झापा— चार महिनापछि कारागार मुक्त भएका बीएण्डसी अस्पतालका संचालक दुर्गा प्रसाईंलाई बिर्तामोडमा स्वागत सम्मान गरिने भएको छ ।

आगामी भदौ १५ गते बिर्तामोडमा कार्यक्रम आयोजना गरी स्वागत सम्मान गरिने भएको हो । विभिन्न ठाउँहरुमा स्वागत सम्मान गर्ने क्रममा भदौ १५ गते बिर्तामोडमा स्वागत सम्मान कार्यक्रम राखिएको राष्ट्र राष्ट्रियता धर्म संस्कार संस्कृति नागरिक बचाउ अभियानका केन्द्रीय प्रवक्ता माधव कल्पितले बताए ।

साउन १९ गते धरौटी तिरेर कारागार मुक्त भएका प्रसाईले नयाँ तरिकाबाट राजनीति गर्न भेटघाट कार्यक्रमलाई तीब्रता दिएका छन् ।