समाचार

    Showing 11,191-11,200 of 25,723 items.
  • चक्रे मिलनसहित १९ जनाको बयान काठमाडौं जिल्ला अदालतमा सुरु

    काठमाडौं – गुण्डा नाइकेका रूपमा चिनिने चक्रे मिलन भनिने मिलन गुरुङसहित १९ जनाको बयान काठमाडौं जिल्ला अदालतमा सुरु भएको छ। न्यायाधीश खिमानन्द भुसालको इजलासमा अहिले उनीहरूको बयान प्रक्रिया चलिरहेको हो।गत साउन १६ गते राति महाराजगञ्जस्थित साम्बाला होटलमा जन्मदिन मनाउने क्रममा होहल्ला गरेका कारण उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको थियो। उक्त घटनापछि जिल्ला सरकारी वकिलको कार्यालयले अभद्र व्यवहारको आरोपमा हिजो उनीहरूविरुद्ध मुद्दा दायर गरेको हो।मुद्दामा चक्रे मिलनसँगै समावेश अन्य १८ जनामा जितबहादुर लामा, रितिक लामा, चन्द्रदेव कार्की, प्रकाश गोले, अमिर आलेमगर, उत्तम महर्जन, प्रनिश केटल, राजु परियार,

    • प्रकाशित मितिः साउन २८, २०८२
    • 603 पटक पढिएको
  • एकीकृत समाजवादीकी केन्द्रीय सदस्य उमा काफ्ले एमालेमा प्रवेश

    दाङ— नेकपा (एकीकृत समाजवादी) की केन्द्रीय सदस्य उमा काफ्ले नेकपा (एमाले) मा प्रवेश गरेकी छन् । दाङको लमहीमा सुरु भएको नेकपा (एमाले) लुम्बिनी प्रदेश कमिटीको पाँचौं पूर्ण बैठकमा काफ्लेलाई एमाले केन्द्रीय सचिव तथा प्रदेश इञ्चार्ज पद्मा अर्यालले पार्टीमा प्रवेश गराएकी हुन् । रुपन्देहीकी महिला नेतृ काफ्ले सिद्धार्थनगर नगरपालिकाकी पूर्व उपप्रमुख समेत हुन ।बैठकमा पार्टीका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यसहितको नेतृत्वको सहभागिता रहेको छ ।प्रदेश कमिटीका अध्यक्ष राधाकृष्ण कँडेलको अध्यक्षता र केन्द्रीय सचिव तथा लुम्बिनी इञ्चार्ज पद्मा अर्यालको प्रमुख आतिथ्यतामा जारी बै

    • प्रकाशित मितिः साउन २८, २०८२
    • 602 पटक पढिएको
  • जंगली च्याउको तरकारी खाँदा ८ जना बिरामी, ३ जनाको अवस्था चिन्ताजनक

    उदयपुर— उदयपुरमा जंगली च्याउको तरकारी खाँदा एकै परिवारका आठजना बिरामी परेका छन्। चौदण्डीगढी नगरपालिका–९ अजगरामा विषालु जंगली च्याउको तरकारी खाँदा आठ जना बिरामी परेका हुन्।बिरामी हुनेहरूमा ८५ वर्षीया गवनी सदा, ६० वर्षीया गीता सदा, ३१ वर्षीया संजु सदा, २९ वर्षीया मन्जु सदा, २९ वर्षीया सरिता सदा, १० वर्षीया सन्ध्या सदा, ११ वर्षीया सन्जा सदा र वर्ष ५५ का लल्कु सदा रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।सदा परिवारले मङ्गलबार बिहान घर नजिकैको जंगलबाट ल्याएको च्याउको तरकारीसँग खाना खाएका थिए। त्यसपछि उनीहरूलाई बान्ता हुने, टाउको दुख्ने जस्ता समस्या देखिएको थियो।बिरामी मध्ये गवनी सदा, गीता सदा

    • प्रकाशित मितिः साउन २८, २०८२
    • 766 पटक पढिएको
  • 'भौतिक पूर्वाधारको अवस्था कमजोरका कारण क्षमताभन्दा बढि कैदीहरु राख्नुपर्ने बाध्यता छ’

    काठमाडौं – गृहमन्त्री रमेश लेखकले समग्र कारागारको भौतिक पूर्वाधारको अवस्था कमजोर रहेको बताएका छन् । बुधबार बसेको कानुन न्याय तथा मानव अधिकारी समितिको बैठकमा बोल्दै उनले धेरैजसो कारागारमा क्षमताभन्दा बढि कैदीहरु रहेको अवस्था रहेको बताउँदै कारागारको भौतिक संरचना ठूलो र पूर्वाधार निर्माणको लागत बढि लाग्ने भएकाले समयमा नै सम्पन्न गर्न स्रोतको कमि भएको बताए । उनले भने,‘समग्र कारागारको भौतिक पूर्वाधारको अवस्था कमजोर रहेको छ । धेरैजसो कारागारमा क्षमताभन्दा बढि कैदीहरु रहेको अवस्था छ । कारागारको भौतिक संरचना ठूलो र पूर्वाधार निर्माणको लागत बढि लाग्ने भएकाले समयमा नै सम्पन्न गर्न स्रोतको कमि

    • प्रकाशित मितिः साउन २८, २०८२
    • 545 पटक पढिएको
  • त्रिवि प्रशासनमा तोडफोडपछि प्रहरी तैनाथ, उपकुलपतिले मागे सुरक्षा

    काठमाडौं — त्रिभुवन विश्वविद्यालय (त्रिवि)मा विद्यार्थी संगठनको आन्दोलनले असुरक्षा बढेपछि प्रशासनिक परिसरमा प्रहरी तैनाथ गरिएको छ।उपकुलपति दीपक अर्यालसहित पदाधिकारीहरूले तोडफोड र कार्य बाधा भएको भन्दै सरकारसँग सुरक्षा माग गरेपछि प्रहरी परिचालन गरिएको हो। सोमबार (साउन २६) अखिल क्रान्तिकारी निकट विद्यार्थीहरूले रजिस्ट्रार र रेक्टरको कार्यालयमा तोडफोड गरेका थिए। घटनाका क्रममा प्रहरी र विद्यार्थीबीच झडप हुँदा केही विद्यार्थी घाइते भएका थिए।२१ दिनदेखि उपकुलपति कार्यालयबाहिर केही विद्यार्थी अनशनमा बसेका थिए। कार्यालय परिसरमा असुरक्षा बढेपछि उपकुलपति अर्यालले नियमित कामसमेत गर्न सकेका थिएनन्।विवादको

    • प्रकाशित मितिः साउन २८, २०८२
    • 407 पटक पढिएको
  • सुनसरीको झुम्का कारागारबाट कैदी फरार, प्रहरीको खोजी अभियान तीव्र

    विराटनगर— सुनसरीको झुम्का कारागारबाट एक जना कैदी भागेका छन् । जबरजस्ती करणी (बलात्कार) मुद्दाका कैदी खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–२ घर भएका २८ वर्षीय रुपक पौडेल खत्री गएराति कारागारबाट भागेका हुन् ।जेलर सुवासकुमार लामिछानेका अनुसार खत्रीलाई कारागारको ‘बी’ ब्लकमा राखिएको थियो । कारागारको पर्खाल नाघेर उनी फरार भएका हुन् ।सामूहिक बलात्कारको घटनामा संलग्न खत्रीलाई जिल्ला अदालत सुनसरीले २०८१ चैत २५ गते १३ वर्ष कैद सजाय हुने फैसला गरेको थियो । उनी २०८१ साउन २१ गतेदेखि  कारागारमा थिए ।घटनाको छानबिन गर्न सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी लोकमान श्रेष्ठको संयोजकत्वमा ५ सदस्यीय छानबिन सम

    • प्रकाशित मितिः साउन २८, २०८२
    • 693 पटक पढिएको
  • रबि लामिछाने माथि भएको अन्याय विरुद्ध अन्तर्राष्ट्रिय अदालत जान्छु : निकिता पौडेल

    काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको मुद्दालाई लिएर उनकी पत्नी निकिता पौडेलले गृहमन्त्री रमेश लेखकमाथि न्यायिक प्रक्रियामा प्रत्यक्ष हस्तक्षेप गरेको आरोप लगाएकी छन् । लामिछाने माथि भएको अन्याय विरुद्ध उनले आफू उच्च अदालत बुटवल हुँदै अन्तर्राष्ट्रिय अदालतमा जाने समेत घोषणा गरेकी छन् ।बुधबार सामाजिक सञ्जाल फेसबुक मार्फत लामो स्टाटस सार्वजनिक गर्दै उनले न्यायालयमा राजनीतिक प्रभावका कारण निष्पक्षता खल्बलिएको गम्भीर दाबी गरेकी हुन् ।उनले लेखेकी छन्, ‘आम थुनुवाले पाउने अड्डासारको सुविधा मेरो श्रीमानलाई अदालतले आदेश दिए पनि गृहमन्त्रीको निर्देशनमा रोकिन्छ ।’ पौडेलका अनुसार अद

    • प्रकाशित मितिः साउन २८, २०८२
    • 615 पटक पढिएको
  • बाँकेमा ट्रक–टिप्पर ठोक्किँदा एकको मृत्यु, एक घाइते

    नेपालगञ्ज- पूर्व-पश्चिम महेन्द्र राजमार्गकाे बाँके खण्डमा ट्रक र टिप्पर ठाेक्किँदा एक जनाकाे मृत्यु भएकाे छ । एक जना घाइते भएका छन् ।बाँकेकाे राप्तीसाेनारी गाउँपालिका- २, मुगुखा खाेला नजिक आज बिहान ना ५ ख ३६१० नम्बरकाे ट्रक र भे १ ख ३१६९ नम्बरकाे टिप्पर ठाेक्किँदा टिप्परमा सवार राप्तीसाेनारी-१, सिक्टाका ३५ वर्षीय भुवबहादुर खत्रीकाे मृत्यु भएकाे हाे ।टिप्परमा सवार काेहलपुर-१५ का २५ वर्षीय सुदीप चाैधरी घाइते भएका छन् । उनकाे काेहलपुर मेडिकल कलेजमा उपचार भइरहकाे छ । खत्रीकाे शव भेरी अस्पताल, नेपालगञ्जमा ल्याइएकाे छ ।ट्रक र टिप्पर काेहलपुरतर्फ आइरहेकाे थियाे । पछाडिबाट टिप्पर ठक्कर दिंदा दुर्घटना

    • प्रकाशित मितिः साउन २८, २०८२
    • 355 पटक पढिएको
  • उच्च अदालतका २७ जना न्यायाधीशले लिए शपथ, एक महिना तालिममा जाने

    काठमाण्डौं— न्याय परिषद्को सिफारिसमा नियुक्त भएका उच्च अदालतका २७ जना नयाँ न्यायाधीशहरूले आज पद तथा गोपनीयताको शपथ लिएका छन्। सर्वोच्च अदालत परिसरमा आयोजित विशेष समारोहमा प्रधान न्यायाधीश विष्वम्भर प्रसाद श्रेष्ठले उनीहरूलाई शपथ गराएका हुन्।शपथपछि न्यायाधीशहरू न्याय सेवा प्रशिक्षण केन्द्र, हरिसिद्धिमा आयोजना हुने एक महिनाको आधारभूत तालिममा सहभागी हुनेछन्। तालिमको उद्देश्य न्याय सम्पादनमा आवश्यक कानुनी ज्ञान, आचरण र व्यावहारिक सीप अभिवृद्धि गर्नु रहेको बताइएको छ।नवनियुक्त न्यायाधीशहरूलाई संविधान, मानव अधिकार, न्यायिक आचारसंहिता, सूचना प्रविधिको प्रयोग, र कानुनी भाषाको शुद्ध प्रयोगजस्ता विषयमा व

    • प्रकाशित मितिः साउन २८, २०८२
    • 600 पटक पढिएको
  • भालु खोलामा डुबेर ११ वर्षीय बालकको मृत्यु

    झापा – झापाको दमकमा ११ वर्षीय बालकको डुबेर मृत्यु भएको छ । दमक नगरपालिका-१० निवासी इन्द्र प्रसाईँका ११ वर्षीय छोरा धर्मेन्द्र प्रसाईँको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । आज बिहान ७ बजे बालक धर्मेन्द्र सोही ठाउँका कृष्णप्रसाद ढकालको ११ वर्षीय छोरा भूपेन्द्र ढकालसँग भालु खोलामा पौडी खेल्न गएका थिए । त्यस क्रममा धर्मेन्द्रलाई खोलाले ६०० मिटर परसम्म बगाइरहेको अवस्थामा स्थानीयले देखेर उद्धार गरेका थिए ।बालकलाई खोलाबाट निकाली उपचारको लागि निम्स अस्पताल दमक पठाउन साथ डाक्टरले मृत घोषित गरेका थिए । शव तत्काल सोही अस्पतालमा रहेको र कानुनी प्रक्रियाको लागि इलाका प्रहरी कार्यालय द

    • प्रकाशित मितिः साउन २८, २०८२
    • 358 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.