काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले भारतलाई एक हजार मेगावाट विद्युत् निर्यात गर्न लागेको घोषणा गरेका छन्।


उनका अनुसार उक्त विद्युत् निर्यातबाट नेपालले करिब ८० अर्ब २७ करोड रुपैयाँ आम्दानी गर्ने अनुमान गरिएको छ। प्रधानमन्त्री ओलीले भने, “हामी भारतलाई एक हजार मेगावाट बिजुली निर्यात गर्दैछौं। यसबाट नेपालले ८० अर्ब २७ करोड रुपैयाँ आम्दानी गर्नेछ।”