काठमाडौं— सात लाख ३१ हजार रुपैयाँ घुस लिएको अभियोगमा पक्राउ परेका कैलालीका वरिष्ठ वन अधिकृत पूर्ण शंकर यादवविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको छ।
आयोगका अनुसार यादवले कैलालीको चुरे गाउँपालिका–६ स्थित ग्वासी सामुदायिक वनको घाटगद्दी गरिएको काठको बिमार्का तथा छोडपूर्जी उपलब्ध गराउने कार्यमा सेवाग्राहीसँग घुस लिएको पुष्टि भएको हो। आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलले सोमबार विशेष अदालतमा आरोपपत्र दायर गरिएको जानकारी दिएका छन्।
अख्तियारको कञ्चनपुर कार्यालयबाट खटिएको टोलीले यादवलाई घुस रकम लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो। अनुसन्धानबाट यादवले सेवाग्राहीसँग मागअनुसार रकम लिएको प्रमाणित भएको भन्दै आयोगले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३९१० अनुसार मुद्दा चलाएको हो।
आयोगले आरोपपत्रमा यादवलाई बिगोबराबरको जरिवाना तथा कैद सजाय माग गर्दै विशेष अदालतमा पेश गरेको छ।