काठमाडौं— नाडा अटो शो, २०२५ को उद्घाटन समारोह मंगलबार (भोलि) हुँदै छ । जहाँ दिपलको उड्ने ट्याक्सीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक गर्ने भएका छन् ।

एमएडब्लू वृद्धिले चिनियाँ कार निर्माता चांगान अटोसँग सहकार्य गरेर नेपालमा नयाँ युगको मोबिलिटीको सुरुआत भएको सन्देश दिँदै ईभीटोल ९इलेक्ट्रोनिक भर्टिकल टेकअफ एन्ड ल्यान्डिङलाई नाडा अटो सोमा प्रदर्शनीमा राख्न लागेको हो ।

एमएडब्लु वृद्धिले नेपालमै पहिलोपटक मानव आकारको ह्युमनोइड रोबोट पनि प्रदर्शनीमा राख्नेछ । जसले आगन्तुसँग प्रत्यक्ष संवाद गर्दे मानिसको जस्तो गतिविधि र संसार गर्नेछन् । यी नविनतम् प्रविधिले नाडा अटो सोलाई एउटा अटोमोबाइल प्रदर्शनीमा मात्र नभई एउटा नयाँ युगको आगमनको उत्सव बनाउने दाबी गरिएको छ ।

नयाँ प्रविधिसँगै नाडा अटो सोमा दिपल तथा अवतारका फ्युचरिस्टिक कार दिपल एस०५, एस०७ आईसीए, ई०७ र अल्ट्राप्रिमियम अवतार ११ प्रदर्शनीमा राखिनेछन् । गत साता नेपालमा धमाकेदाररुपमा सार्वजनिक भएको दिपल एस०५ ले केही दिनमै अत्याधिक सकारात्मक प्रतिक्रिया पाएको छ ।