नेपालगञ्ज- पूर्व-पश्चिम महेन्द्र राजमार्गकाे बाँके खण्डमा ट्रक र टिप्पर ठाेक्किँदा एक जनाकाे मृत्यु भएकाे छ । एक जना घाइते भएका छन् ।


बाँकेकाे राप्तीसाेनारी गाउँपालिका- २, मुगुखा खाेला नजिक आज बिहान ना ५ ख ३६१० नम्बरकाे ट्रक र भे १ ख ३१६९ नम्बरकाे टिप्पर ठाेक्किँदा टिप्परमा सवार राप्तीसाेनारी-१, सिक्टाका ३५ वर्षीय भुवबहादुर खत्रीकाे मृत्यु भएकाे हाे ।


टिप्परमा सवार काेहलपुर-१५ का २५ वर्षीय सुदीप चाैधरी घाइते भएका छन् । उनकाे काेहलपुर मेडिकल कलेजमा उपचार भइरहकाे छ । खत्रीकाे शव भेरी अस्पताल, नेपालगञ्जमा ल्याइएकाे छ ।


ट्रक र टिप्पर काेहलपुरतर्फ आइरहेकाे थियाे । पछाडिबाट टिप्पर ठक्कर दिंदा दुर्घटना भएकाे प्रत्यक्षदर्शीले बताएका छन् ।