डोल्पा— डोल्पाको काइके गाउँपालिका–३ निवासी मालबहादुर बुढा नेकपा (एमाले) परित्याग गरी नेकपा (माओवादी केन्द्र) मा प्रवेश गरेका छन्।
बुढालाई माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले पार्टीमा स्वागत गरेका छन्। पार्टी स्रोतका अनुसार बुढाले माओवादी केन्द्रको विचार, राजनीतिक कार्यक्रम र भूमिकाबाट प्रभावित भएर पार्टी परिवर्तन गरेको बताएका छन्।
हालैको प्रवेशलाई स्थानीय राजनीतिक समीकरणमा महत्वपूर्ण रूपमा हेरिएको छ।