काठमाडौं— प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा प्रधानमन्त्रीको राजीनामाको विषयलाई लिएर सांसदबीच जुहारी चलेको छ। नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी (एमाले)का सांसदहरूले वर्तमान सरकार अल्पमतमा परेकाले राजीनामा दिएर मार्गप्रशस्त गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आग्रह गरेका छन् भने माओवादीका सांसदहरूले विश्वासको मतमा असफल भए एक मिनेट पनि सत्तामा नबस्ने जिकिर गरेका छन् । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले वर्तमान सरकारले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने बताए भने सत्ताको नेतृत्वकर्ता दल नेकपा (माओवादी केन्द्र)का सांसद लेखनाथ दाहालले भने विश्वासको मतको प
बुटवल— बुटवल पोखरा सिद्धार्थ राजमार्गको गल्याङ नगरपालिका–११ तुल्सिभन्ञ्याङमा राजमार्ग भासिएको छ ।दुई ठाउँमा सडक भासिँदा सयौँ सवारीसाधन बाटैमा रोकिएका छन् भने यात्रुहरू अलपत्र परेका छन् ।अविरल वर्षासँगै ५० मिटर लम्बाई र तीन मिटर चौडाइ सडक भासिएको प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए । अवरुद्ध सडकलाई एक तर्फी भए पनि खोल्ने प्रयास भइरहेको बताउँदै रानाले नदीको छेउँछाउँ नजान र घरमै बस्न सबैलाई अपिल गरेका छन् ।
विर्तामोड—हात्ती आगमन सूचना प्रविधि केन्द्र झापाको मेचीनगरमा सञ्चालनमा आएको छ ।केन्द्रको मेचीनगर—४ बाहुनडाँगीमा प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले उद्घाटन गरे । मेचीनगर नगरपालिकाले आयोजना गरेको कार्यक्रममा सभामुख घिमिरेले आफ्नै मोबाइलमा ‘लुना जीपीएस एप’ डाउनलोड गरी त्यसको बटम थिचेर सूचना प्रवाह गरी कन्ट्रोल रुममा रहेको स्क्रिनमा साइरन बजेपछि विधिवत रूपमा केन्द्रको शुभारम्भ भएको थियो । बाहुनडाँगी छोटी भन्सारको भवनलाई कन्ट्रोल रुम बनाइएको छ भने त्यही स्क्रिन राखिएको छ ।यस एपमार्फत हात्ती आएको सङ्केत कसैले गरेमा साइरन बज्नेछ र सर्वसाधारणले हात्ती आएको खवर पाउने छन् । हात्तीका लागि द
काठमाडौं— लगातारको वर्षाले नदीको सतह बढेको छ । देशभरका ठूला नदीले खतराको चिन्ह पार गरेका छन् । सप्तकोशी व्यारेजमा पानीको बहाव बढेपछि सबै ढोका खुला गरिएको छ । सप्तकोशी व्यारेकमा ५६ ढोका छन् । आइतबार बिहान ९ बजे कोशी व्यारेज कन्ट्रोल रुमले ३ लाख ४२ हजार ६५ क्युसेक प्रति सेकेन्ड पानीको बहाव मापन गरेको छ। कोशीमा पानीको सतह यो वर्षकै उच्च सबै ढोका खोलिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । शनिवार राति नौ बजे कोसी ब्यारेज कन्ट्रोल रुमले ३ लाख १२ हजार ८३० क्युसेक प्रति सेकेन्ड पानीको बहाव मापन गरिएको कन्ट्रोल रुमका कर्मचारी अमित यादवले बताए। यादवका अनुसार कोशीमा बाढी आउँदा नद
काठमाडौं— सप्तकोशी नदीको जलसतह बढ्दै गएको छ । आइतबार बिहान ६ बजेसम्म कोशी ब्यारेजमा तीन लाख १६ हजार आठ सय क्युसेक पानी मापन गरिएको छ । सप्तकोशी जलमापन केन्द्रका अनुसार पानीको बहाव बढ्दै गएसँगै कोशी ब्यारेजका ४१ वटा ढोका खोलिएका छन् ।सप्तकोशी जलमापन केन्द्रमा जलसतह सतर्कता पार गरेको र अझै बढ्दो क्रममा रहेकाले उदयपुर, सुनसरी र सप्तकोशी नदी किनारका बासिन्दालाई सुरक्षित रहन केन्द्रले अनुरोध गरेको छ ।
तनहुँ— शुक्लागण्डकी–७ काउरेमा पहिरोले घर पुर्दा शनिवार बेपत्ता भएका तीन जनामध्ये एक जनाको शव फेला परेको छ ।घरधनी ४० बर्षीय हीरा नेपाली मृत फेला परेको जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक दीपककुमार रायले जानकारी दिए । रायका अनुसार घरमाथिबाट आएको पहिरामा परि छिमेकी ३७ बर्षकी अनिशा बास्तोला र ६५ बर्षका श्याम अधिकारी अझै बेपत्ता छन् । पहिरोमा परि चार जना घाइते भएका छन् । उनीहरूको स्थानीय मेडिकलमा उपचार भइरहेको प्रहरीले जनाएको छ । अविरल वर्षापछि पहिरा खस्ने खतरा बढेपछि हिरा नेपालीको घरको सामान सार्न गएका बेला छिमेकी बास्तोला र अधिकारी समेत पहिरामा प
काठमाडौं— काठमाडौं उपत्यकासहित देशका विभिन्न भूभागमा अधिक वर्षा हुँदा ठुलो जनधनको क्षति भएको छ । यो क्रम शनिबार रातिदेखि पश्चिमतर्फ सर्दै गरेकाले त्यसतर्फ बाढी र पहिरोको उच्च जोखिम बढ्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । गृह मन्त्रालयस्थित राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रका अनुसार विगत २४ घण्टामा बाढी–पहिरोमा परी नौ जनाको मृत्यु भएको छ । अन्य सात जना बेपत्ता छन् । यससँगै मनसुन सुरु भएयता मृत्यु हुनेको सङ्ख्या ६७ पुगेको छ । शनिबार पहिरोले पुरिएर स्याङ्जामा दुई जना, पर्वतमा दुई जना र काठमाडौँमा एक जना, काभ्रेमा दुई जना, तनहुँमा एक जना र दाङमा एक जना गरी नौ जनाको मृत्य
काठमाडौं— लगातार वर्षाका कारण हुन सक्ने क्षति न्यूनीकरण गर्न गृह मन्त्रालयले मातहतका नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा जिल्ला प्रशासन कार्यालयलाई तत्काल उद्धारमा खटिन निर्देशन दिएको छ। उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले गृह मन्त्रालयमा शनिबार आपत्कालीन बैठक राख्दै यस्तो निर्देशन दिएका हुन्।‘सिंहदरबारमा बसेर क्षतिको विवरणबारे आमनागरिकलाई सूचना दिएर हाम्रो दायित्व पूरा हुँदैन। क्षति कम गर्न र उद्धारलगायत काममा हामीले कसरी काम गरेका छौँ भन्ने विषय महत्वपूर्ण हुन्छ। विपत् पूर्वतयारी योजना, निर्देशिका र कार्यविधिका कागजलाई व्यवहारमा उतार्ने समय आएको छ। हामीले हरेक व्यक्तिको ज्यान जाँदाको रा
काठमाडौं— अहिले देशभर मनसुनको प्रभाव छ । देशभर एकसाथ सक्रिय हुँदा शुक्रबारदेखि पानी परिरहेको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै ठाउँमा भीषण वर्षा भएको छ। यसबाहेकका अन्य प्रदेशका केही ठाउँमा पनि भीषण वर्षा भएको छ।यस अवधिमा पूर्वतिर सिन्धुलीदेखि पश्चिम पहाडमा प्युठान र तराईमा बाँके–बर्दियासम्म भीषण वर्षा भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार २४ घन्टामा सबैभन्दा बढी वर्षा पाल्पाको कुमालगाउँमा ३९० मिलिमिटर मापन भएको छ । विभागको तथ्यांकअनुसार पाल्पाको गण्डाकोटमा ३०५, स्याङ्जामा ३०२, दाङको लमहीमा २६७, प्युठानमा २६३ मिलिमिटर वर्षा मापन भएको छ।लमजुङ र पर्सामा समान १८४, लल
काठमाण्डौ । सबै प्रदेशका धेरै स्थानहरूका मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको र थोरै स्थानहरूमा भारी देखि धेरै भारी वर्षाको सम्भावना रहेको जल तथा पूर्वअनुमान महाशाखाले जनाएको छ । कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशको एक(दुई स्थानमा अति भारी वर्षाको पनि सम्भावना रहेकोले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयका जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न तथा यस बाट ती क्षेत्रहरूमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकोले आवश्यक सत
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.