समाचार

    Showing 11,121-11,130 of 25,723 items.
  • कञ्चनपुरमा एक महिलाको शव फेला

    कञ्चनपुर — जिल्लाको बेलौरी नगरपालिकामा एक महिलाको शव फेला परेको छ। बिहीबार बिहान बेलौरी नगरपालिका–७ र ८ को सीमानामा पर्ने खप्टीनाला नजिक ४२ वर्षीया बिन्दु चौधरी मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।मृतक चौधरी बेलौरी नगरपालिका–८ की बासिन्दा हुन्। प्रहरीका अनुसार उनी केही समयदेखि अस्वस्थ थिइन् र आफैंसँग बोल्ने जस्ता लक्षण देखिन थालेपछि परिवारले एक साताअघि झारफुकका लागि उनलाई बुटाबारीमा बसोबास गरिरहेकी फुपुकोमा पठाएका थिए।चौधरी हिजो मात्रै फुपुको घरबाट फर्किएकी थिइन्। बेलौरी बजारमा ओर्लिएपछि उनी सम्पर्कविहीन बनेकी थिइन्। परिवारले खोजतलास गर्दा शुक्रबार बिहान उनको शव

    • प्रकाशित मितिः साउन २९, २०८२
    • 553 पटक पढिएको
  • क्यासिनोबारे नकारात्मक धारणालाई तथ्यका आधारमा मूल्यांकन गर्नुपर्ने

    काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले पर्वतारोहणसम्बन्धी नीतिगत सुधार, नियमन र सहजीकरणका लागि सरोकारवालाको सुझाव अपरिहार्य हुने बताएका छन् ।विहीबार पर्वतारोहण सम्बन्धी सरोकारवालासँगको अन्तरक्रिया तथा पूर्वतयारी छलफल कार्यक्रममा बोल्दै उनले पर्वतारोहणको इतिहासलाई दस्तावेजबद्ध गर्ने र आन्तरिक–बाह्य चुनौतीको समाधानका लागि एकीकृत सुझावका आधारमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे । मन्त्री पाण्डेले जलवायु परिवर्तनका असरबाट हिमाल जोगाउन अन्तर्राष्ट्रिय सहकार्य जारी रहेको उल्लेख गर्दै, ‘हिमालकै कारण नेपाल चिनिन्छ, त्यसैले यसको संरक्षण हाम्रो दायित्व हो ’ भने । उनले पर

    • प्रकाशित मितिः साउन २९, २०८२
    • 458 पटक पढिएको
  • चार स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिले प्रधानमन्त्रीसमक्ष लिए शपथ

    काठमाडौं— देशका चार स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नियुक्त भएका उपकुलपतिहरूले बिहीबार पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीसमक्ष उपकुलपतिहरूले शपथ लिएका हुन्।शपथ लिनेमा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्राडा. विक्रमप्रसाद श्रेष्ठ, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका सह–प्राडा. पुजनकुमार रोकाया, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्राडा. बुद्धिप्रसाद पौडेल र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा. भरत खत्री रहेका छन्।कार्यक्रममा प्रधानमन्त्री ओलीले नवनियुक

    • प्रकाशित मितिः साउन २९, २०८२
    • 649 पटक पढिएको
  • नेपाल सद्भावना पार्टी पुनर्गठन, १२ बुँदे सैद्धान्तिक प्रतिवद्धता

    काठमाडौं –नेपाल सद्भावना पार्टी पुनर्गठन भएको छ । विहीबार पत्रकार सम्मेलन गर्दै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) छाडेका नेता अनिल कुमार झाले सद्भावना पार्टी पुनर्गठन गरेको जानकारी दिए  ।पुनर्गठन गरेको पार्टीलाई बुधबार मात्रै निर्वाचन आयोगले मान्यता दिएको उनले जानकारी दिए । पत्रकार सम्मेलनमार्फत १२ बुँदे सैद्धान्तिक प्रतिवद्धता पनि जारी गरिएको छ । संयुक्त प्रेस विज्ञप्ति महिला, दलित, मुस्लिम र पिछड़ावर्ग सहितका मधेशी, पहाडका आदिवासी–जनजातिहरु, रानाथारु एवं थारु सहितका तराईका आदिवासी–जनजातिहरु, तराईका अल्पसंख्यक, पहाडका दलित, पीछडिएका क्षेत्रका जनता सहित कतिपय वर्गीय रं शासकीय

    • प्रकाशित मितिः साउन २९, २०८२
    • 477 पटक पढिएको
  • रसुवामा बस दुर्घटना हुँदा १२ जना घाइते, एक जनाको अवस्था गम्भीर

    रसुवा— रसुवाको गत्लाङबाट काठमाडौं आउँदै गरेको यात्रुबाहक बस दुर्घटना हुँदा १२ जना यात्रु घाइते भएका छन्। घाइतेमध्ये एकजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार उत्तरगया गाउँपालिका–५ लहरेपौवामा पासाङल्हामू मार्ग अन्तर्गत बा ४ ख ८४३५ नम्बरको बस दिउँसो करिब २ बजे सडकबाट करिब ३० मिटर तल खसेर दुर्घटनामा परेको हो।प्रहरी निरीक्षक राजु शाहले दुर्घटनामा परेका सबै घाइतेहरुलाई जिल्ला अस्पताल त्रिशूली पठाइएको जानकारी दिएका छन्। बसमा कति जना यात्रु थिए भन्नेबारे थप विवरण आउन बाँकी छ।दुर्घटनाको कारण खुल्न बाँकी रहेकाले आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

    • प्रकाशित मितिः साउन २९, २०८२
    • 493 पटक पढिएको
  • नागढुङ्गा सुरुङ मार्गको दस्तुर तोकियो, मोटरसाइकललाई निषेध गरियो

    काठमाडौं— सरकारले निर्माणको अन्तिम चरणमा रहेको नागढुङ्गा सुरुङ मार्ग प्रयोग गर्ने सवारी साधनका लागि दस्तुर तोकेको छ। मन्त्रिपरिषद्को हालैको बैठकले दस्तुर दर निर्धारण गरेको हो।निर्धारित दस्तुरअनुसार साना सवारी साधन (कार तथा भ्यान) काठमाडौंतर्फ आउँदा ६५ रुपैयाँ र बाहिरिँदा ६० रुपैयाँ तिर्नुपर्नेछ। मिनी बस तथा ट्रकका लागि भित्रिँदा ११५ र बाहिरिँदा ८० रुपैयाँ तोकिएको छ।त्यस्तै, ठूला बस र ट्रकहरूले काठमाडौं आउँदा २६० रुपैयाँ र बाहिरिँदा २०० रुपैयाँ तिर्नुपर्नेछ। भारी उपकरणसहितका सवारी साधनले भने भित्रिँदा ६०० रुपैयाँ र बाहिरिँदा २५० रुपैयाँ तिर्नुपर्ने व्यवस्था गरिएको छ।सुरक्षा तथा प्रविधिगत कारण द

    • प्रकाशित मितिः साउन २९, २०८२
    • 630 पटक पढिएको
  • नेपालले अष्ट्रेलियामा थप पाँच अभ्यास म्याच खेल्ने तयारी

    काठमाडौं— अस्ट्रेलियाको डार्बिनमा सुरु भएको टप इन्ड टी–२० क्रिकेट सिरिजमा नेपालले भोलि आफ्नो पहिलो खेल खेल्दैछ । नेपाली टोलीले घरेलु टोली नर्दन टेरिटोरीसँग खेल खेल्नेछ ।खेल नेपाली समयअनुसार दिउँसो सवा २ बजे सुरु हुनेछ । सिरिजमा नेपालले शनिबार बंगलादेश ‘ए’ सँग, सोमबार मेलवार्न स्टार्स एकेडेमीसँग, बुधबार मेलबर्न रेनेगेड्स एकेडेमीसँग र अर्को शुक्रबार पाकिस्तान शाहिन्ससँग खेल्ने तालिका तय गरिएको छ ।सिरिजपछि नेपालले अस्ट्रेलियामा एक हप्तासम्म अतिरिक्त अभ्यास गर्ने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ ।नेपालले क्रिकेट एसिटीसँग २६ अगस्टमा दुई खेल र साउथ अस्ट्रेलियासँग २८ अगस्टमा दुई म्याच खेल्ने ताल

    • प्रकाशित मितिः साउन २९, २०८२
    • 659 पटक पढिएको
  • किसानमा समस्या नबुझ्ने कृषिमन्त्री नियुक्ति गर्ने परम्परा गलत : सांसद खतिवडा

    काठमाडौं – नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले कहिल्यै मलको समस्या नबुझ्ने खालका मन्त्रीहरु नियुक्ति गर्ने परम्पराको विकास भएको बताएका छन् । बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले देशभर मलको हाहाकार हुँदा मलको समस्या नबुझ्ने खालका मन्त्रीहरु नियुक्ति गर्ने परम्पराको विकास भएको बताएका हुन् । उनले भने,‘देशभर मलको हाहाकार हुन्छ । हामीले कृषिमन्त्री नियुक्ति गछौं तर कहिल्यै मलको समस्या नबुझ्ने खालका मन्त्रीहरु नियुक्ति गर्ने परम्पराको विकास भएको छ ।’त्यस्तै उनले लम्पी स्किन रोगले देशभर धेरै गाईबस्तुहरु मरिरहेको बताउँदै प्रत्येक जिल्लामा डाक्टर पठाएर औषधि उपचारको व्यवस्था गर्न माग

    • प्रकाशित मितिः साउन २९, २०८२
    • 523 पटक पढिएको
  • खेलाडीहरुका लागि उचित र उपयुक्त वातावरण बनाउनुपर्ने

    काठमाडौं – नेकपा एमालेका सांसद महेश बर्तौलाले सरकारले खेलाडीहरुको लागि उचित र उपयुक्त खालको वातावरण बनाउनुपर्ने माग गरेका छन् । बिहीबार प्रतिनिधि सभाको बैठकमा उनले सरकारले उचित र उपयुक्त खालको वातावरण बनाउने हो भने खेलाडीहरुलाई उत्प्रेरणा दिने वातावरण सिर्जना गर्नुपर्ने बताए । उनले नेपाली महिला फुटबल खेलाडी र टिमहरुले राम्रो गर्न सक्ने भन्दै सरकारले यसतर्फ विशेष ध्यान जानुपर्ने बताए । उनले भने, ‘सरकारले उचित र उपयुक्त खालको वातावरण बनाउने हो भने खेलाडीहरुलाई उत्प्रेरणा दिने वातावरण सिर्जना गर्ने हो भने नेपाली महिला फुटबल खेलाडी र टिमहरुले राम्रो गर्न सक्छन् भन्ने कुरा स्पष्ट भएको छ ।

    • प्रकाशित मितिः साउन २९, २०८२
    • 489 पटक पढिएको
  • किशोरी बलात्कृत आरोपमा एक पुरुष जना पक्राउ

    कैलाली— १८ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा गौरीगंगा नगरपालिका–३ कुचैनी शिविर बस्ने ४६ वर्षीय लोकेश सुर्जा मगर रहेका छन्।उनलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको हो। मगरले ती बालिकालाई बलात्कार गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

    • प्रकाशित मितिः साउन २९, २०८२
    • 538 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.