झापा— झापाको दमकमा कपडा लोड भएको ट्रकमा अचानक आगलागी भएको छ । गएराति १२ः४५ बजे दमक । ३ बेलडाँगी बस्ने २७ वर्षीय महेन्द्र तामाङले आफ्नै घर अगाडी सडकछेउमा पार्किङ गरी राखेको रेडिमेट कपडा लोड भएको ना ७ ख ८६९१ नम्बरको मिनी ट्रकमा अचानक आगलागी भएको हो । प्रहरी चौकी बाघखोर र भुटानी शरणार्थी सुरक्षा बेस बेलडाँगीबाट खटिएको टोली, स्थानीयबासी, दमक नगरपालिकाको दमकलको सहयोगमा उक्त आगो राति १ः४० बजे नियन्त्रणमा लिएका थिए ।

उक्त आगलागीबाट ७–८ जना ब्यापारीहरुको कपडा पूर्णरुपमा जल्दा अन्दाजी ३० लाख र ट्रक आंशिक रुपमा जल्दा ६ लाखसमेत गरी जम्मा ३६ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।