सुर्खेत— प्रहरी जवानको लिखित परीक्षामा नक्कली परीक्षार्थी संलग्न भएको आरोपमा चार जना पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार वीरेन्द्रनगर नगरपालिका– ७ स्थित लोक सेवा आयोगको सुर्खेत कार्यालयमा सञ्चाररइन्जिनियरिङ प्राविधिकतर्फको प्रहरी जवान परीक्षा चलिरहेको बेला बिहीबार नक्कली परीक्षार्थीलाई पक्राउ गरिएको हो ।
बिहान करिब ९ः३० बजेतिर परीक्षा हलभित्रै प्रवेशपत्र र नागरिकताको फोटो परिवर्तन गरी अर्कै परीक्षार्थीको परीक्षा दिन पुगेका दुई जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
पक्राउ परेकामध्ये जाजरकोट, छेडागाड नगरपालिका– १२ का धर्मराज चरनाको सट्टामा परीक्षा दिन आएका कुशे गाउँपालिका– ७ का २५ वर्षीय श्यामशंकर सिंह र दैलेख, भगवतीमाई गाउँपालिका– ५ का मुसिल शाहीको सट्टामा परीक्षा दिन आएका वीरेन्द्रनगर– ७ का भरत तिरुवा पक्राउ परेका हुन् ।
घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले बताएको छ ।