समाचार

    Showing 11,121-11,130 of 19,757 items.
  • प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज सर्लाही जादै

    काठमाण्डौ   ।  प्रधानमन्त्री पुष्पकमल दाहाल  ‘प्रचण्ड’ शनिवार सर्लाही जादै  छन्।बलरा नगरपालिका–८, गडहिया डुमरियामा रहेको जनता नमुना माध्यमिक विद्यालयको नवनिर्मित भवन उद्घाटन गर्न प्रधानमन्त्री त्यसतर्फ जान लागेका हुन्। प्रधानमन्त्री हेलिकप्टरमार्फत मध्याह्न गडहिया पुग्ने कार्यक्रम छ। बागमती प्रदेशको राजधानी हेटौँडामा आयोजित एक कार्यक्रममा सरिक भएर प्रधानमन्त्री त्यहाँ पुग्ने कार्यक्रम तय भएको छ।गहहीया माविको भवन उद्घाटनपछि प्रधानमन्त्रीले  त्यहीँ माओवादी केन्द्रले आयोजना गर्ने बृहत् पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।

    • प्रकाशित मितिः वैशाख २२, २०८१
    • 183 पटक पढिएको
  • लागुऔषध ब्राउनसुगर सहित १ जना पक्राउ

    मोरङ । मोरङको रतुवामाई नगरपालिका- ६ स्थितबाट लागुऔषध ब्राउनसुगर सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । शुक्रबार बेलुका ६:३० बजे इलाका प्रहरी कार्यालय सिजुवाबाट खटिएको प्रहरी टोलीले पैदल यात्री देश भारत अररियाका ३४ बर्षीय फिरोज सिद्दकीलाई शंकास्पद अवस्थामा फेला पारी चेकजाँच गर्दा उनको साथबाट लागुऔषध ब्राउनसगुर ४ ग्राम २९० मिलिग्राम र नगद ४३ हजार ५०० रुपैँया बरामद गरेसगै पक्राउ गरेको हो । पक्राउ परेका उनको सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।

    • प्रकाशित मितिः वैशाख २२, २०८१
    • 214 पटक पढिएको
  • डीभीको नतिजा आज सार्वजानिक हुदै

    काठमाण्डौ  ।  अमेरिकाले प्रत्येक वर्ष सञ्चालन गर्दै आएको डाइभर्सिटी भिसा २०२५ को नतिजा आज आउने भएको छ । शुक्रबार नेपालस्थित अमेरिकी दूतावासले सामाजिक सञ्जालमार्फत सो कुराको जानकारी दिएको हो । वैशाख २२ गते राति ९ बजेबाट आफ्नो कनफरमेसन नम्बर dvprogram.state.gov/ESC मा गई नतिजा हेर्न सक्ने दूतावासले जनाएको छ । यो नै इडिभीको नतिजा थाहा पाउने यो एक मात्र तरिका भएको दूतावासले जनाएको छ ।

    • प्रकाशित मितिः वैशाख २२, २०८१
    • 290 पटक पढिएको
  • दुबईमा पुनः भारी वर्षा, जनजिवन प्रभावित

    एजेन्शि । संयुक्त अरब इमिरेट्स (यूएई) ले अप्रिलमा असामान्य बाढीको सामना गरेको केही दिनपछि पुनः भारी वर्षा भएको छ । असामान्य मौसमका कारण धेरै उडानहरू रद्द गरिएको छ भने मानिस तथा विद्यार्थीलाई घरबाटै काम तथा अध्ययन गर्न आग्रह गरिएको खालिज टाइम्सले रिपोर्ट गरेको छ ।संयुक्त अरब इमिरेट्समा भारी वर्षा र आँधीबेहरीका कारण बिहीबार सुनामीको चेतावनी जारी गरिएको थियो । पछिल्लो केही दिनदेखि यूएईले अस्थिर मौसमी लहरका लागि तयारी गरिरहेको छ ।यसै क्रममा सबै क्षेत्रका मानिसलाई सुरक्षाका उपायहरू अपनाउन सल्लाह दिइएको छ । विद्यालयहरू दूर शिक्षामा छन् भने कम्पनीहरूलाई घरबाटै काम गर्न अनुमति दिन आग्रह गरिएको छ । पार

    • प्रकाशित मितिः वैशाख २२, २०८१
    • 365 पटक पढिएको
  • सरकारको बिहिबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक

    काठमाडौँ । सरकारले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ ।हिजो सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारकी प्रवक्ता रेखा शर्माले गत बिहीबार र बिहीबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेकी हुन् ।बैठकले गत बिहीबार ८ र बिहीबार (हिजो) १५ निर्णय गरेको छ ।सरकारले सय रुपैयाँको नोटमा राखिएको नक्सा परिवर्तन गर्न राष्ट्र बैंकलाई अनुमति दिने निर्णय गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले अहिले भएको पुरानो नक्सा परिवर्तन गरेर चुच्चे नक्सा राख्न राष्ट्र बैंकलाई अनुमति दिने निर्णय गरेको सरकारकी प्रवक्ता एवं सञ्चार, सूचना तथा प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन्।‘अर्थ मन्त्राल

    • प्रकाशित मितिः वैशाख २२, २०८१
    • 353 पटक पढिएको
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाण्डौ  ।  आज कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा वर्षा हुने सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव कायम रहेको छ। अहिले सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकी भागमा मौसम  सफा रहेको छ।दिउँसो देशका पहाडी भागमा आंशिक बदली तथा बाँकी भागमा मौसम  सफा रहने छ । कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । देशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हि

    • प्रकाशित मितिः वैशाख २२, २०८१
    • 237 पटक पढिएको
  • किशोरी गोली प्रकरण अपडेट : पूर्वशिक्षकले गोली हानेको एनिकाको बयान

    झापा । झापाको दमकमा गोली लागी घाइते गम्भीर भएकी छात्रा एनिका गजमेरको शरीरमा लागेको गोली निकालिएको छ । परीक्षा दिएर फर्किँदै गरेकी एनिकाको आज दिउँसो सिरहा घर भएका अमितकुमार यादवले गोली हानेका थिए ।उनको नाभि छेउमा गोली लागेको थियो । दमकस्थिक लाइफ लाइन अस्पतालका चिकित्सकले अप्रेसन गरी गोली निकालेका छन् । एनिका दमकस्थित हिमालय माध्यमिक विद्यालय दमकमा कक्षा १२ मा मानविकी संकायमा अध्ययनरत थिइन् ।एनिकाको अवस्था खतरामुक्त रहेको विद्यालयका प्रधानाध्यापक द्रोणबहादुर श्रेष्ठले बताए । क्ष्रेष्ठले अनुसार डाक्टरका अनुसार नानीको अवस्था खतरा मुक्त रहेको छ । गोलीले आन्द्रामा नछोएकाले उपचारमा सहज भएको छ।प्रअ श्

    • प्रकाशित मितिः वैशाख २१, २०८१
    • 310 पटक पढिएको
  • झापाको दमकमा परीक्षा दिएर घर फर्कदै गरेकी एक छात्रामाथि गोली प्रहार

    काठमाण्डौ  । झापाको दमकमा गोली लागेर एक जना विद्यार्थी घाइते भएकी छन्।झापाको दमकमा एक छात्रामाथि गोली प्रहार भएको छ ।उनको पेटमा एक राउन्ड गोली लागेको बताइएको छ ।उदयपुर घर भई दमकमा डेरा गरी बस्दै आएकी एनिका अधिकारीमाथि शुक्रवार दिउँसो करिब साढे ११ बजेको समयमा गोली प्रहार भएको हो।सिराहाका एक युवकले चलाएको गोली लागेर हिमालय माध्यमिक विद्यालयमा अध्ययनरत कक्षा १२ मा अध्ययनरत एनिका घाइते भएकी हुन् । गोली हानेर ती युवक भागेको छन् ।  फरार युवकको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ। छात्राको दमकस्थित लाइफ लाइन अस्पतालमा उपचार भइरहेको छ।उनको हाल आइसियुमा उपचार भइरहेको छ । 

    • प्रकाशित मितिः वैशाख २१, २०८१
    • 470 पटक पढिएको
  • नेपाल प्रहरीमा २११ जवानलाई प्रहरी सहायक हवल्दारमा बढुवा गर्न सिफारिस

    काठमाण्डौ । नेपाल प्रहरीमा प्राविधिक प्रहरी समूहका २११ जना प्रहरी जवान प्रहरी सहायक हवल्दारमा बढुवा सिफारिस भएका छन् ।बिहीबार बसेको बढुवा समितिको बैठकको निर्णयअनुसार प्रहरी सहायक हवल्दार पदमा बढुवा गरिएको हो ।प्रहरी नियमावली, २०७१ (संशोधन सहित) को नियम २७ को उपनियम (४) अनुसार बढुवा सिफारिस सूची सार्वजनिक गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

    • प्रकाशित मितिः वैशाख २१, २०८१
    • 234 पटक पढिएको
  • आज विश्व प्रेस स्वतन्त्रता दिवस

    काठमाण्डौ । आज ३१ औँ विश्व प्रेस स्वतन्त्रता दिवस, ‘विश्वका लागि प्रेस वातावरणीय सङ्कटको सामनामा पत्रकारिता’ नाराका साथ प्रेस स्वतन्त्रताको वातावरण सुनिश्चित हुनुपर्नेमा जोड दिँदै नेपालसहित विश्वभर मनाइदै छ ।स्वतन्त्र एवं बहुलवादी प्रेसका लागि विन्डहक घोषणापत्र’ जारी गरेको दिनको सम्झनामा मे ३ तारिखलाई प्रेस स्वतन्त्रता दिवसको रुपमा मनाइने गरेको छ ।संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) को आयोजनामा अफ्रिकी राष्ट्र नामिबियाको विन्डहक शहरमा भएको पत्रकारहरुको सम्मेलनले ‘बहुलवादी र स्वतन्त्र प्रेसको लागि विण्डहक घोषणापत्र’ जारी गरेको सम्झनामा सन् १९९३ देखि संयुक्त

    • प्रकाशित मितिः वैशाख २१, २०८१
    • 212 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा