काठमाडौं— विद्यालय शिक्षा विधेयकको प्रतिवेदन शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा पेस भएको छ । सोमबार समितिका सचिव दशरथ धमलाले प्रतिवेदन बैठकमा पेस गरेका हुन् ।
प्रतिवेदनमा कुल १७४ वटा दफा छन् । १४ वटा दफा थप गरिएका छन् । ९८ दफा संशोधन गरी चारवटा दफा हटाइएको सचिव धमलाले जानकारी दिए ।
 
                     
                                        
                                                                                                 
        








 
        





























 
        