समाचार

    Showing 11,271-11,280 of 19,779 items.
  • पेट्रोलको मूल्य लिटरमै ४ रुपैयाँले बढ्यो

    काठमाडौँ  । नेपाल आयल निगमको आइतबार बसेकाे निगम व्यवस्थापन बैठकले पेट्रोलको मूल्य लिटरमै ४ रुपैयाँले बृद्धि गरेको छ । अन्य पेट्राेलियम पदार्थको मूल्य भने यथावत रहेको छ ।निगमले आइतबार एक विज्ञप्ति जारी गरी पेट्रोल लिटरमा ४ रुपैयाँ बढाएको जानकारी दिएको छ। भारतीय आयल कर्पोरेसन (आइओसी)ले पठाएको मूल्यसूची अनुसार निगमले नयाँ भाउ तोकेको हो। निगमका अनुसार आइओसीले पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ ७६ पैसा बढाएर पठाएको छ। डिजेल, मट्टितेल र खाना पकाउने ग्यासको भाउ भने घटाएर पठाएको छ। डिजेल र मट्टीतेलमा ३९ पैसा र खाना पकाउने ग्यासमा प्रतिसिलिन्डर २७ रुपैयाँ ४४ पैसा घटाएर नयाँ मूल्य सूची पठाएको

    • प्रकाशित मितिः चैत १८, २०८०
    • 159 पटक पढिएको
  • प्रहरीले लागुऔषध कारोबारीलाई समाउन पाँच राउण्ड गोली प्रहार

    चपुर  ।   सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकामा प्रहरीले लागुऔषध कारोबारीलाई समाउन पाँच राउण्ड गोली प्रहार गरेको छ।शनिबार साँझ ६ बजेर ४५ मिनेटमा लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिने क्रममा प्रहरी चाँैकी क्यानेश्वर र ईलाका प्रहरी कार्यालय कपिलाकोटको ११ जनाको संयुक्त टोलीले पाँच राउण्ड गोली प्रहार गरेको प्रहरीले जनाएको छ । जिल्लाको हरिहरपुरगढी गाउँपालिका वडा नम्बर ७ स्थित भुताहा शिरमा लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिन पाँच राउण्ड गोली प्रहार गरेपनि मानविय क्षति नभएको सिन्धुली प्रहरीले बताएको छ । विशेष सुचनाको आधारमा प्रहरी गस्ती टोलीले पुर्वबाट पश्चिम तर्फ ४÷५ जना व्यक्तिहरुले बोर

    • प्रकाशित मितिः चैत १८, २०८०
    • 229 पटक पढिएको
  • मोटरसाईकल दुर्घटना हुँदा १ जनाको मृत्यु

    झापा  ।  झापाको कन्काई नगरपालिका- ८ बिरिङपुल स्थितमा मोटरसाईकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । हिजो दिउँसो साढे ४ बजे लक्ष्मिपुरबाट सुरुङ्गातर्फ जादै गरेको प्रदेश-१-०१-०१२प ५७७० नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाईकल चालक मेचिनगर- ९ का ३८ बर्षीय गोपाल महत, मोटरसाईकलमा पछाडी सवार कमल गाँउपालिका- ३ की २७ बर्षीया पुर्णिमा भण्डारी निजको छोराहरु ८ बर्षीय प्रशान्त भण्डारी र ८ महिनाको प्रशान भण्डारी घाईते भएका थिए । दुर्घटनामा परी घाईते भएका ८ बर्षीय प्रशान्त भण्डारीको बिएण्डसि अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो भने घाईते अन्यहरुको सोहि अस्प

    • प्रकाशित मितिः चैत १८, २०८०
    • 159 पटक पढिएको
  • कारागारभित्र एक कैदीबन्दीको मृत्यु

    मोरङ  ।   सुनसरीको झुम्का कारागारभित्र ४२ वर्षीय न्यायधीश राईको मृत्यु भएको छ।पत्नी हत्याको आरोपमा कर्तव्य ज्यान मुद्दामा कैद भुक्तान गरिरहेका खोटाङका साकला गाउँपालिका घर भई हाल इटहरी उपमहानगरपालिका–४ मा डेरा गरी बस्दै आएका राईको शनिबार करागारभित्रै मृत्यु भएको हो।कारागारभित्रै कुटेर हत्या गरेको राईका आफन्तले आरोप लगाएका छन्। कारागारमा भाईको हत्या भएको दाबी गर्दै घटनाको छानबिन गर्नुपर्ने मृत्तकका दाई सुभाष राईले माग गरेका छन। न्यायधीशको शरीरभरि निलडाम रहेको, कान सुनिएको र चोट देखिएकाले कारागारभित्रै कुटेर हत्या गरेको मृतककी भाउजु उर्मिला राईले दाबी गरेकि छिन। कैदीबन्दी राईक

    • प्रकाशित मितिः चैत १८, २०८०
    • 321 पटक पढिएको
  • आगामी निर्वाचनमा विदेशमा रहने नेपालीले मतदान गर्न पाउँछन्:-प्रधानमन्त्री प्रचण्ड

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचन भित्र विदेशमा रहने नेपालीले मतदान गर्न पाउने बताएका छन् ।गएराति संसारभरिका माओवादी प्रवास कमिटीका कार्यकर्ताहरूलाई भर्चुअल रूपमा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् । उनले प्रवासमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न विदेश स्थित नेपाली दूतावास मार्फत तदारुकताका साथ तयारीको कार्य भइरहेको बताए ।गैरआवासीय नेपाली सङ्घमा देखिएको समस्या आगामी वैशाख २ गते अदालतको फैसलापछि निर्णय गरिने उनको भनाई छ ।

    • प्रकाशित मितिः चैत १८, २०८०
    • 318 पटक पढिएको
  • संवैधानिक परिषदको बैठक बस्दै

    काठमाडौं । आज संवैधानिक परिषद्को बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहान ९ बजे बैठक बस्न लागेको हो ।बैठकमा रिक्त रहेका संवैधानिक पदमा नियुक्तिबारे छलफल हुनेछ । अहिले महालेखा परीक्षकसहित विभिन्न संवैधानिक निकायमा पद रिक्त रहेको अवस्था छ ।नियुक्तिकै विषयमा प्रधानमन्त्री प्रचण्डले शनिबार विपक्षी दलका नेता शेरबहादुर देउवा र सत्ता साझेदार दलका नेता एमाले अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेका थिए । उक्त छलफल सकारात्मक बनेको बताइएको थियो ।प्रधानमन्त्रीको नेतृत्वमा हुने संवैधानिक परिषद्मा प्रमुख विपक्षी दलको नेता, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रिय सभाका अध्यक्ष र उपसभामुख सदस्य रहने व्यवस्

    • प्रकाशित मितिः चैत १८, २०८०
    • 220 पटक पढिएको
  • चट्याङ लागेर बालिकाको मृत्यु

    काठमाण्डौ  । भैरवी गाउँपालिका–७ पानिपोखरीमा शनिबार दिउँसो चट्याङ लागेर १२ वर्षीया शर्मिला कँडेलको मृत्यु भएको छ ।चट्याङ लागेर गम्भीर घाइते उनलाई उपचारका लागि सुर्खेत लैजाँदै गर्दा उनको बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखका निमित्त प्रहरी प्रमुख दीपक मगराठीले बताए ।चट्याङ लागेर एउटा खसीसमेत मरेको जनाइएको छ । दैलेखमा शनिबार दिउँसो ५ बजेतिर हावाहुरीसहित पानी परेको थियो।

    • प्रकाशित मितिः चैत १८, २०८०
    • 226 पटक पढिएको
  • आज प्रतिनिधिसभाको बैठक बस्दै

    काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे बस्न लागेको हो । बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट कार्यभार तोकिएको सम्बन्धी पत्रको व्यहोरा र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी  पत्रको व्यहोरा पढेर सुनाउनेछन् ।ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आईएसए)को स्थापनासँग सम्बन्धित सम्झौतामाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचीमा उल्लेख छ ।अर्थमन्त्री वर्षमान पुनले बैंक तथा वित्तीय संस्थासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८० लाई प्रस्तुत गर्न अनुमति मा

    • प्रकाशित मितिः चैत १८, २०८०
    • 250 पटक पढिएको
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाडौं । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु तथा मध्यप्रदेश साथै ओडिसा आसपासमा रहेको चक्रिय परिसंचरनको पनि प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर आंशिक बदली देखि मौसम मुख्यतया सफा रहेको छ।दिउँसो देशको पहाडी भूभागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मुख्यतयाः सफा रहने छ। देशको पहाडी भूभागका एक दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।राती भने देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने

    • प्रकाशित मितिः चैत १८, २०८०
    • 247 पटक पढिएको
  • राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी उपनिर्वाचनका लागि इलाम-२ मा मिलन लिम्बुलाइ उम्मेदवारी घोषणा

    काठमाडौँ । आगामी वैशाख १५ गते इलाम-२ मा हुन लागेको प्रतिनिधि सभाको उपनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टीले उम्मेदवारी घोषणा गरेको छ । पार्टीका सभापति रवि लामिछाने सहितका पार्टीका नेताहरू इलाम पुगेर उम्मेदवार सार्वजनिक गरेका हुन । इलामको चोक बजार लाँकुरी चौतारामा एक कार्यक्रम गरी पत्रकारसमेत रहेका मिलन लिम्बुको उम्मेदवारी सार्वजनिक गरिएको हो । उम्मेदवारी सार्वजनिक कार्यक्रममा युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठ, ललितपुर-३ की सांसद तोशिमा कार्की लगायतका वक्ताहरूले सम्बोधन गरिरहेका छन् ।उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले स्वर्गीय नेता सुवास नेम्वाङको विरासत बोक्न इलामको माटो

    • प्रकाशित मितिः चैत १७, २०८०
    • 322 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा