटक पढिएको
  • सर्लाहीमा सवारी दुर्घटनामा एक युवकको मृत्यु

    सर्लाही  ।   सर्लाही जिल्लाको बागमती नगरपालिका–१, पानीट्याङ्की चोक नजिकै पूर्व–पश्चिम राजमार्गमा आज बिहान भएको सवारी दुर्घटनामा एक युवकको ज्यान गएको छ भने अर्का एकजना गम्भीर घाइते भएका छन् । दुर्घटना बिहान करिब ८ बजेतिर पूर्वतर्फ जाँदै गरेको बालुवा लोड टिपरले विपरीत दिशाबाट आइरहेको मोटरसाइकललाई ठक्कर दिँदा भएको हो ।मोटरसाइकलमा सवार दुई जना गम्भीर घाइते भएका थिए । दुर्घटनापछि घाइतेहरूलाई तत्काल हरिवनस्थित नमुना अस्पतालमा लगिएको थियो । प्रारम्भिक उपचारपछि दुवैलाई थप उपचारका लागि बारास्थित एलएस न्युरो अस्पताल पठाइएको थियो । अस्पतालमा उपचारका क्रममा सर्लाही बागमती नगरपालिका–६ निवासी

    • प्रकाशित मितिः जेठ १०, २०८२
    • 226 पटक पढिएको

सुचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४ / ९८५११६७५५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.