काठमाडौं— वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको महानिर्देशकमा रोशन ज्ञवाली नियुक्त भएका छन् । सोमबारदेखि उनी विभागमा उपस्थित भएका छन् । दुई महिनाअघि मात्रै सहसचिव बनेका ज्ञवाली यसअघि लघु घरेलु तथा साना उद्योग प्रवर्द्धन केन्द्रमा कार्यरत थिए । यसअघि विभागको महानिर्देशक कुमारप्रसाद दाहाल थिए ।दाहाल समावेशी आयोगमा सरुवा भएपछि ज्ञवालीलाई नियुक्त गरिएको हो । बजार अनुगमनमा कडाइ गरेपछि निजी क्षेत्रले विरोध गर्दै आएका थिए ।यसका साथै दाहाललाई असारको पहिलो सातातिर अन्यत्र सरुवा गर्ने चर्चा चलेको थियो । गत साउन २६ गते उनलाई समावेशी आयोगमा सरुवा गरिएको थियो ।
काठमाडौं— विद्यालय शिक्षा विधेयकको प्रतिवेदन शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा पेस भएको छ । सोमबार समितिका सचिव दशरथ धमलाले प्रतिवेदन बैठकमा पेस गरेका हुन् ।प्रतिवेदनमा कुल १७४ वटा दफा छन् । १४ वटा दफा थप गरिएका छन् । ९८ दफा संशोधन गरी चारवटा दफा हटाइएको सचिव धमलाले जानकारी दिए ।
काठमाडौं — भदौ ३ गते अर्थात् भोलिदेखि काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने नाडा अटो शोको शुरुको दिन अर्थात भदौ ३ गते देखि भदौ ८ गतेसम्म लागु हुने गरी अफर सञ्चालन भएको कम्पनीले जनाएको छ ।उक्त अटो शोमा कम्पनीले सहभागिता नलिएता पनि ग्राहकहरुको चासो र उत्साहलाई मध्यनजर गर्दै यो अफर सञ्चालन गरेको कम्पनीले जनाएको छ ।उक्त अफर अनुसार सारथी इकुटरका दुई मोडेल इ ३ र विगर मोडेलको स्कुटर खरिद गर्ने ग्राहकले नगद रु। २५ हजार छुट पाउनेछन् । साथै एक वर्षको कर, एउटा प्रिमियम हेलमेट तथा एउटा रेनकोट पनि निःशुल्क दिइने कम्पनीले जनाएको छ ।यो अफर नगदमा खरिद गर्ने ग्राहकले मात्र पाउने छन् । नगद नहुने
काठमाडौं— मधेस प्रदेश सरकारले सात वर्ष अगाडि सञ्चालनमा ल्याएको ‘बेटी पढाउ बेटी बचाउ’ योजनाअन्तर्गतको छोरी शिक्षा बीमा कार्यक्रम स्थगित भएको छ ।मधेस प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२/८३ को बजेटमा छोरी शिक्षा बिमाको लागि बजेट विनियोजन नगरेको शिक्षा विकास निर्देशनालयले जनाएको छ । निर्देशनालयका छोरी शिक्षा बीमा कार्यक्रमका संयोजक प्रियङ्का यादवले बजेट अभावमा सो कार्यक्रम हाल स्थगित भएको बताईन् । निर्देशनालयबाट प्राप्त विवरणअनुसार छोरी शिक्षा बीमा कार्यक्रमअन्तर्गत हालसम्म १४ हजार ४५३ जना छोरीको बीमा गरिएको जानकारी दिइएको छ ।कार्यक्रम संयोजक यादवका अनुसार आव २०७५/७६ मा पाँच हजार ६६६ ज
डोल्पा— डोल्पाको काइके गाउँपालिका–३ निवासी मालबहादुर बुढा नेकपा (एमाले) परित्याग गरी नेकपा (माओवादी केन्द्र) मा प्रवेश गरेका छन्।बुढालाई माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले पार्टीमा स्वागत गरेका छन्। पार्टी स्रोतका अनुसार बुढाले माओवादी केन्द्रको विचार, राजनीतिक कार्यक्रम र भूमिकाबाट प्रभावित भएर पार्टी परिवर्तन गरेको बताएका छन्।हालैको प्रवेशलाई स्थानीय राजनीतिक समीकरणमा महत्वपूर्ण रूपमा हेरिएको छ।
इस्लामाबाद— पाकिस्तानी प्रधानमन्त्रीका संयोजक इख्तियार वली खानले खैबर पख्तुनख्वा प्रान्तमा आएको भयानक बाढीमा एक हजारभन्दा बढी मानिसको मृत्यु हुन सक्ने गम्भीर चिन्ता व्यक्त गरेका छन् । खानले आफूले व्यक्तिगत रूपमा बाढी प्रभावित क्षेत्रहरू भ्रमण गरेको र ठूलो विनाश देखेको बताए । उनले बुनेरको चघर्जी क्षेत्रमा व्यापक क्षति भएको र बासोनी गाउँ नक्साबाट नै हराएको जानकारी दिए । “बाढीको पानीले बोकेका केही चट्टानहरू ट्रकभन्दा ठूला थिए । घरहरू नदीमा बगाइएका छन्, सम्पूर्ण परिवारहरू हराएका छन् र रिपोर्ट गर्ने कोही छैन”, उनले भने ।उनले आधिकारिक तथ्याङ्कले अस्पतालमा ल्याइएको शवहरू मात्रै देखाएको तर ध
वासिङ्टन — युक्रेनका राष्ट्रपति भ्लोदोमिर जेलेन्स्की वासिङ्टन पुगेका छन्। अमेरिकी भ्रमणको थालनीसँगै उनले युक्रेनले सुरक्षा ग्यारेन्टी प्राप्त गर्नेमा दृढ विश्वास व्यक्त गरेका छन्।वासिङ्टन आइपुगेको केही घण्टापछि जेलेन्स्कीले सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई ह्वाइट हाउसमा आमन्त्रण गरेकोमा धन्यवाद व्यक्त गर्दै युद्ध चाँडै र भरपर्दो रूपमा अन्त्य हुने आशा व्यक्त गरेका छन्।“हामी सबै चाहन्छौँ कि यो युद्ध चाँडै र भरपर्दो तरिकाले समाप्त होस्, र शान्ति दिगो होस्,” उनले पोस्टमा लेखेका छन्।राष्ट्रपति जेलेन्स्कीले युक्रेनको रक्षा र सुरक्षामा विश्वस्त रहेको उल्लेख
काठमाडौं— सात लाख ३१ हजार रुपैयाँ घुस लिएको अभियोगमा पक्राउ परेका कैलालीका वरिष्ठ वन अधिकृत पूर्ण शंकर यादवविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको छ।आयोगका अनुसार यादवले कैलालीको चुरे गाउँपालिका–६ स्थित ग्वासी सामुदायिक वनको घाटगद्दी गरिएको काठको बिमार्का तथा छोडपूर्जी उपलब्ध गराउने कार्यमा सेवाग्राहीसँग घुस लिएको पुष्टि भएको हो। आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलले सोमबार विशेष अदालतमा आरोपपत्र दायर गरिएको जानकारी दिएका छन्।अख्तियारको कञ्चनपुर कार्यालयबाट खटिएको टोलीले यादवलाई घुस रकम लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो। अनुसन्धानबाट यादवल
काठमाडौं— नाडा अटो शो, २०२५ को उद्घाटन समारोह मंगलबार (भोलि) हुँदै छ । जहाँ दिपलको उड्ने ट्याक्सीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक गर्ने भएका छन् ।एमएडब्लू वृद्धिले चिनियाँ कार निर्माता चांगान अटोसँग सहकार्य गरेर नेपालमा नयाँ युगको मोबिलिटीको सुरुआत भएको सन्देश दिँदै ईभीटोल ९इलेक्ट्रोनिक भर्टिकल टेकअफ एन्ड ल्यान्डिङलाई नाडा अटो सोमा प्रदर्शनीमा राख्न लागेको हो ।एमएडब्लु वृद्धिले नेपालमै पहिलोपटक मानव आकारको ह्युमनोइड रोबोट पनि प्रदर्शनीमा राख्नेछ । जसले आगन्तुसँग प्रत्यक्ष संवाद गर्दे मानिसको जस्तो गतिविधि र संसार गर्नेछन् । यी नविनतम् प्रविधिले नाडा अटो सोलाई एउटा अटोमोबाइल प्रदर्श
काठमाडौं— मेडिकल व्यवसायी दुर्गा प्रसाईले राजनीतिक दल गठन गर्ने घोषणा गरेका छन् ।जेलबाट धरौटीमा रिहा भएपछि पहिलो पटक पत्रकार सम्मेलन गर्दै प्रसाईले उनले अब राजनीतिक दल गठन गरेर अगाडी बढ्ने घोषणा गरेका हुन् ।उनले राष्ट्र र राष्ट्रियता निर्माणको अभियानमा अब दल गठन गरेर अगाडी बढ्ने बताए । उनले अभियान मात्र संचालन गरेर एउटा अध्याय सकिएको बताउदै अब नेपालको संबिधान अनुसार दल दर्ता गरेर अगाडी बढ्ने जानकारी गराएका हुन् । उनले अब उनले छिट्टै नयाँ दल दर्ता गर्ने र दलको नाम पनि केहि दिनमा टुंगाउने बताएका छन् ।प्रसाईले पत्रकार सम्मेलनमा राप्रपाले आफुलाई छुरा हानेको आरोप लगाउदै राजेन्द्र लिङदेनले आफुलाई बै
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.