काठमाडौं – गुण्डा नाइकेका रूपमा चिनिने चक्रे मिलन भनिने मिलन गुरुङसहित १९ जनाको बयान काठमाडौं जिल्ला अदालतमा सुरु भएको छ। न्यायाधीश खिमानन्द भुसालको इजलासमा अहिले उनीहरूको बयान प्रक्रिया चलिरहेको हो।


गत साउन १६ गते राति महाराजगञ्जस्थित साम्बाला होटलमा जन्मदिन मनाउने क्रममा होहल्ला गरेका कारण उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको थियो। उक्त घटनापछि जिल्ला सरकारी वकिलको कार्यालयले अभद्र व्यवहारको आरोपमा हिजो उनीहरूविरुद्ध मुद्दा दायर गरेको हो।


मुद्दामा चक्रे मिलनसँगै समावेश अन्य १८ जनामा जितबहादुर लामा, रितिक लामा, चन्द्रदेव कार्की, प्रकाश गोले, अमिर आलेमगर, उत्तम महर्जन, प्रनिश केटल, राजु परियार, राजेश भनिने रोजेश खड्का, गणेशबहादुर बोगटी, रोशन सुवेदी, सन्दिप केसी, राहुल खड्का, यामु पौडेल, सौरभ सुनार, डिल्लीराज कँडेल, सफल भनिने सुजल शाही र निराजन पौडेल रहेका छन्।


अदालतमा उनीहरूको बयानपछि मुद्दाको थप प्रक्रिया अघि बढ्नेछ।