समाचार

    Showing 11,211-11,220 of 25,723 items.
  • बागमती प्रदेश सभाको नवनिर्मित भवनको समुद्घाटन

    हेटौंडा – बागमती प्रदेश सभाको नवनिर्मित नयाँ भवनको समुद्घाटन गरिएको छ।मंगलबार अपरान्ह एक समारोहका बीच सभामुख भुवन कुमार पाठकले नवनिर्मित सभा भवनको समुद्घाटन गरेका हुन्। करिब ५ वर्षको अवधि लगाएर निर्माण गरिएको प्रदेशसभाको अस्थायी प्रि–फ्याब भवनको मंगलबार उद्घाटनसँगै औपचारिक रुपमा सञ्चालनमा आएको छ । २०७७ साल मंसिर १० गते शिलान्यास गरिएको २५० जना अट्ने उक्त सभा हल ईपीएस स्यान्डबीच प्रविधिबाट निर्माण हुने गरी सहरी विकास तथा भवन कार्यालय हेटौंडाले २०७७ कात्तिकमा ठेक्का आह्वान गरेको थियो। प्रदेशसभा भवन १२ करोड २९ लाख लागतमा तयार भएको हो । उक्त भवन तयार नहुँदा क्षेत्रीय शिक्षा निर्देशन

    • प्रकाशित मितिः साउन २८, २०८२
    • 378 पटक पढिएको
  • बाढिपहिरोको उच्च जोखिममा ओलेना बस्ती, स्थानान्तरणको पर्खाइमा स्थानीय

    बाजुरा – बाजुराको बडिमालिका नगरपालिका ४ मा रहेको ओलेना बस्ती बाढी पहिरोको उच्च जोखिममा रहेको छ । बुढिगंगा नदीको कटानले बस्ती उच्च जोखिममा परेको हो ।वर्षायाम सुरु भए लगत्तै बाढी र पहिरोको त्रासमा यहाँका स्थानीय रात कटाउन बाध्य रहेका छन् । बाढिपहिरोबाट यहाँका करिब दुई दर्जन परिवार विस्थापित हुने अवस्थामा छन् । बस्ती स्थानान्तरणको पर्खाइमा रहेका यहाँका स्थानीयको आशा अधुरै रहेको छ । बर्षाैदेखि बस्ती बाढि पहिरोको उच्च जोखिममा रहेको भए पनि स्थानान्तरण भने हुन सकेको छैन् । ओलेना बस्ती एक उदाहरण मात्रै हो । बाजुराका कयौं घर बस्ती बाढिपहिरोको जोखिममा छन् । बाजुराका करिब १३५ बढि गाउँ बस्ती उच्च जोख

    • प्रकाशित मितिः साउन २८, २०८२
    • 611 पटक पढिएको
  • भारतलाई एक हजार मेगावाट बिजुली निर्यात, ८० अर्ब आम्दानी हुने प्रधानमन्त्री ओलीको दाबी

    काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले भारतलाई एक हजार मेगावाट विद्युत् निर्यात गर्न लागेको घोषणा गरेका छन्।उनका अनुसार उक्त विद्युत् निर्यातबाट नेपालले करिब ८० अर्ब २७ करोड रुपैयाँ आम्दानी गर्ने अनुमान गरिएको छ। प्रधानमन्त्री ओलीले भने, “हामी भारतलाई एक हजार मेगावाट बिजुली निर्यात गर्दैछौं। यसबाट नेपालले ८० अर्ब २७ करोड रुपैयाँ आम्दानी गर्नेछ।”

    • प्रकाशित मितिः साउन २८, २०८२
    • 666 पटक पढिएको
  • छुसाङ खण्डमा पहिरो, जोमसोम–कोरला सडक पूर्णरूपमा अवरुद्ध

    काठमाडौं — जोमसोम–कोरला सडकअन्तर्गत वारागुङ–मुक्तिक्षेत्र छुसाङ खण्ड लेदोसहितको पहिरो खसेपछि आज बिहानदेखि पूर्णरूपमा अवरुद्ध भएको छ ।जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विकास क्षेत्रीका अनुसार सडक विभागसँगको समन्वयमा पहिरो पन्छाउन प्रहरी टोली परिचालन भएको छ ।

    • प्रकाशित मितिः साउन २८, २०८२
    • 606 पटक पढिएको
  • त्रुटि स्वीकार्दै खतिवडाले दिए राजीनामा, जिम्मेवार को?

    काठमाडौं – संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले पदबाट राजीनामा दिएका छन्। मंगलबारको प्रतिनिधिसभा बैठकमा उनले रोस्ट्रमबाट राजीनामाको घोषणा गर्दै निष्ठाका आधारमा निर्णय लिएको दाबी गरे।खतिवडा निजामती सेवा विधेयकमा गरिएको विवादास्पद संशोधन — दुई वर्षे 'कुलिङ पिरियड' हटाउने निर्णय — का कारण आलोचनामा परेका थिए। सो विषयमा गठित संसदीय छानबिन समितिले उनलाई ‘नैतिक रूपमा जिम्मेवार’ ठहर गरेपछि उनले सभामुख देवराज घिमिरे र पार्टी प्रमुख सचेतक श्यामकुमार घिमिरेसँग छलफल गरेर राजीनामाको निर्णय लिएको जनाएका छन्।राजीनामा घोषणा गर्दै खतिवडाले विधेयकमा त्रुटि भएको दिनमै स

    • प्रकाशित मितिः साउन २८, २०८२
    • 771 पटक पढिएको
  • बान्टमवेट च्याम्पियन ढाँटलाई सरकारले पाँच लाख रुपैयाँ नगद पुरस्कार दिने

    काठमाडौं – म्याट्रिक्स फाइट नाइट १७ (एमएफएन १७) बान्टमवेट च्याम्पियन बनेका बझाङका रवीन्द्र ढाँटलाई सरकारले प्रोत्साहनस्वरुप पाँच लाख रुपैयाँ नगद पुरस्कारको घोषणा गरेको छ ।सोमबार बसेको मन्त्रिपरिषद् बैठकले भारतीय प्रतिद्वन्द्वीलाई हराउँदै बान्टमवेट च्याम्पियन बनेका ढाँटलाई प्रोत्साहनस्वरुप पाँच लाख रुपैयाँ प्रदान गर्ने निर्णय गरेको हो ।प्रधानमन्त्री केपी शर्मा ओलीले आज सामाजिक सञ्जाल फेसबुकबाट ढाँटका प्रशिक्षकलाई दुई लाख रुपैयाँ प्रदान गरिने निर्णय समेत गरिएको जानकारी दिएका छन् । उनले पहिलो पटक नेपाललाई उपाधि दिलाउन सफल भएकोमा ढाँटलार्ई बधाई समेत दिएका छन् । 

    • प्रकाशित मितिः साउन २८, २०८२
    • 607 पटक पढिएको
  • कस्तो रहनेछ आजको मौसम

    काठमाण्डौ । मनसुनको न्यून चापीय रेखा तराई आसपास रहेकाले आगामी २४ घण्टा मनसुन सक्रिय रहने छ।कोशी, मधेस, बागमती प्रदेशको थोरै स्थानहरूमा तथा बाँकी प्रदेशको केहि स्थानमा अहिले मध्यम वर्षा भइरहेको छ। कोशी प्रदेशको एक/दुई स्थानमा भारी वर्षा पनि भइरहेको छ ।दिउँसो देशभर पूर्णतया बदली हुने बताएको छ । देशका अधिकांश स्थानमा मध्यम वर्षाको सम्भावना रहेको तथा मधेस प्रदेशलगायत कोशी, वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षा र एक/दुई स्थानमा मुसलधारे वर्षाको पनि सम्भावना छ । कर्णाली प्रदेशका केहि स्थानमा भारी वर्षाको सम्भावना  छ ।राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चि

    • प्रकाशित मितिः साउन २८, २०८२
    • 175 पटक पढिएको
  • यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

    काठमाण्डौ  ।  नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर १४० रुपैयाँ ०५ पैसा र बिक्रीदर १४० रुपैयाँ ६५ पैसा कायम भएको छ ।युरोपियन युरो एकको खरिदर १६२ रुपैयाँ ५४ पैसा र बिक्रीदर १६३ रुपैयाँ २३ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिदर १८८ रुपैयाँ ४० पैसा र बिक्रीदर १८९ रुपैयाँ २० पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १७२ रुपैयाँ ६१ पैसा र बिक्रीदर १७३ रुपैयाँ ३५ पैसा कायम गरिएको छ ।अष्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ ८३ पैसा र बिक्रीदर ९१ रुपैयाँ २२ पैसा, क्यानेडियन डलर एकको खरिदर १०१ रुपैयाँ ४८ पैसा र बिक्र

    • प्रकाशित मितिः साउन २८, २०८२
    • 247 पटक पढिएको
  • आज २०८२ साल साउन २८ गते बुधबारको राशिफल

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)मन भावुक र उत्ताउलो बन्नेछ । अनावश्यक ठाउँमा धन खर्च हुनेछ । जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । सरकारी निकायको भय पनि रहला । बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)शुभकार्यको चर्चा चल्नेछ । आँटेको र ताकेको कार्य पुरा होला । आदर्श ब्यक्तिको सहकार्यले नयाँ अनुभव मिल्नेछ । पढाइमा प्रगति नै हुनेछ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)आज आँटेको र ताकेको कार्य पुरा होला । आकस्मिक धनलाभ हुनेछ । महिला वर्ग बाट सहयोग मिल्नेछ । पारिवारिक सद्भाव पनि बढ्नेछ । कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)नयाँनौलो समाचार सुन्न पाइनेछ ।

    • प्रकाशित मितिः साउन २८, २०८२
    • 524 पटक पढिएको
  • नापी कार्यालय कलंकीका कार्यालय सहयोगी घुससहित पक्राउ

    काठमाडौं—  सेवाग्राहीसँग १३ हजार रुपैयाँ घुस लिएको आरोपमा नापी कार्यालय कलंकीका एक कार्यालय सहयोगी सोमबार पक्राउ परेका छन् ।अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालका अनुसार चन्द्रागिरी नगरपालिका–१३ स्थित एक जग्गा हालसाविक गरी नयाँ पुर्जा बनाउने प्रक्रियामा सेवाग्राहीसँग घुस मागिएको भन्ने उजुरीका आधारमा आयोगको टोली खटिएको थियो ।टोलीले कार्यालय सहयोगी एकेन्द्र कुँवरलाई नापी कार्यालयको परिसरमै सेवाग्राहीबाट लिएको १३ हजार रुपैयाँसहित नियन्त्रणमा लिएको हो । आयोगका अनुसार कुँवरसँगै उनको मोबाइल फोन पनि बरामद गरिएको छ । त्यस क्रममा कार्यालय प्रमुखका दुई थान मोबाइल डिभाइस र सर्भेक्षकको मोबाइल पनि

    • प्रकाशित मितिः साउन २७, २०८२
    • 643 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.