काठमाडौं — जोमसोम–कोरला सडकअन्तर्गत वारागुङ–मुक्तिक्षेत्र छुसाङ खण्ड लेदोसहितको पहिरो खसेपछि आज बिहानदेखि पूर्णरूपमा अवरुद्ध भएको छ ।


जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विकास क्षेत्रीका अनुसार सडक विभागसँगको समन्वयमा पहिरो पन्छाउन प्रहरी टोली परिचालन भएको छ ।